याडियाको नयाँ ईभी स्कुटर सार्वजनिक, मूल्य २ लाख ३५ हजार

काठमाडौं । याडियाको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि याडिया ब्राण्डको आयात तथा बिक्रीकर्ता कुजु नेपालले बिहीबार ईपोक विद्युतीय स्कुटर सार्वजनिक गरेको हो । उक्त ईभी स्कुटरको मूल्य २ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त ईपोक ईभी स्कुटर नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार ईपोक ईभी आधुनिक सहरी यात्रुको आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो । सो स्कुटरमा ३ हजार वाट टीटीएफएआर ह्वील हब मोटर जडान गरिएको छ । यसैगरी, १५० एनएम टर्क रहेको छ जसले उकालाेसहित सहरी सडकमा राम्रो पफर्मेन्स दिन्छ । यो स्कुटर १६ डिग्रीसम्मको ढलान चढ्न सक्षम रहेकाले नेपालका सडकहरूको लागि उपयुक्त स्कुटर भएको कम्पनीले जनाएको छ । १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको छ, जसले यसको मोटर प्रदर्शनमा कुनै असर नगरी उत्कृष्ट टिकाउपन (दीर्घकालीन भरपर्दो क्षमता र पावर, चुनौतीपूर्ण अवस्थाहरू)मा पनि स्थिर प्रदर्शन दिने कम्पनीको दाबी छ। एक पटकको चार्जमा १५० किमीसम्मको यात्रा गर्न सकिने उक्त स्कुटर आरामदायक डिजाइन गरिएको छ । १७० मिमी ग्राउण्ड क्लियरेन्स रहेको सो स्कुटरमा अगाडिको र पछाडिको डिस्क ब्रेकहरू रहेको छ । कम्पनीले सो स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष वा २० किलोमिटर वारेन्टी प्रदान गरेको छ । ‍ याडियाले लगातार ७ वर्षसम्म विश्वकै नम्बर १ इलेक्ट्रिक स्कुटर ब्रान्डको उपाधि पाएको छ। यसले १० करोडभन्दा बढी युनिटहरू बिक्री गरिसकेको छ र १०० भन्दा बढी देशहरूमा उपस्थिति रहेको छ। याडिया ईपोक अब नेपालभरका आधिकारिक डिलरशिपहरूमा विभिन्न रंगहरूमा पलब्ध भइसकेको कम्पनीका निर्देशक उमिद श्रेष्ठले जानकारी दिए । देशभर १५ डिलरशिपहरूको सञ्जाल र २०२५ को अन्त्यसम्म १० थप डिलरशिपहरू थप्ने योजनासहित कम्पनीले नेपालको विद्युतीय मोबिलिटी क्रान्तिमा योगदान दिने लक्ष्य राखेको उनको भनाइ छ ।

सन् २०२४ मा टोयोटाको १ करोड ८ लाख गाडी बिक्री

काठमाडौं । टोयोटा मोटरले सन् २०२४ मा १ करोड ८ लाख गाडी बिक्री गरेको छ । कम्पनीले बिहीबार घोषणा गर्दै लगातार पाँचौं वर्ष विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता बनेको जानकारी गराएको छ । जापानी अटोमोबाइल कम्पनी टोयोटाको विश्वव्यापी बिक्रीमा ३.७ प्रतिशत गिरावट आएको छ । यसमा साना गाडी निर्माता डाइहात्सु र ट्रक निर्माता हिनो मोटर्सको बिक्री पनि समावेश छ । टोयोटाको बिक्री घट्नुको मुख्य कारण जापानमा भएको ठूलो गिरावट हो ।डाइहात्सुमा प्रमाणीकरण परीक्षण प्रक्रियासम्बन्धी विवादका कारण कम्पनीलाई ठूलो असर परेको थियो । जापानमा दोहोरो अंकको गिरावटका कारण विश्वव्यापी बिक्रीमा असर परेको छ। जापानबाहेक अन्य अन्तर्राष्ट्रिय बजारमा टोयोटाको बिक्री राम्रो देखिएको छ । फक्सवागन दोस्रो स्थानमा जर्मन अटोमोबाइल कम्पनी फक्सवागन समूहले यस वर्ष दोस्रो स्थान हासिल गर्‍यो । २०२४ मा यसको बिक्री २.३ प्रतिशतले घटेर ९० लाख गाडीमा सीमित भयो । कम्पनीले चीनमा बढ्दो प्रतिस्पर्धा र लागत कटौतीको चुनौती सामना गरिरहेको छ । हाइब्रिड गाडीको माग बढ्यो, इलेक्ट्रिक गाडीको बिक्री कम टोयोटाको हाइब्रिड गाडीहरू कुल बिक्रीको ४०.८ प्रतिशतले बिक्री भएको छ, जुन हालसम्मकै उच्च हो । ब्याट्री–इलेक्ट्रिक गाडीको बिक्री भने जम्मा १.४ प्रतिशतमात्र रह्यो । चीनमा भने मूल्य प्रतिस्पर्धाका कारण टोयोटाको बिक्री ६.९ प्रतिशतले घटेको छ । टोयोटाले हाइब्रिड गाडीहरूमा राम्रो सफलता हात पार्दा पनि जापान र चीनमा मूल्य प्रतिस्पर्धाका कारण केही कठिनाइहरू सामना गर्नु परेको छ । तर, करोड ८ लाख गाडी बिक्री गर्दै टोयोटाले फेरि पनि विश्वको नम्बर १ अटोमोबाइल निर्माता बन्ने स्थान सुरक्षित गरेको छ । सान्दर्भिक सामग्री :  २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने चीनमा हरेक वर्ष १ करोड २८ लाख ईभी बिक्री निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने

बीवाईडीको संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी शेनजेन’ सार्वजनिक, ९ हजार बढी गाडी बोक्न सक्ने

काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी शेनजेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल-अन रोल-अफ कार क्यारियर हो । यस जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल-फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्‍याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्‍याउने विश्वास लिइएकाे छ । २०२४ मा बीवाईडीले ४ लाख १७ हजार ००० भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा बीवाईडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ ।