टेस्लाले टेक्सासमा नयाँ मेगाफ्याक्ट्री निर्माण गर्ने
काठमाडौं । अमेरिकाको विद्युतीय सवारीसाधन (ईभी) निर्माता टेस्लाले ह्युस्टन नजिकै एउटा नयाँ मेगाफ्याक्ट्री निर्माण गर्ने भएको छ । उक्त फ्याक्ट्रीले ब्याट्री भण्डारण सुविधा सञ्चालन गर्ने इलेक्ट्रेकले जनाएको छ । रिपोर्ट अनुसार टेस्लाले टेक्सासको केटी सहर नजिकै १० लाख वर्गफुटभन्दा ठूलो भवनमा आफ्नो मेगाप्याक ऊर्जा उत्पादन निर्माण र व्यवस्थापन गर्नेछ । टेक्सासको वालर काउन्टीसँगको कर छुट सम्झौताका अनुसार टेस्लाले सम्पत्तिमा गरिने सुधारका आधारमा काउन्टीबाट कर छुट प्राप्त गर्नेछ, जसमा सुविधा सुधारका लागि ४४ मिलियन डलर र टेस्लाको उत्पादन उपकरणका लागि १५० मिलियन डलर समावेश छन् । टेस्लाको मुख्य आम्दानी यसको विद्युतीय सवारी व्यवसायबाट हुने गरे पनि सीईओ एलन मस्कले सौर्य ऊर्जा र ब्याट्री व्यवसाय विस्तार गर्न काम गरिरहेका छन् । टेस्लासँग चीनमा यस्तै एउटा गिगाफ्याक्ट्री रहेको छ, जहाँ गत वर्षको अन्त्यतिर उत्पादन परीक्षण सुरु गरिएको थियो । उक्त प्लान्टले टेस्लालाई चीनको आपूर्ति शृङ्खला र लिथियम-आयन ब्याट्री उत्पादन लागत घटाउने फाइदा दिलाउनेछ । टेक्सासमा बन्ने नयाँ कारखानाले करिब १ हजार ५०० रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
मर्सिडिज बेन्जले कर्मचारी संख्या घटाउने, तलब वृद्धिमा कटौती गर्ने
काठमाडौं । मर्सिडिज बेन्जले लागत कटौती अभियान अन्तर्गत कर्मचारी संख्या घटाउने र तलब वृद्धिमा कटौती गर्ने भएको छ । कम्पनीले मंगलबार यस्तो निर्णय गरेको जानकारी गराएको छ । कम्पनीले कति जागिर कटौती गरिने भन्नेबारे खुलाएको छैन तर उत्पादन क्षेत्रमा कार्यरत मजदुरहरू प्रभावित नहुने र कटौती (छुट्टी) नहुने उल्लेख गरेको छ । कम्पनी व्यवस्थापनले २०३४ को अन्त्यसम्म रोजगारी सुरक्षाको ग्यारेन्टी विस्तार गर्न सहमति जनाएको छ । गत महिना भएको वार्षिक नतिजा सम्मेलनमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) हेराल्ड विल्हेल्मले वित्त, मानव संसाधन र खरिद प्रक्रियासँग सम्बन्धित कामहरू बाहिरी कम्पनीलाई दिने योजना रहेको बताएका थिए । यसबाट सेवानिवृत्त हुने कर्मचारीहरूको ठाउँमा नयाँ कर्मचारी नलिएर तथा स्वेच्छिक जागिर छोड्ने सम्झौताका माध्यमबाट कर्मचारी संख्या घटाइने छ । मर्सिडिज बेन्जले २०२७ सम्म उत्पादन लागत १० प्रतिशतले घटाउने र २०३० सम्म त्यसलाई दोब्बरले कटौती गर्ने योजना बनाएको छ । यो लक्ष्य २०१९ देखि २०२५ को अवधिमा लागत २० प्रतिशतले घटाउने २०२० मा सुरू भएको योजनाभन्दा बाहिरको हो । युरोपको अटोमोबाइल उद्योगले यस वर्ष धेरै चुनौतीहरूको सामना गरिरहेको छ । कार निर्माता कम्पनीहरू र अटो पाट्र्स निर्माण कम्पनीहरूले ठूलो कटौतीको घोषणा गरिरहेका छन् भने जर्मनीका शक्तिशाली श्रमिक संघहरूले जागिर कटौती, कारखाना बन्द र कर्मचारीहरूलाई विदेश स्थानान्तरण गर्ने व्यवस्थापनको दबाबको कडा प्रतिरोध गरिरहेका छन् ।
चीनमा बनेका टेस्ला ईभीको बिक्री ४९.२ प्रतिशतले गिरावट
काठमाडौं । टेस्लाद्वारा चीनमा निर्मित विद्युतीय सवारीसाधन (ईभी) को बिक्री गत वर्षको तुलनामा फेब्रुअरी महिनामा ४९.२ प्रतिशतले घटेर ३० हजार ६८८ युनिटमा पुगेको छ । जुन अगस्ट २०२२ पछि सबैभन्दा न्यून हो । अमेरिकी कार निर्माता कम्पनी टेस्ला चीनका प्रतिस्पर्धीहरूसँग लगातार भइरहेको स्मार्ट ईभी मूल्य युद्धको दबाबमा परेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार टेस्लाले पहिलो दुई महिनामा चीनमा बनेका ९३ हजार ९२६ विद्युतीय गाडी विश्वभर बिक्री ग¥यो, जुन वार्षिक रूपमा २८.७ प्रतिशत गिरावट हो । जनवरी–फेब्रुअरी बिक्रीमा कमी आउनुको कारण लुनार न्यू इयरको बिदा फेब्रुअरीबाट जनवरीमा सर्ने र मोडल वाई उत्पादन आंशिक रूपमा रोकिएको कारण हो । तर, बीवाईडीले आफ्नो डाइनास्टी र ओसन सिरिजका ईभीहरू तथा प्लग–इन हाइब्रिडहरूसहित ९०.४ प्रतिशतले वृद्धि गर्दै ६ लाख १४ हजार ६७९ युनिट बिक्री ग¥यो । पछिल्लो महिनामा बीवाईडीले स्मार्ट ईभी (उन्नत ड्राइभिङ असिस्टेन्स प्रणाली भएको ईभी) मात्र १० हजार डलरभन्दा कम मूल्यमा ल्याएर चीनको सबैभन्दा ठूलो अटो बजारमा तीन वर्षदेखि चलिरहेको मूल्य युद्धलाई अझ गहिरो बनायो । यसले लीपमोटर र जेलीलाई पनि सस्तो स्मार्ट ईभी बजारमा प्रवेश गर्न प्रेरित गर्यो । टेस्लाको चीनमा निर्मित दुबै मोडल स्मार्ट ईभीहरू हुन् । टेस्लाले युरोपजस्ता बजारमा पनि चीनमा बनेका ईभीहरू निर्यात गर्छ, जहाँ जनवरीमा बिक्री ४५ प्रतिशत गिरावट आयो । मोडल वाई २०२३ र २०२४ मा चीनकै सबैभन्दा बढी बिक्री हुने कार रह्यो । तर पछिल्लो वर्ष चीनका प्रतिस्पर्धीहरूले कम्तीमा ६ नयाँ मोडलहरू ल्याए जसले मोडल वाईसँग प्रतिस्पर्धा गर्दैछन् । टेस्लाले अझै ब्रान्ड प्रभाव कायम गरिरहेको छ, तर विश्लेषकहरूका अनुसार साओमीको आउँदै गरेको वाई यू सेभेन क्रसओभर टेस्लाको सबैभन्दा बलियो प्रतिस्पर्धी हुनसक्छ । नीओले अप्रिलमा मोडल वाई र टोयोटाको आरएभी फोरसँग प्रतिस्पर्धा गर्न ल्याएको ओन्भो एलसिक्स जिरोको बिक्री फेब्रुअरीमा ४ हजार ४९ युनिटमा झर्यो । नीओका सीईओ विलियम लीले यो मोडल मार्चमा मासिक २० हजार युनिट बिक्रीमा पुर्याउने अपेक्षा गरेका छन्, जसले कम्पनीको नाफा सुधार्ने आशा गरिएको छ । (एजेन्सीहरूको सहयोगमा) ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै ‘अमेरिकी ट्यारिफ’का कारण होन्डाले ‘सिभिक’ मेक्सिकोमा नभई ‘इन्डियाना’मा उत्पादन गर्ने मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै