टीभीएस अपाचेको आरटीआर १६० सार्वजनिक, मूल्य तीन लाख बढी

काठमाडौं । टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको न्यु-जेन इन्जिनले बेस्ट-इन-क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर-टु-वेट रेसिओमा वृद्धि ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०२४ टीभीएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टएक्सोनेक्टटीएम सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । आरटीआर ओभरस्क्वायर न्यु-जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल-इन्जेक्टेड १५९.७ सीसी सिंगल-सिलिन्डर, दुई-भल्भ ओटा एसओएचसी एयर-कूल्ड इन्जिन रहेको छ । यसको पावर हाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार डबल-क्रयाडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच-स्पीड गियरबक्स र २७० एमएम रोटो-पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ । नेपालमा २०२४ टीभीएस अपाचे आरटीआर १६०- म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ । जसको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

विस्तृत सेवाको साथ सीएफ मोटो र जीहोका बाइक र स्कुटर लन्च

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइक लञ्च गरेको छ । नेपालका लागि सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले इलेक्ट्रिक स्कुटर र बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो । यूरोप र एशियाली देशमा अत्यधिक रुचाईएको सीएफ मोटोका एनके २५० फन, एसआर २५० फन र एनके ४५० मोडल र जीहोका एई६ प्लस तथा एई६ प्लस लङ्ग रेन्ज मोडलका इलेक्ट्रिक स्कुटर र सीटी स्पोट्र्स इलेक्ट्रिक बाइक ऋषि ट्रेड सेन्टरले नेपालीमा बजारमा ल्याएको हो । सन् १९८९ मा स्थापित सीएफ मोटोका १ सय देश र ३ हजार बढी बिक्री तथा बिक्रीपश्चात् सेवा प्रदान गर्ने थ्रीएस सोरूम छन् । विश्व प्रतिष्ठित सीएफ मोटो ब्राण्डले इलेक्ट्रिक उद्योगमा आफ्नो सेवा विस्तार गरेसँगै छोटो समयमै बलियो उपस्थिती जनाउन सफल भएको छ । नेपालमा रिलायन्स ग्रुपले वितरकको पूर्ण जिम्मेवारी लिएसँगै सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटरले आक्रामक व्यवसाय गर्ने अपेक्षा कम्पनीले गरेको छ । रिलायन्स ग्रुपका डाइरेक्टर ऋषि अग्रवाल आफ्नो ग्रुपको व्यापारिक इतिहासमा एक महत्वपूर्ण क्षण रहेको बताउँछन् । बाइक तथा स्कुटर पारखीहरूलाई दुवै प्रकारको साधनको साथै सेवालाई फराकिलो रुपमा विस्तार गर्ने उनले बताए । आन्तरिक र बाह्रय पर्यटनमा बाइकको विशेष योगदान रहने र इलेक्ट्रिक मोबिलिटी मार्फत स्वच्छ वतावरणमा टेवा पुग्ने उनको भनाइ छ । कम्पनीले सीएफ मोटोका एमटी४५० र एनके३०० जस्ता उच्च क्षमता र आकर्षक डिजाइनका मोडलहरू चाँडै लञ्च गर्ने योजना रहेको घोषणा गरेको छ । आफ्नो अर्को योजनानै सर्भिस विथ फन क्याम्प सञ्चालनमा ल्याउने रहेको अग्रवालले बताए । कति पर्छ मूल्य ? सीएफ मोटोका बाइकहरू २५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ, २५० एसआर फनको ६ लाख ७४ हजार ९ सय रुपैयाँ, ४५० एनकेको ११ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै, जीहोका एई६ प्लसको ३ लाख ४४ हजार ९ सय रुपैयाँ, एई६ प्लस लङ्ग रेन्जको ३ लाख ९४ हजार ९ सय रुपैयाँ, सीटी स्पोट्र्स इलेक्ट्रिक बाइकको लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ । रिलायन्स ग्रुपले सामाजिक उत्तर दायित्वको लक्ष्य प्राप्ति गर्न ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई सीएफ मोटो र जीहो ब्राण्डका स्कुटर समेत सहयोग गरेको छ ।  जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया : पुराना बाइक वा स्कुटरसँग नयाँ स्कुटर साट्ने अवसर धमाधम डिलर नेटवर्क विस्तार गर्दै रिलायन्स ग्रुप

टीभीएसले ल्यायो लाईफ टाईम ब्याट्री एस्योरेन्स भएको ईलेक्ट्रिक स्कुटर, मूल्य कति ?

काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि एस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिवद्धताका साथ कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेको हो । ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतलाई सम्बोधन गर्दै टीभीएसले आईक्यूब मार्फत नेपालमा ईलेक्ट्रिक स्कुटरलाई प्रयोगमा ल्याउने उद्देश्य राखेको छ । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आईक्यूब र टीभीएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । कम्पनीका अनुसार ग्राहकले २ लाख ९९ हजार ९०० रुपैयाँमा टीभीएस आईक्यूब खरिद गर्न पाउने छन् । टीभीएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टीभीएस आईक्यूबका करिब ३ लाख ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।