दशैँका अवसरमा टाटाको ७५१ बढी गाडी नेपाली बजारमा डेलिभरी
काठमाडौँ । दशैँका अवसरमा टाटाको ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जानकारी दिएकाे छ । टाटाले यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको थियो । यस्तै टाटा पन्च ईभीको यो दशैँमा ३७७ युनिट डेलिभरी भएको छ । यो दशैँमा टियागो ईभीको १५६, टाटाको टिगोर ईभीको १० र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । यस्तै एक्प्रेस–टीको १५६ युनिट डेलिभरी भएसँगै सिप्रदीले यो दशैँमा ७५१ टाटा कारहरू डेलिभर गरेको छ ।
र्याली अफ हिमालयज : रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी
काठमाडौं । भारतमा सम्पन्न र्याली अफ हिमालयजको चौंथो संस्करणअन्तर्गत रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । राइडर साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको –याली अफ हिमालयाजको चौंथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिब ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा र्याली अफ हिमालयजको विजेता छनोट गरिन्छ । एक कार्यक्रमका बीच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । ट्रफी प्राप्त गरेपश्चात दीपक साहले आफू नेपालकाे प्रतिनिधित्व गर्दै विजयी बनेकाेमा खुसी व्यक्त गरे । उनले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्याली अफ चाम्बामा समेत सहभागी भएका थिए । र्याली याली अफ हिमालयज संसारकै सबैभन्दा चुनौतीपूर्ण मोटरस्पोर्ट इभेन्टहरूमध्ये एक हो ।
बाढी पहिरोपीडितका लागि बीवाईडीले दियो ५१ लाख रुपैयाँ
काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी-पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमकाबीच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकताअनुसार सहयोग गर्न प्रतिबद्ध छौ । हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौं ।’ यो योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक रूपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरूपता प्रदान गरेको कम्पनीले बताएको छ ।