ओमोडाले आयोजना गर्यो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम

काठमाडौं । ओमोडा नेपालले ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार ओमोडा शोरुम, उत्तरढोकामा सफलतापूर्वक सम्पन्न सो कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको कम्पनीको भनाइ छ । मनोरञ्जन र अन्तरक्रियाको लागि उत्सुक ओमोडा ग्राहकहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो । रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । सो अवसरमा सन्दीप क्षेत्रीले हसाएका थिए भने ज्योवन भुजुको लाइभ म्युजिकले रोमान्चक बनाएको थियो । साथमा प्रत्यक्ष संगीतले न्यानो र रमाइलो वातावरण सिर्जना गर्यो । अन्तरक्रियात्मक खेलहरू बास्केटबल, फुसबल र भिआर अनुभवले प्रतिस्पर्धा र उत्साह थपेको बताइएको छ । सुरक्षा र असाधारण उत्पादनहरु प्रति ओमोडाको प्रतिबद्धताको लागि उपस्थितहरु प्रति प्रशंसा गदै कार्यक्रम एक सकारात्मक विन्दुमा समापन भएको थियो । अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।

अस्ट्रेलियामा विद्युतीय सवारीको बिक्री १४९ प्रतिशतले बढ्यो

काठमाडौं । सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारी साधन (इभी) को बिक्री दोब्बरले बढेको छ । इलेक्ट्रिक भेहिकल इन्डस्ट्री रिक्याप २०२३ कोअनुसार सर्वोच्च उद्योग निकाय इलेक्ट्रिक भेहिकल काउन्सिलद्वारा प्रकाशित गरिएको थियो । अस्ट्रेलियालीहरूले २०२३ मा ९८ हजार ३४६ नयाँ विद्युतीय सवारीसाधन किनेका थिए । २०२२ मा ३९ हजार ३५३ को तुलनामा १४९.९ प्रतिशतले बढेको छ । सन् २०२३ मा अस्ट्रेलियामा बिक्री भएका सबै नयाँ कारमध्ये ८.४५ प्रतिशत ईभी थिए । जुन २०२२ मा ३.८१ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । अष्ट्रेलियामा २०२३ मा ९९ वटा विभिन्न इभी मोडलहरू उपलब्ध थिए । जुन २०२२ मा ७० बाट बढेर ५६ ब्याट्री विद्युतीय सवारी साधन र ४३ प्लग–इन हाइब्रिड विद्युतीय सवारी साधनहरू समावेश थिए ।

एमएडब्लू वृद्धिले सोकोन इसी-३६ विद्युतीय भ्यान भित्र्याउँदै, अप्रिलभित्रै बिक्री सुरु हुने

काठमाडौं । नेपालका लागि सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ११ सिटे विद्युतीय भ्यान भित्र्याउने भएको छ । कम्पनीले सेरेस ग्रुपले उत्पादन गरेको सोकोन ईसी ३६ भ्यान भित्र्याउन लागेको हो । कम्पनीका अनुसार सोकोन ईसी ३६ विद्युतीय गाडी चाँडै नै सार्वजनिक गरेर अप्रिल महिनाभित्र बिक्री सुरु गर्ने बताएको छ । दुई सातापछि बिक्रीमा राख्ने गरी सेरेसको विद्युतीय भ्यान भित्र्याउने तयारी रहेको कम्पनीले विज्ञप्तिमार्फत् जनाएको छ । यसका लागि सबै तयारी भइसकेको कम्पनीले जनाएको छ । एमएडब्लू समूह नेपालमा अटोमोबाइल्स क्षेत्रमा एक परिचिभ ग्रूप हो । जसले एमाहा, जेसीबीm स्कोडा, जीप, सेरेस, चाँगन लगायका अन्तर्राष्ट्रिय ब्राण्डका गाडीहरू बिक्री गर्दै आएको छ । नेपालभर ३५०भन्दा बढी टच प्वाइन्टहरू छन् ।