पर्यटन प्रवर्द्धन गर्न बुलेट यात्रा (फोटो फिचर)

काठमाडौं । नँया वर्षको अवसर पारेर नेपाल बुलेट हाउसको आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै नेपाल बुलेट हाउसले नेपालको प्रवर्द्धनका लागि उदयमान गन्तव्यहरूको टु ह्हुवीलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका छन् । रोयल इनफिल्ड बाईकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाईमा काठमा देखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए ।    

मर्सिडिज-बेन्जको ‘रेकर्ड ब्रेक’ बिक्री, प्रत्येक दुई लक्जरी कारमध्ये एउटा मर्सिडिज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना भारतमा बिक्री भएका प्रत्येक दुई लक्जरी कारमध्ये एउटा मर्सिडिज बेन्ज कार थियो । यस हिसाबले मर्सिडिजका लागि जनवरी-मार्च त्रैमासिक उत्कृष्ट रह्यो र यस अवधिमा कम्पनीले ५ हजार ४ सय १२ कार बिक्री गरेको थियो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । मर्सिडिजले जनवरी-मार्च २०२३ मा ४ हजार ६ सय ९७ कार बिक्री गरेको थियो । यस अवधिमा देशमा कुल ११ हजार ८ सय ५३ लक्जरी कार बिक्री भएको छ । आर्थिक वर्ष २०२४ भारतीय बजारमा जर्मन कार निर्माता कम्पनी मर्सिडिजका लागि उत्कृष्ट रह्यो जसमा कम्पनीले १८ हजार १ सय २३ कार बिक्री गरेको छ जुन अघिल्लो आर्थिक वर्षमा बिक्री भएका १६ हजार ४ सय ९७ कारको तुलनामा १० प्रतिशत बढी हो । तीन जर्मन दिग्गज कार कम्पनी मर्सिडिज, बीएमडब्लू र अडी मिलेर ९ हजार ९ सय ६८ लक्जरी कार बेचेका छन् । बिक्रीका हिसाबले यी तीन लक्जरी कार उत्पादकहरूमध्ये मर्सिडिज बेन्जको हिस्सा ५५ प्रतिशत रह्यो । बीएमडब्लूले जनवरी-मार्चमा ३ हजार ५ सय १० कार बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशतले बढी हो । अडीले १ हजार ४६ कार बेचेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.४ प्रतिशतले बढी हो । उद्योगको अनुमानअनुसार यो अवधिमा भोल्भो, जेएलआरलगायतका १ हजार ८ सय कार बिक्री भएका छन् । यो वर्षको जनवरी-मार्चमा देशमा मर्सिडिजको कुल बिक्रीमा एसयूभीको हिस्सा ६० प्रतिशत रह्यो । ईभीको बिक्री १ सय ३० प्रतिशतले बढेको छ भने कुल बिक्रीमा उनीहरूको हिस्सा ६ प्रतिशत रहेको छ । मर्सिडिज बेन्ज इन्डियाका प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृत सन्तोष अय्यरले कम्पनीले आगामी त्रैमासिकमा भारतमा १२ वटा नयाँ कार लन्च गर्ने योजना रहेको बताए । तीमध्ये तीनवटा ब्याट्रीबाट चल्ने विद्युतीय कार हुनेछन् । उनले भने, ‘हामीसँग २ सय गाडीको अर्डर छ र हाम्रा केही कार ग्राहक एक वर्षदेखि पर्खिरहेका छन् ।’ कम्पनीले सन् २०२४ मा तीनवटा नयाँ कार बजारमा ल्याएको छ । कम्पनीका ८५ प्रतिशत कारको मूल्य ७० लाखभन्दा माथि रहेको अय्यरले बताए । मर्सिडिज बेन्जले यस वर्ष १० नयाँ उदीयमान बजारमा प्रवेश गर्दैछ । बीएमडब्लू ग्रुप इन्डियाका अध्यक्ष विक्रम पाहवाले भने, ‘बीएमडब्लू ग्रुप इन्डियाले जनवरी-मार्च त्रैमासिकमा उत्कृष्ट प्रदर्शन गरेको छ र यस अवधिमा हाम्रो बिक्री ५१ प्रतिशतले बढेको छ । कम्पनीले जनवरीमार्च त्रैमासिकमा २ सय ११ ईभी कार बिक्री गरेको छ ।’ यसैगरी अडी इन्डियाका प्रमुख बलवीर सिंह ढिल्लनले आर्थिक वर्ष २०२४ मा अडीको बिक्री ३३ प्रतिशतले बढेको बताए । एजेन्सी

जर्मन कार निर्माता भक्सवागनले चीनमा थप २ अर्ब ५० करोड युरो लगानी गर्ने

सांघाई । आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजारमा बिक्रीमा भएको गिरावटलाई कम गर्न खोजिरहेको जर्मन कार निर्माता भक्सवागन समूहले बिहीबार चीनमा आफ्नो सञ्चालन विस्तार गर्न २ अर्ब ५० करोड युरो (दुई अर्ब ७० करोड अमेरिकी डलर) लगानी गर्ने बताएको छ । घरेलु विद्युतीय सवारी निर्माता बिवाइडीसँग आफ्नो उपाधि गुमाएको भक्सवागनले सन् २०२३ सम्म विश्वको सबैभन्दा ठूलो अटो बजारमा सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको उपाधि आफूसँग राखेको थियो । चीनमा गत वर्ष निर्माता एक्सपेङमा अल्पमत हिस्सेदारी लिनेसहित समूहले विश्वव्यापी स्तरमा विद्युतीय सवारीमा दसौँ अर्ब लगानी गरेको छ । समूहले एक समाचार विज्ञप्तिमा भनेको छ, ‘नयाँ बहु–अर्ब युरो लगानीलाई पूर्वी प्रान्त अनहुईस्थित हेफेईमा भक्सवागनको उत्पादन र नवप्रवर्तन केन्द्रलाई थप विस्तार गर्नका लागि प्रयाग गरिनेछ ।’ यसबाट आफ्नो अनुसन्धान र विकास क्षमता बढ्ने र एक्सपेङसँग विकास भइरहेको दुई कार मोडलको तयारीमा पनि सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ । ‘हामीसँग ‘इन चाइना फर चाइना’ रणनीतिका साथ एउटा बलियो योजना छ र हामीले अधिक ग्राहक केन्द्रित, थप गति र स्थानीय विकासका साथ हाम्रो व्यवसायको पुनरसंरचनालाई गति दिइरहेका छौँ,’ समूहका कार्यकारी राल्फ ब्रेन्डस्टेटरले विज्ञप्तिमा भने, ‘हेफेईमा यो थप लगानीले स्थानीय नयाँ शक्तिलाई द्रुत गतिमा विस्तार गर्ने हाम्रो महत्त्वाकांक्षालाई रेखांकित गर्दछ ।’ विद्युतीय सवारीका लागि चीनको बजारसामु बाँकी विश्व नगन्य भएको छ । रिसर्च फर्म रिस्ट्याड एनर्जीका अनुसार गत वर्ष डिसेम्बरमा विश्वव्यापी स्तरमा बिक्री गरिएका सबै विद्युतीय सवारीमध्ये ६९ प्रतिशत चीनमा भएको थियो । यस्तो मूल्यवान् बजारको लडाइँमा स्थापित अन्तर्राष्ट्रिय र घरेलु कार निर्माताहरूका साथै स्मार्टफोन तथा उपकरण निर्माता जियाओमीजस्ता हालै उदीयमान कम्पनीहरू पनि सामेल छन् । भक्सवागनको चीनमा ४० वर्षको इतिहास छ र उसले स्वयंलाई ‘चिनियाँ औद्योगिक पारिस्थितिकीय प्रणालीको अभिन्न अङ्ग’ भन्दछ । समूहले गत महिना जारी गरेको नतिजाले गत वर्ष चीनमा उसको बिक्री सामान्यरूपमा बढेको र सन् २०२२ को तुलनामा सुस्त गतिमा बढेको देखाएको छ । सन् २०२४ का लागि उसको विश्वव्यापी दृष्टिकोण पनि सुस्त थियो । एजेन्सी