बढ्यो सुनचाँदीको भाउ, सुन तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको थियो । गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्यो सुनचाँदीको भाउ, सुन तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको थियो । गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक महिनामै नेपाली बजारमा लोकप्रिय बन्दै जीडब्लुएम ओरा–५
काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएमको प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा–५ प्रति देशभर चासो बढेको छ । शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले जनाएको छ । ओरा–५ को मुख्य विशेषता ‘ड्रागन आर्मर ब्याट्री’ रहेको कम्पनीको भनाइ छ । जीडब्लुएमकै ब्याट्री कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको उक्त ब्याट्रीमा सुरक्षा र कार्यसम्पादनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । थर्मल रनअवे जस्ता दुर्लभ अवस्थामा पनि तापलाई सुरक्षित रूपमा बाहिर प्रवाह गर्ने संरचना तथा पाँच तहको सुरक्षा प्रणाली रहेको दाबी गरिएको छ । ‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाइ एलिगेन्स’ अवधारणामा विकास गरिएको ओरा–५ ले २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत ‘डिजाइन अफ द इयर’ (अटोमोबाइल/भेहिकल्स) सम्मान प्राप्त गरेको कम्पनीले जनाएको छ । गाडीमा ५२० किलोमिटर ड्राइभिङ रेन्ज, २०० एमएम ग्राउन्ड क्लियरेन्स, कफी ओएस–३ स्मार्ट ककपिट, कफी पाइलट इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम, २० भन्दा बढी एडास फिचर, ३६० डिग्री क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ, सातवटा एयरब्याग तथा फाइभ–स्टार युरो एनक्याप र एएनक्याप सुरक्षा रेटिङ जस्ता सुविधा रहेको कम्पनीको दाबी छ । नेपालमा ओरा–५ को मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा–५ प्रति देखिएको उत्साहजनक प्रतिक्रियाले नेपाली ग्राहक विश्वस्तरमा प्रमाणित विद्युतीय सवारीप्रति आकर्षित भइरहेको पुष्टि गरेको जनाएको छ । कम्पनीले निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी र अल–न्यु हाभल एच–७ पनि नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ ।
आइक्यानको अध्यक्ष आनन्दराज शर्मा वाग्लेले लिए शपथ, उपाध्यक्षमा काफ्ले
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को दशौं परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले र उपाध्यक्ष सीए हेमकुमार काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार आयोजित समारोहमा महालेखापरीक्षक तोयम रायासमक्ष अध्यक्ष वाग्लेले शपथ लिएपछि उनले उपाध्यक्ष काफ्लेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष सीए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी दिँदै नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेका थिए । समारोहका क्रममा बंगलादेशमा आयोजित साफा क्विज–२०२५ र साफा पब्लिक स्पिकिङ प्रतियोगिता–२०२५ का विजेता आइक्यानका विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै, संस्थाको ब्रान्डिङ र संस्थागत पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यसहित आइक्यानको नयाँ आधिकारिक लोगो पनि सार्वजनिक गरिएको छ । शपथ ग्रहण समारोहअघि आइक्यानले ‘डाइनामिक्स अफ बिजनेस भ्यालुएसन’ विषयमा सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा व्यवसाय मूल्याङ्कनका नयाँ प्रवृत्ति, विभिन्न मूल्याङ्कन विधि, व्यावहारिक प्रयोग तथा बदलिँदो व्यावसायिक वातावरणमा यसको बढ्दो महत्त्वबारे प्रस्तुति दिइएको थियो । त्यस अवसरमा आइक्यानले हालै प्रकाशन गरेको ‘आइक्यान भ्यालुएसन म्यानुअल–२०८३’ पनि सार्वजनिक गरिएको छ । मूल्याङ्कनसम्बन्धी सिद्धान्त, अभ्यास र व्यावसायिक मापदण्डलाई एकरूप, विश्वसनीय र गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राविधिक सन्दर्भ सामग्रीका रूपमा उक्त म्यानुअल तयार गरिएको संस्थाले जनाएको छ ।
देउवाको गृहजिल्लासहित ९ जिल्लामा सहसचिवको सट्टा उपसचिवलाई प्रजिअमा खटाइँदै
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) पुनर्संरचनाअन्तर्गत यसअघि सहसचिव नेतृत्वमा रहेका ९ जिल्लामा अब उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने तयारी गरेको छ । कर्मचारी संगठन तथा व्यवस्थापन ओ एण्ड एम सर्वेक्षण अझै टुंगोमा नपुगेपनि केही जिल्लाको प्रजिअ दरबन्दी भने घटुवा गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो । सरकारले असार ७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको कर्मचारी संगठन तथा व्यवस्थापनसम्बन्धी सर्वेक्षण साउन ७ गतेसम्म पनि पूरा हुन सकेको छैन । तर, सो प्रक्रिया अन्तिम निष्कर्षमा नपुग्दै गृह मन्त्रालयले केही जिल्लाको प्रजिअ दरबन्दी पुनर्संरचना गरेको उच्च स्रोतले जनाएको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरासहित ९ जिल्लामा अब सहसचिवको सट्टा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइनेछ । यसअघि सहसचिव नेतृत्वमा रहेका ती जिल्लाको प्रशासनिक नेतृत्व अब उपसचिव तहबाट सञ्चालन हुने भएको हो । दरबन्दी घटुवा भएका जिल्लामध्ये पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री डा. भीम रावलको गृहजिल्ला अछाम पनि परेको छ। त्यस्तै, कोशी प्रदेशका भोजपुर र खोटाङ, सुदूरपश्चिमका डडेलधुरा र बैतडी, कर्णाली प्रदेशका जुम्ला, जाजरकोट र सल्यान तथा लुम्बिनी प्रदेशको रोल्पामा पनि प्रजिअको दरबन्दी सहसचिवबाट उपसचिव तहमा झारिएको स्रोतले जानकारी दिएको छ । यसअघि यी जिल्लामा सहसचिव स्तरका अधिकारीले जिल्ला प्रशासन कार्यालयको नेतृत्व गर्दै आएका थिए । नयाँ संरचना लागू भएपछि ती जिल्लाको प्रशासनिक कमाण्ड उपसचिवले सम्हाल्नेछन् । गृह मन्त्रालयले जिल्लाको प्रशासनिक कार्यभार, जनसंख्या, सुरक्षा चुनौती, सेवा प्रवाहको प्रकृति तथा संघीय संरचनाअनुसार आवश्यक जनशक्ति व्यवस्थापनलाई आधार बनाएर दरबन्दी पुनरावलोकन गरिएको स्रोतको भनाइ छ । यद्यपि मन्त्रालयले यस विषयमा औपचारिक निर्णय वा विवरण सार्वजनिक गरिसकेको भने छैन । ओ एण्ड एम सर्वेक्षणको प्रतिवेदनले अन्तिम रूप पाएपछि गृह मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा जिल्लास्थित कार्यालयहरूको संगठनात्मक संरचना र कर्मचारी दरबन्दीमा थप हेरफेर हुने अपेक्षा गरिएको मन्त्रालय श्रोतले जानकारी दियो । प्रजिअ दरबन्दी पुनर्संरचना पनि त्यसैको एक भागका रूपमा हेरिएको छ । यसअघि १६ जिल्लामा उपसचिव प्रजिअ रहेकोमा अa ९ जिल्ला थपिएपछि उपसचिवले कमाण्ड गर्ने जिल्लाको संख्या २५ पुग्नेछ । प्रशासनिक वृत्तमा भने सर्वेक्षण पूरा नहुँदै दरबन्दी घटाइएको विषयलाई लिएर चासो व्यक्त गरिएको छ । कर्मचारी समायोजन र संगठन पुनर्संरचना प्रक्रिया औपचारिक रूपमा सम्पन्न नभइसकेको अवस्थामा केही जिल्लाको नेतृत्व तह परिवर्तन गरिएको निर्णयले प्रशासनिक वृत्तमा बहस सुरु भएको छ ।
एनआईसी एशियाले ल्यायो निःशुल्क डिम्याट र विशेष छुट योजना
काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि डिम्याट र मेरो सेयर सेवामा विभिन्न छुट तथा विशेष अफर सार्वजनिक गरेको छ । निक्षेप सदस्य सेवाअन्तर्गत ग्राहकलाई निःशुल्क डिम्याट खाता, विद्यार्थी लक्षित विशेष योजना तथा सीमित अवधिका लागि लाइफटाइम नवीकरण सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । क्यापिटलका अनुसार नयाँ डिम्याट खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट सेवा पाउनेछन् भने पहिलो वर्षको नवीकरण शुल्क पनि लाग्ने छैन । कम्पनीले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै आफ्ना सेवा थप डिजिटल बनाएको जनाएको छ । विद्यार्थीलाई पुँजी बजारतर्फ आकर्षित गर्न ‘एनआईसी एसिया स्टुडेन्ट डिम्याट अकाउन्ट’ योजना पनि सञ्चालनमा ल्याइएको छ । यसअन्तर्गत निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्क छुट तथा निःशुल्क मेरो सेयर दर्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी, सीमित अवधिका लागि डिम्याट र मेरो सेयर खाताको लाइफटाइम नवीकरण योजना पनि ल्याइएको छ । तोकिएको एकमुष्ट शुल्क तिरेर ग्राहकले आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण सुविधा लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो योजना साउन मसान्तसम्म लागू रहने उल्लेख गरिएको छ । एनआईसी एसिया बैंकमार्फत डिम्याट खाता खोल्ने ग्राहकलाई पनि विशेष सुविधा उपलब्ध गराइएको छ । बैंकका शाखामार्फत डिम्याट तथा मेरो सेयर सेवा लिन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। बुधबार आयोजित मूल समारोहको उद्घाटन राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले गरेका हुन् । संघका अध्यक्ष रबिन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारीका जायज मागलाई व्यवस्थापनले सम्बोधन गर्नुपर्ने र बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सरल तथा सहज बनाउन सबै कर्मचारीले भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका सल्लाहकार समिति सभापति तथा पूर्वअध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ (राष्ट्रिय वाणिज्य बैंक) का अध्यक्ष सुदिन केसी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय वाणिज्य बैंक) का कार्यवाहक अध्यक्ष चुडामणि गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले कर्मचारीको पेसागत हकहितको संरक्षण, संस्थाको सुदृढीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए । संघले वार्षिकोत्सवको अवसरमा देशभरका प्रदेश समितिमार्फत पनि विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीले रक्तदान गरेका थिए भने स्वास्थ्य शिविर तथा आँखा, कान र स्वास्थ्य परीक्षण कार्यक्रममा करिब ३०० जना कर्मचारीले सेवा लिएका थिए । कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको भन्दै लुम्बिनी प्रदेश समितिलाई ‘रनिङ शिल्ड’ प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा ‘संस्थाको संवर्द्धन र पेसागत हकहितमा ट्रेड युनियनको भूमिका’ विषयमा आयोजित निबन्ध प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय तथा लक्ष्मण पौडेल तृतीय भएका थिए । विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको संघले जनाएको छ । कार्यक्रमको सञ्चालन संघका महासचिव ऋषिराम ज्ञवालीले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष कबिराज बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष, विभिन्न ट्रेड युनियनका प्रतिनिधि, बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वार्षिकोत्सव सफल बनाउन योगदान पुर्याउने कार्यकारिणी समिति, केन्द्रीय समिति, प्रदेश समिति, लेखा समिति, सदस्य तथा सम्पूर्ण कर्मचारीप्रति संघले आभार व्यक्त गरेको छ ।
प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि तथा व्यवसाय प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी र व्यवसायीसँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुने कार्यक्रम छ । छलफलमा नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, बजारीकरण, व्यापार तथा उपभोग प्रवर्द्धनका विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ । नेपाल अर्ग्यानिक संघ अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनका लागि क्रियाशील संस्था हो । प्रधानमन्त्री शाहले उद्योग तथा व्यवसायको विकासका लागि विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग नियमित संवाद गर्दै उनीहरूका जायज माग र सुझाव सम्बोधन गर्ने प्रयास गर्दै आएका छन् ।