स्टेलान्टिसमा सीईओको खोजी जारी, व्यवस्थापन र संरचनामा परिवर्तन
काठमाडौं । विश्वको चौथो ठूलो अटोमेकर स्टेलान्टिसले सोमबार व्यवस्थापन परिवर्तनको घोषणा गर्यो, जुन डिसेम्बरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लोस टाभारेसको आकस्मिक बहिर्गमनपछि सुरु गरिएको कम्पनीको पुनर्संरचनाको एक हिस्सा हो । अध्यक्ष जोन एल्कानको नेतृत्वमा रहेको कम्पनीको अन्तरिम कार्यकारी समितिले एक विज्ञप्तिमा जनाएअनुसार नयाँ स्थायी सीईओको खोजी ‘राम्रोसँग अघि बढिरहेको छ’ र यो प्रक्रिया यस वर्षको पहिलो छ महिनामा समाप्त हुने कुरा दोहोर्याएको छ । सोमबार कम्पनीले समूहको नयाँ सीईओ बन्ने सम्भावित उम्मेदवारको रूपमा हेरिएका उत्तर अमेरिकी सञ्चालन प्रमुख एन्टोनियो फिलोसाले गुणस्तरका लागि विश्वव्यापी प्रमुखको अतिरिक्त भूमिका लिने घोषणा गरेको छ । उनले जीप ब्रान्डको प्रमुखको पद बब ब्रोडरडोर्फलाई छोड्नेछन् । एलेन फावेलाई समूहको प्यूजो ब्रान्डको प्रमुख नियुक्त गरिएको छ, जसले टाभारेस अन्तर्गत लामो समयसम्म सेवा गरेकी लिन्डा ज्याक्सनलाई प्रतिस्थापन गर्नेछन्, जसले अवकाश लिँदैछिन् । एन्न एबाउडले स्टेलान्टिसको प्रो वन व्यावसायिक सवारीसाधन इकाइ जीन-फिलिप इम्पाराटोबाट ग्रहण गर्नेछिन्, जसले अक्टोबरदेखि स्टेलान्टिसको युरोपेली सञ्चालनको नेतृत्व गर्दै आएका छन् । पुनर्गठन योजनाको भागको रूपमा स्टेलान्टिसले आफ्नो सफ्टवेयर र इन्जिनियरिङ गतिविधिहरूलाई प्रमुख इन्जिनियरिङ तथा प्रविधि अधिकृत नेड क्युरिकअन्तर्गत एकीकृत गरेको कम्पनीले जनाएको छ । स्टेलान्टिस र पहिले प्युजो मालिक पीएसए दुवैका अनुभवी प्रमुख सफ्टवेयर अधिकृत इभ्स बोन्नेफोन्ट समूह छोड्दैछन् । स्टेलान्टिसले आफ्ना क्षेत्रीय प्रमुखहरूलाई उत्पादन योजना र विकास तथा औद्योगिक र व्यावसायिक गतिविधिहरूमा थप अधिकार दिइरहेको पनि जनायो । टाभारेसले २०२१ को सुरुमा पीएसए र फियट क्राइस्लरबीचको विलयको व्यवस्थापन गरेका थिए । त्यसपछि उनले स्टेलान्टिसको सीईओको रूपमा काम गरे तर सेप्टेम्बरमा प्रमुख सेयरधनीहरूसँगको मतभेदपछि गत वर्षको अन्त्यतिर अचानक राजीनामा दिएका थिए । सान्दर्भिक सामग्री : १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा
काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले भारतीय कर अधिकारीहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । यो विषय कर छलीसँग सम्बन्धित छ । यस मामिलामा कर अधिकारीहरूले कम्पनीलाई १.४ अर्ब डलर (१९ हजार करोड रुपैयाँ) को नोटिस जारी गरेका थिए । त्यसपछि कम्पनीको भारतीय एकाइले कर अधिकारीहरू विरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दर्ता गरे । हाल भारतमा फक्सवागन समूहको नेतृत्व स्कोडा अटो फक्सवागन इन्डियाले गरिरहेको छ । बम्बई उच्च अदालतमा यस मामलाको सुनुवाइ फेब्रुअरी ५ मा हुने जनाइएको छ । खास कुरा के हो ? भारतीय भन्सार विभागले सेप्टेम्बर २०२४ मा स्कोडा अटो फक्सवागन इन्डियामाथि आरोप लगायो कि कम्पनीले फक्सवागन, स्कोडा र अडी कारहरूलाई छुट्टाछुट्टै पार्ट्सको रूपमा आयात गरेर करमा हेरफेर गर्यो । अधिकारीहरूले कम्पनीले कारलाई छुट्टा-छुट्टै भागहरूमा आयात गरेर कर बचाएको आरोप लगाए, जसले गर्दा सरकारलाई नोक्सान भयो । यस मामिलामा कम्पनीलाई १.४ अर्ब डलरको कर नोटिस दिइएको थियो । कर अधिकारीविरुद्ध जवाफी मुद्दा नोटिस पाएपछि कम्पनीले कर अधिकारीहरूविरुद्ध जवाफी मुद्दा दायर गरेको छ । यसमा कम्पनीले १.४ अर्ब डलरको मागलाई खारेज गर्न माग गरेको छ । रोयटर्सको एक रिपोर्टअनुसार कम्पनीले करको माग कार पाट्र्सको लागि सरकारको आयात नियमहरूको विपरीत रहेको जनाएको छ । यसले भारतमा कम्पनीको व्यावसायीक योजनामा कठिनाइ हुनेछ । करबारे के भन्छ कम्पनी ? कम्पनीले भनेको छ कि उसलाई थप कर तिर्नु पर्दैन किनभने उसले कारका पार्ट्सहरूलाई एकैसाथ एक ‘किट’को रूपमा आयात गरेन, बरु तिनीहरूलाई छुट्टा-छुट्टै मगाएको थियो । कम्पनीले भारतमा आफ्ना कारहरू बनाउन स्थानीय कम्पोनेन्टहरूको पनि प्रयोग गरेको जनाएको छ । ‘विदेशी लगानीकर्ताहरूलाई चोट’ कम्पनीले अदालतलाई कर विवादका कारण भारतमा उसको १.५ अर्ब डलरको लगानी जोखिममा रहेको जनाएको छ । साथै यो विदेशी लगानीको वातावरणको लागि पनि राम्रो होइन । कम्पनीले आफ्नो मुद्दामा नोटिसले विदेशी लगानीकर्ताहरूलाई चोट पुर्याएको उल्लेख गरेको छ । जुलाई २०१८ मा फक्सवागन समूहले भारत २.० परियोजनाको भागको रूपमा लगभग एक अर्ब युरो (करिब १४ हजार करोड रुपैयाँ) को लगानीको घोषणा गरेको थियो । कति कर लाग्छ ? यदि कुनै कम्पनीले विदेशबाट भारतमा पार्ट्सहरू मगाउँछ भने त्यसमा ५ देखि १५ प्रतिशत कर लाग्छ । त्यसैगरी, पूर्ण रूपमा बनेको कारमा ३० देखि ३५ प्रतिशत कर तिर्नुपर्छ । कर अधिकारीहरूको आरोप छ कि कम्पनीले पूर्ण रूपमा बनेका कारहरू मगाई तिनीहरूलाई पार्ट्सको रूपमा देखायो । यसले गर्दा कम्पनीले कर छली गर्यो । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री : एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
चितवनमा नामी सार्वजनिक, बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार
चितवन । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । आइतबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देललगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरे । कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकहरूबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताउँदै खुसी व्यक्त गरे । साथै उनले खरिद निर्णय गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए । चेम्बर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठले यो भरपर्दो ब्रान्डको शुभारम्भका लागि बधाई र शुभकामना व्यक्त गरे । आफ्नो सेगमेन्टमा सबैभन्दा विलासी र इन्टेलिजेन्ट कार नामी ईभी चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार रहेको कम्पनीले जनाएको छ । ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि यसको आकार प्रतिस्पर्धीहरूको तुलनामा ठूलो रहेको छ । यसको आयाम र चौडाइ यसका प्रतिस्पर्धीहरू भन्दा बढी छ र यसमा धेरै सेगमेन्ट–फर्स्ट र सेगमेन्ट–उत्कृष्ट प्रविधिहरू उपलब्ध छन् । नामी ईभीले आफ्नो सेगमेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँ मानक स्थापित गरेको छ । यसको आकर्षक डिजाइनमा विलासी भित्री भाग र उन्नत स्मार्ट प्रविधि निर्बाध रूपमा एकीकृत गरिएको छ । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस ढोका, फ्लश ढोका ह्यान्डलहरू, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएरजस्ता सेगमेन्ट–फर्स्ट आविष्कारहरू रहेका छन् । ईभी उत्साहीहरूका लागि उपयोगी यो भविष्यवादी ह्याचब्याक नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्टहरूमा उपलब्ध छ जसको मूल्य ३० लाख २४ हजार रुपैयाँदेखि ३५ लाख ९९ हजारसम्म रहेको छ । शुभारम्भसँगै ग्राहकहरूमा थप उत्साह भर्न एमएडब्लू वृद्धिले माघ २१ गतेदेखि २३ गतेसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । जहाँ ग्राहकहरूले यस अवधिमा विभिन्न विशेष अफरहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । यसमा सेरेस र नामी ईभीको खरिदमा निःशुल्क ७ किलोवाट चार्जर, ट्रेड–इनहरूको लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन–साइट फाइनान्सिङका विकल्पहरू रहेका छन् ।