विकासन्युज

सिंहशार्दूल : इतिहास र सृजनात्मक कल्पनाको सुन्दर संयोजन

गोपाल खनाल इतिहास केवल विगतका घटना, राजा-महाराजा, युद्ध वा राज्य विस्तारको अभिलेख मात्र होइन, त्यो समाजको जीवनशैली, संस्कृति, कला, प्रेम, संघर्ष र साधारण मानिसहरूको योगदानको पनि दस्तावेज हो । इतिहासलाई साहित्यसँग जोडेर प्रस्तुत गर्दा त्यसले तथ्यलाई जीवन्त बनाउनुका साथै पाठकलाई विगतसँग भावनात्मक रूपमा पनि जोड्ने सामर्थ्य राख्छ । विशेषतः ऐतिहासिक आख्यानहरूले यथार्थ र कल्पनाको सन्तुलित संयोजनमार्फत इतिहासका ओझेलमा परेका पात्र, घटना र समाजलाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर प्रदान गर्छन् । गीतेश प्याकुरेलद्वारा लिखित सिंहशार्दूल यस्तै ऐतिहासिक आख्यान हो, जसले नेपालको कला, संस्कृति, सम्पदा र मानवीय संवेदनालाई प्रेमकथासँग गाँसेर प्रस्तुत गरेको छ । यस कृतिमा इतिहासलाई केवल तथ्यको पुनरावृत्ति नभई सृजनात्मक पुनर्व्याख्याका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत समीक्षा यस उपन्यासको कथावस्तु, पात्रचित्रण, भाषा–शैली, सबल तथा दुर्बल पक्ष, सन्देश र समग्र साहित्यिक मूल्यको विश्लेषण गर्दै यसको विशेषतामाथि प्रकाश पार्ने प्रयास हो ।  १. परिचय पुस्तकः सिंहशार्दूल लेखकः गीतेश प्याकुरेल विधाः ऐतिहासिक आख्यान (उपन्यास) सिंहशार्दूल नेपाली साहित्यको इतिहासमा आधारित एक उत्कृष्ट कृति हो । यसमा लेखक गीतेश प्याकुरेलले यथार्थ इतिहास र सृजनात्मक कल्पनाको सुन्दर संयोजन गरेका छन् । पुस्तकले इतिहास केवल राजा-महाराजा, युद्ध वा राज्य विस्तारको कथा मात्र नभई साधारण मानिसहरूको जीवन, प्रेम, संघर्ष, श्रम, कला र संस्कृतिको इतिहास पनि हो भन्ने सन्देश दिन्छ । यही विशेषताले यस कृतिलाई मनोरञ्जनात्मक मात्र नभई ज्ञानवद्र्धक र प्रेरणादायी बनाएको छ । यथार्थ र स्वैरकल्पनाको मनोहारी कथाले सत्ता र शक्तिमा नभएकाहरुको जीवनका किस्सा यसमा उनेको छ । एक मूर्तिकारको प्रेम कथाले पाटनको कृष्ण मन्दिर र भक्तपुरको न्यातपोलको इतिवृतान्त बोकेको छ । १७५३ ताकाको समय कथाले बोलेको छ ।  २. कथावस्तु यस उपन्यासको कथावस्तु इतिहासको पृष्ठभूमिमा निर्माण गरिएको छ । एउटा मूर्तिकारको प्रेमकथालाई केन्द्रमा राखेर लेखकले तत्कालीन समाज, न्याय व्यवस्था, संस्कृति र सभ्यताको जीवन्त चित्र प्रस्तुत गरेका छन् । कथामा प्रेम, विश्वास, साहस, समर्पण, त्याग र कर्तव्यबोधलाई अत्यन्त प्रभावकारी ढंगले चित्रण गरिएको छ । कथानक क्रमशः अघि बढ्दै जाँदा पाठकमा उत्सुकता बढिरहन्छ र अन्तिमसम्म बाँधेर राख्न सफल हुन्छ । इतिहासका वास्तविक घटनासँग कल्पनालाई जोडेर कथा रोचक र विश्वसनीय बनेको छ । ३. पात्रचित्रण उपन्यासका पात्रहरू जीवन्त, स्वाभाविक र प्रभावशाली छन् । मुख्य पात्रहरू साहसी, कर्तव्यनिष्ठ, प्रेमिल र आत्मसम्मानले भरिएका छन् । उनीहरूको संघर्ष, धैर्य र समर्पणले पाठकलाई भावुक बनाउनुका साथै जीवनमा कठिनाइसँग जुध्ने प्रेरणा पनि दिन्छ । सहायक पात्रहरूले पनि कथालाई सशक्त बनाएका छन् । प्रत्येक पात्रले कथाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ४. भाषा–शैली लेखकको भाषा सरल, साहित्यिक र प्रवाहयुक्त छ । आवश्यक स्थानमा प्रयोग गरिएका उपमा, प्रतीक र दार्शनिक अभिव्यक्तिले कृतिलाई अझ प्रभावशाली बनाएको छ। इतिहाससम्बन्धी विषय भए पनि भाषा बोझिलो छैन। घटनाहरू क्रमबद्ध रूपमा प्रस्तुत गरिएकाले कथा सहज रूपमा बुझ्न सकिन्छ । संवादहरू स्वाभाविक छन् र वर्णन शैलीले पाठकलाई कथाभित्रै प्रवेश गराउँछ। ५. सबल पक्ष  यस कृतिको सबैभन्दा ठूलो विशेषता इतिहास र कल्पनाको सफल समन्वय हो । पुस्तकमा नेपालको कला, संस्कृति, सम्पदा, मठमन्दिर, मूर्तिकला, श्रम, सीप र परिश्रमको सम्मान गरिएको छ । लेखकले प्रेमलाई केवल दुई व्यक्तिबीचको सम्बन्धका रूपमा मात्र नभई मानव जीवनलाई सकारात्मक दिशा दिने शक्तिका रूपमा चित्रण गरेका छन् । पछाडिको आवरणमा उल्लेख गरिएझैँ, यस कृतिमा सकारात्मक सोच, इच्छाशक्ति, प्रेमशक्ति, सत्य र विश्वास को सशक्त प्रस्तुति पाइन्छ । यी गुणहरूले पुस्तकलाई किशोर, युवा तथा सबै उमेरका पाठकका लागि प्रेरणादायी बनाएका छन् ।  ६. दुर्बल पक्ष  पुस्तकका केही दार्शनिक प्रसङ्ग र ऐतिहासिक विवरण सामान्य पाठकका लागि केही जटिल लाग्न सक्छन् । कतिपय घटनालाई अझ विस्तार गरिएको भए कथाको प्रभाव अझ गहिरो हुन सक्थ्यो । तथापि, यी सामान्य सीमितताले पुस्तकको समग्र गुणस्तरमा कुनै ठूलो असर पार्दैनन् ।  ७. सन्देश  सिंहशार्दूलले मानिसको जीवनभन्दा उसका असल कर्म, सिर्जना र योगदान बढी महत्त्वपूर्ण हुन्छन् भन्ने गहिरो सन्देश दिन्छ । अन्तिम पृष्ठमा लेखकले मानिसले आफ्नो अस्तित्वलाई अर्थपूर्ण बनाउन कर्तव्यनिष्ठ भएर जीवन बिताउनुपर्ने विचार व्यक्त गरेका छन् । आज गरिएको राम्रो काम भविष्यमा पनि स्मरणीय रहन्छ भन्ने भाव पुस्तकभरि व्यक्त भएको छ । साथै, प्रेम, सत्य, विश्वास, संस्कृति र सम्पदाको संरक्षण नै सभ्य समाजको आधार हो भन्ने शिक्षा पनि यस कृतिले दिन्छ ।  ८. निष्कर्ष  समग्रमा सिंहशार्दूल इतिहास, प्रेम, संस्कृति, साहस र जीवनदर्शनको सुन्दर संगम भएको उत्कृष्ट नेपाली उपन्यास हो । यसले पाठकलाई मनोरञ्जन मात्र होइन, आफ्नो इतिहास, संस्कृति र सम्पदाप्रति गर्व गर्न तथा सत्य, प्रेम र कर्तव्यको मार्गमा अघि बढ्न प्रेरित गर्छ । लेखक गीतेश प्याकुरेलको सरल भाषा, सशक्त कथानक, प्रभावकारी पात्रचित्रण र गहिरो सन्देशका कारण यो पुस्तक नेपाली साहित्यको एक उल्लेखनीय कृतिका रूपमा स्थापित भएको छ । त्यसैले इतिहास र साहित्यमा रुचि राख्ने प्रत्येक पाठकले सिंहशार्दूल एकपटक अवश्य पढ्नुपर्ने पुस्तक हो । काठमाडौं पब्लिकेसनले बजारमा ल्याएको पुस्तक १७७ पृष्ठमा संरचित छ भने बजार मूल्य ४०० रुपैयाँ रहेको छ ।    

पर्यटन मन्त्रालयले रिक्त पदमा एकैपटक गर्‍यो दुई दर्जन नियुक्ति

काठमाडाै‌ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न रिक्त पदमा एकसाथ दुई दर्जन नियुक्ति गरेको छ । असार १७  १८ गतेको  मन्त्रिस्तरीय निर्णयबाट नियुक्ति गरेको मन्त्रलायले जनाएको छ । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव र कोषाध्यक्षसहित ७ नियुक्ति गरेको छ । कोषको सदस्य सचिवमा तीर्थ प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठलाई नियुक्त भएका छन् । त्यस्तै कोषको सदस्यहरुमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्त गरेको छ । त्यसैगरी नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई समितिको सदस्यहरूमा माधव प्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्र प्रसाद अधिकारी नियुक्त भएका छन् । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्ण कुमार लामा सदस्यहरुमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशन कुमार श्रेष्ठ र मणी भद्र पोखरेल नियुक्त भएका छन् । त्यसैगरी पाटन दरबार संग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त भएका छन् । मन्त्रालयका अनुसार हनुमानढोका दरबार संग्रहालय विकास समितिको सदस्यहरुमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्र बहादुर मल्ल नियुक्त भएको भएका छन् ।   

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । शुक्रबार (आज) देखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो ।  निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।  निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको मन्त्रालयले जनाएको छ । उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ ।

पूर्वसांसद लक्ष्मी महतो कारागार चलान

जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी लाई कारागार चलान गरिएको छ । उनलाई बिहीबार महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो । अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको प्रहरीले जनाएको छ । २०७२ भदौ २५ गते राति डिउटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या घटनामा पूर्वसांसद कोइरीलाई ५ वर्ष जेल सजाय तोकिएको छ ।  

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोहमा उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।  मन्त्री पोखरेलले भने, 'सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ, यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ ।'   नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले भने, 'यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुपर्यो ।'  मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पारे । मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रहसमेत गरे । उनले भने, 'तपाईंहरु नआत्तिनुस् नेपालमै अवसर पाइन्छ र हामी आफैँ पनि अवसर सिर्जना गर्नेछौँ ।' त्यस अवसरमा उनले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए ।    उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र ‘अटोमेशन’को तीव्र विकाससँगै प्राविधिक दक्षता मात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।   समारोहमा आमन्त्रित भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले विश्वविद्यालयमा प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारी तथा चुनौतीलाई अवसरमा बदल्नेगरी समाजको हितमा प्रयोग गर्न आग्रह गरे ।  

गोल्डेन बुटका दाबेदार

काठमाडौं । अनौपचारिक रूपमा फिफा विश्वकप २०२६ लाई ‘सुपरस्टारहरूको विश्वकप’ समेत भनिएको छ । प्रतियोगिताका धेरै ठूला स्टार खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार गोल गरिरहेका छन् । यसै कारण यसपटकको विश्वकपमा गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को दौड इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चकमध्ये एक बनेको छ । यी हुन् प्रमुख दाबेदार ६ गोल   लियोनेल मेसी विश्वकप २०२२ अघि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा लियोनेल मेसीको गोल गर्ने रेकर्ड त्यति प्रभावशाली थिएन । तर कतार विश्वकपदेखि सुरु भएको उनको उत्कृष्ट लय उत्तर अमेरिकामा जारी छ । समूह चरणका पहिलो दुई खेलमा मेसीका गोलकै बलमा अर्जेन्टिनाले जित निकाल्यो । अल्जेरियाविरुद्ध उनले विश्वकप करिअरकै पहिलो ह्याट्रिक पूरा गर्दै प्रतियोगिताको इतिहासमा एकै खेलमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने । त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले लगातार छवटा विश्वकप सहभागितामा गोल गर्ने इतिहासका तेस्रो खेलाडी बन्न सफल भए । ती दुई गोलसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पु‍र्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) लाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । जोर्डनविरुद्ध सुरुआती टोलीमा नराखिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले फेरि गोल गरे । यससँगै यस संस्करणमा उनको गोल संख्या ६ पुगेको छ । केलियन एम्बाप्पे मेसीलाई सबैभन्दा नजिकबाट पछ्याइरहेका खेलाडी हुन् फ्रान्सका कप्तान केलियन एम्बाप्पे, जो विश्वकपमा सधैं चम्किने खेलाडीका रूपमा चिनिन्छन् । सेनेगलविरुद्ध उनले माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पहिलो गोल गरे भने खेलको अन्त्यतिर लामो दूरीबाट अर्को आकर्षक गोल थपे । इराकविरुद्ध पनि उनले लामो दूरीबाट शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि विपक्षी रक्षकको ठूलो गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरे । नर्वेविरुद्ध गोल गर्न नसके पनि उनले दुई असिस्ट दिएका थिए । अन्तिम ३२ को चरणमा स्विडेनविरुद्ध भने उनी पुनः चम्किए । पहिलो गोल व्यक्तिगत कौशलको उत्कृष्ट नमुना थियो भने दोस्रो गोल गर्दै उनले फ्रान्सको जित सुनिश्चित गरे, जसमा ओलिसेको योगदान पनि उल्लेखनीय रह्यो । ५ गोल अर्लिङ हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा अर्लिङ हालान्डको नाम हुनु कुनै आश्चर्यको विषय होइन । यद्यपि यसपटक उनी शीर्ष स्थानमा नभई पछ्याइरहेका खेलाडीमध्ये छन्, तर विश्वकप २०२६ मा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ । विश्वकप डेब्यूमै उनले डेभिड मोलर वुल्फेको क्रसलाई गोलमा परिणत गर्दै पहिलो गोल गरे । त्यसपछि इराकका गोलरक्षकको क्लियरेन्स रोक्दा बल उनकै शरीरमा लागेर गोलमा प्रवेश गर्दै दोस्रो गोल सम्भव भयो । सेनेगलविरुद्ध उनले दुई गोल थपे । पहिलो गोल तीव्र गतिमा गरिएको काउन्टर अट्याकपछि आएको थियो भने दोस्रो गोल पेनाल्टी क्षेत्रभित्रको भिडन्तपछि हावामै आएको बललाईल सिधै प्रहार गर्दै गरेका थिए । फ्रान्सविरुद्ध उनी खेलेनन् । यदि त्यो खेल खेलेका भए सम्भवतः उनी नै गोल्डेन बुट दौडमा शीर्षस्थानमा हुन सक्थे । तर अन्तिम ३२ को चरणमा आइभरी कोस्टविरुद्ध फर्किएर उनले विजयी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पु‍र्याए । ह्यारी केन के यस विश्वकपका सबैभन्दा कम चर्चा गरिएका उत्कृष्ट खेलाडी ह्यारी केन हुन् ? चार खेलमा पाँच गोल गरेका उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १३ पु‍र्याएका छन् । यससँगै उनी फ्रान्सका जस्ट फन्टेनसँग संयुक्त रूपमा विश्वकप इतिहासका छैटौं सर्वाधिक गोलकर्ता बनेका छन् । साथै गोल्डेन बुटको दौडमा रहेका मेसी र एम्बाप्पेभन्दा उनी केवल एक गोलले पछाडि छन् । क्रोएसियाविरुद्ध सुरुमा उनले पेनाल्टी मिस गरेका थिए । तर पुनः प्रहार गर्ने अवसर पाएपछि गोल गर्न सफल भए । त्यसपछि डेक्लन राइसको कर्नरमा हेडमार्फत अर्को गोल थपे । घानाविरुद्ध गोल गर्न नसके पनि पानामाविरुद्ध जुड बेलिङ्घमको पासमा हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाउन योगदान दिए । डीआर कङ्गोविरुद्ध भने उनी टोलीका वास्तविक उद्धारकर्ता बने । टोली पछि परेको अवस्थामा उनले लियोनेल एम्पासीलाई स्तब्ध पार्ने उत्कृष्ट हेडमार्फत बराबरी गोल गरे । त्यसको केही मिनेटपछि उनले ८६औं मिनेटमा गोलको माथिल्लो कुनामा शक्तिशाली प्रहार गर्दै विजयी गोल गरे र इंग्ल्यान्डलाई २–१ को रोमाञ्चक जित दिलाए । ४ गोल उस्मान डेम्बेले हालका बालोन डीओर विजेता उस्मान डेम्बेलेले पनि उत्तर अमेरिकामा उत्कृष्ट विश्वकप बिताइरहेका छन्, यद्यपि उनी आफ्नै टोलीका अन्य स्टार खेलाडीहरूको छायामा परेका छन् । इराकविरुद्ध उनले ठूलो प्रतियोगितामा पहिलो गोल गरे । त्यसपछि समूह चरणको तेस्रो खेलमा नर्वेविरुद्ध फ्रान्सको ४–१ को जितमा निर्णायक भूमिका निभाए । उनले पहिलो हाफमै विपक्षी फुलब्याकलाई निरन्तर दबाबमा राख्दै ३२ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । भिनिसियस जुनियर रोड्रिगो र राफिन्हा चोटका कारण अनुपस्थित भएपछि ब्राजिलको आक्रमणको जिम्मेवारी भिनिसियस जुनियरले सफलतापूर्वक सम्हालेका छन् । मोरक्कोविरुद्ध उनले बायाँ फ्ल्याङ्कबाट उत्कृष्ट व्यक्तिगत प्रयास गर्दै महत्त्वपूर्ण बराबरी गोल गरे । हाइटीविरुद्ध आफ्नो तीव्र गतिका बलमा रक्षापङ्क्ति पार गर्दै गोल गरे भने स्कटल्यान्डविरुद्ध विपक्षीको गल्तीबाट सहज गोल र कुनै चुनौतीबिनाको हेडमार्फत अर्को गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ४ पु‍र्याएका छन् ।

स्वास्थ्य बीमा बोर्डले भन्यो : अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित अनावश्यक स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।  बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अनुरोध गरेको हो । । बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ ।  साथै, उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च न्यूनीकरण गर्दै वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको छ । यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको विषयमा बोर्ड जानकार रहेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४८ करोड २१ लाख ८८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकिएको छ । साथै, २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी फछ्र्योट भइसकेको बोर्डले जनाएको छ । बोर्डले २०८२ मंसिरपछि परेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको पनि जनाएको छ । यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा बीमित नागरिक सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गरेको छ ।   

महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित

काठमाडौं । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उनको गुनासो  छ । ‘आज सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले हिजोदेखि काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौं । यो हाम्रो शान्तिपूर्ण दबाबमूलक कार्यक्रम हो, कुनै उग्र आन्दोलन होइन । असार महिनाको अन्तिमतिर आइपुगेका छौं । आज असार १९ गते भइसक्यो । ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौं,’ उनले भने । कर्मचारीहरूले बिहीबारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन् । भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ । ‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ । यस विषयमा हामीले पटकपटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ । बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ । तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन,’ उनले भने । सूचना अधिकारी बोहराले विरोध कार्यक्रम अधिकार प्राप्तिका लागि गरिएको मर्यादित दबाबमूलक रहेको उनले बताए ।