एक महिनामै नेपालका सडकमा गुड्न थाले ३०० नामी कार
काठमाडौं । एक महिनामै ३०० नामी कार बिक्री भएका छन् । नेपालका लागि नामीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि मोटर्सले ३०० कार बिक्री भएको जानकारी दिएको हो । नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटाभन्दा बढी बुकिङहरू प्राप्त गरेको थियो। नामीले बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपालमा पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो । फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्ने एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ । नामी कार विभिन्न रङमा उपलब्ध छन् । एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गरे ।
बीवाईडी एम सिक्सको बुकिङ खुल्याे, १ लाख ५० हजारसम्म छुट
काठमाडौं । बीवाईडी एम सिक्सको बुकिङ खुला भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एम सिक्सको बुकिङ खुला भएकाे जनाएकाे हो । कम्पनीका अनुसार बुकिङ गर्नेहरूले १ लाख ५० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । बीवाईडी एम सिक्स नेपालकै पहिलो ७ सिटर एमपीभी हो । यसको मूल्य ५५ लाख र ६० लाख १५ हजार रुपैयाँ रहेकाे छ । गाडीमा ५५.४ र ७१.८ किलोवाट आवर क्षमताका ब्याट्री हुनेछन् भने १०० किलोवाटको मोटर हुने जनाइएकाे छ । कम्पनीले केही महिनाअघि राइट ह्यान्ड ड्राइभ भर्सनको एम सिक्स उत्पादन गरेको हो । यो कारमा पनि बीवाईडीको अत्याधुनिक नयाँ प्रविधिको ब्लेड ब्याट्री दिइएको कम्पनीले उल्लेख गरेकाे छ ।
सिप्रदी ट्रेडिङ र बोसबीच सम्झौता, एफआईपीसम्बन्धि मर्मतसम्भार न्यून मूल्यमा हुने
काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र मोबिलिटी इकोसिस्टममा प्रविधि तथा सेवाप्रदायक कम्पनी बोस लिमिटेडबीच सम्झौता भएको छ । एक विशेष समारोहबीच टाटा कमर्सियल गाडीमा जडान भएका बोस एफआईपीहरूको मर्मत तथा सम्भारसम्बन्धि सेवाका लागि सम्झौता भएको हो । उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरूको एफआईपीसम्बन्धि मर्मत सम्भारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा न्यून खर्च र निश्चित मूल्यमा गर्न पाउनेछन् । यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूबाट प्राप्त गर्न सकिने छ। कम्पनिले जेन्यूइन पार्ट्सहरूमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने जनाइएको छ ।