एसयू सेभेन अल्ट्राको लक्जरी संस्करण १० हजार युनिट बिक्री गर्ने साओमीको लक्ष्य
काठमाडौं । साओमीले आफ्नो ईभी लक्जरी संस्करणको १० हजार युनिट बिक्री लक्ष्य राखेको छ । बुधवार साओमीका संस्थापक लेइ जुनले आफ्नो रेड नोट खातामा १० हजार युनिट बिक्री लक्ष्य राखेको उल्लेख गरे । कम्पनीको प्रमुख इलेक्ट्रिक वाहन एसयू सेभेन अल्ट्राको लक्जरी संस्करण फेब्रुअरी अन्त्यमा सार्वजनिक गरिने जनाइएको छ । साओमीले दुईवटा नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको हो । एसयू सेभेन सेडान अझ खेलकुद शैलीको संस्करण हुने जनाइएको छ । यसमा १,५२६ हर्सपावर १ हजार ७७० एनएम टर्क हुनेछ । यो ईभी ०-१०० किलोमिटर पर आवर्समात्र १.९८ सेकेन्ड मा पुग्नेछ र २०० किलोमिटर पर हावर्स गति ५.८६ सेकेन्ड मा प्राप्त गर्नेछ । साओमीले २०२५ मा ३ लाख कार डेलिभर गर्ने लक्ष्य राखेको छ । यसले २०२४ मा १ लाख ३५ हजारभन्दा बढी कार डेलिभर गरेको थियो । कारन्यूजचाइना पत्रिकाका अनुसार साओमीको प्रारम्भिक डेलिभरी लक्ष्य २०२४ का लागि १ लाख इकाइ थियो, तर बेइजिङ कारखानामा उत्पादन अपेक्षाभन्दा बढी भएपछि कम्पनीले यो संख्या बढाएको हो । साओमीको ईभी प्लान्टको पहिलो चरणमा वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार इकाइ रहेको छ । दोस्रो चरणको विस्तारपछि थप १ लाख ५० हजार इकाइ उत्पादन क्षमता थपिँदैछ, जसले कुल क्षमता ३ लाख इकाइ प्रति वर्ष पुर्याउनेछ ।
आफ्नो अस्तित्वको रक्षामा ‘निसान’, ६० अर्ब डलरको ‘मर्जर वार्ता’ रद्द गर्ने निर्णय
काठमाडौं । निसानले प्रतिद्वन्द्वी होन्डासँगको मर्जर वार्ता रद्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस निर्णयले विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता बन्ने योजना विफल पार्ने र निसान एक्लै कसरी आफूलाई पुनरुत्थान गर्नेछ भन्ने प्रश्न उठाएको छ । दुई जापानी कम्पनीहरूबीच बढ्दो मतभेदले ६० अर्ब डलरभन्दा बढीको संयुक्त उद्यमलाई परित्याग गर्यो । निक्केई बिजनेस दैनिकले निसानले वार्ता त्याग्ने प्रतिवेदन पछि टोकियो स्टक एक्सचेन्जमा निसानको सेयर ४ प्रतिशतभन्दा बढी घटेको थियो भने होन्डाको सेयर ८ प्रतिशतभन्दा बढी बढेको थियो । यो घटनाले निसानले बाह्य सहयोग बिना कसरी आफ्नो पुनर्गठन गर्छ भन्ने प्रश्न उठाएको छ । निसानले ९ हजार कर्मचारी र विश्वव्यापी क्षमताको २० प्रतिशत कटौती गर्ने लक्ष्य राखेको छ । टोयोटापछि जापानको दोस्रो ठूलो कार निर्माता होन्डा र तेस्रो ठूलो निसानले डिसेम्बरमा चिनियाँ कम्पनी बीवाइडी र अन्य इलेक्ट्रिक वाहन प्रतिस्पर्धीहरूको चुनौतीको बीच विश्वको तेस्रो ठूलो कार निर्माता बन्ने वार्ता सुरु गरेका थिए । होन्डाले आफ्नो सहायक कम्पनी बन्ने प्रस्ताव राखेपछि निसानले वार्ता रद्द गर्न सक्ने आँकलन उतिबेलै गरिएको थियो । निसान र होन्डाले छुट्टै वक्तव्यमा निक्केईको प्रतिवेदन कम्पनीले सार्वजनिक गरेको जानकारीमा आधारित नभएको र फेब्रुअरी मध्यसम्म अन्तिम निर्णय गरी घोषणा गर्ने लक्ष्य रहेको जनाएका छन् । होन्डाको बजार मूल्य ७.९२ खर्ब येन (५१.९० अर्ब डलर) छ भने निसानको १.४४ खर्ब येन मात्र छ । अर्को स्रोतले होन्डा निसानको पुनर्गठन प्रगतिबाट चिन्तित रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा लगाउने ट्यारिफले निसानलाई होन्डा र टोयोटाभन्दा धेरै प्रभाव पार्न सक्ने विश्लेषकहरूले बताएका छन् । निसानले भोगेको चुनौती निसानको असफलता इलेक्ट्रिक सवारीसाधन (ईभी) को बजारमा प्रतिस्पर्धा गर्न नसक्नु र २०१८ मा कार्लोस घोस्नको गिरफ्तारीपछि उत्पन्न संकट हो । सीएलएसएका विश्लेषक क्रिस्टोफर रिच्टरले भने, ‘निसानले होन्डाको सहायक बन्न नचाहेको खबरले नियन्त्रण नै मुख्य मुद्दा हो भन्ने संकेत गर्छ ।’ निसानको लामो समयदेखिको साझेदार रेनल्टले मर्जरमा सिद्धान्ततः सहमति जनाउने संकेत गरेको थियो । निसानको अर्को साझेदार मित्सुबिसीले पनि मर्जर वार्तामा सामेल हुन सक्ने अनुमान गरिएको थियो । तर अब मित्सुबिसी पछि हट्न सक्ने सम्भावना रहेको स्रोतले जनाएका छन् । मर्निङस्टारका विश्लेषक भिन्सेन्ट सनले भने, ‘निवेशकहरू निसानको भविष्य र पुनर्गठनबाट चिन्तित हुन सक्छन् । साथै अमेरिका–मेक्सिको ट्यारिफले निसानलाई होन्डा र टोयोटाभन्दा बढी जोखिममा राख्छ ।’ सान्दर्भिक सामग्री : होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
अमेरिकी अटो कम्पनी ‘फर्ड’को भारत फिर्ती योजना रोकियो
काठमाडौं । अमेरिकी अटो जायन्ट फर्डको भारत फिर्ती योजना अनिश्चित बनेको छ । स्रोतहरूका अनुसार फर्डले जनवरीसम्म भारतमा आफ्नो नयाँ रणनीतिको विस्तृत जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर कम्पनीले हाल पुनर्विचार गरिरहेको छ । कम्पनीले केही महिनाभित्र अन्तिम निर्णय लिने पनि बुझिएको छ । फर्डको रणनीतिमा ढिलाइ स्रोतका अनुसार फर्डको बोर्डले जनवरीमा छलफल गरेको थियो तर तत्काल कुनै घोषणा नगर्ने निर्णय भयो । कम्पनीले भारतमा पुनः प्रवेश गर्ने योजना पुनः मूल्याङ्कन गर्न थप समय लिने निर्णय गरेको हो । कम बिक्री र ठूलो घाटाका कारण फर्डले २०२१ मा भारतीय बजारबाट बाहिरिने निर्णय गरेको थियो । फर्डको आधिकारिक प्रतिक्रिया फर्डका प्रवक्तालाई इमेलमार्फत सम्पर्क गर्दा उनले योजनाहरू अगाडि बढाइरहेको जानकारी दिए । ‘हामी चेन्नई निर्माण क्षमता प्रयोग गरेर विश्वव्यापी बजार सेवाका लागि प्रतिबद्ध छौं । हामी तमिलनाडु सरकारको समर्थनप्रति आभारी छौं र योजनाहरू अघि बढाइरहेका छौं,’उनले भने । ‘निर्माण प्रक्रियाको प्रकार, समय–सीमा र अन्य विवरण उचित समयमा सार्वजनिक गरिनेछ,’ उनले थपे । किन भइरहेको छ ढिलाइ? फर्डको भारत पुनः प्रवेशमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । हाल अमेरिकी प्रशासन विदेशी लगानीका लागि त्यति अनुकूल छैन । ट्रम्प सरकार अमेरिकी अटोमोबाइल उत्पादनलाई पुनः अमेरिका फर्काउने अभियानमा केन्द्रित छ। फर्डको चेन्नई प्लान्ट लगभग तीन दशक पुरानो भइसकेको छ । यो प्लान्ट पुनः सञ्चालन गर्न धेरै लगानी आवश्यक पर्न सक्छ । ईभी उत्पादनलाई लिएर चुनौती अटो उद्योग विश्लेषकहरूका अनुसार यदि फर्डले चेन्नई प्लान्टलाई विद्युतीय सवारी (ईभी) उत्पादन गर्न तयार पार्ने निर्णय लिन्छ भने १००–३०० मिलियन डलरसम्म खर्च हुन सक्छ । यसका लागि वेल्डिङ लाइन (गाडीका विभिन्न भागहरू जोड्ने प्रविधि) नयाँ बनाउनुपर्ने हुन्छ । असेम्ब्ली लाइन (जहाँ गाडीका सबै भागहरू जोडिन्छन्) फेरि निर्माण गर्नुपर्ने हुन्छ । सान्दर्भिक सामग्री : मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी