अल न्यू २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक

काठमाडौं । अल न्यू २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा सर्वाधिक शक्तिशाली फ्युल ईन्जेक्टेड १५९.७ सीसी ईन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ । नेपाली बजारमा सार्वजनिक यस नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोड्सका साथै रेस ईनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्टएक्सकनेक्टको सुविधा समेत उपलब्ध गरिएको छ । टीभीएस आपाचे आरटीआर नेपाली बजारमै सर्वाधिक सफल मोटरसाइकल ब्राण्डका रुपमा रहेको छ । नयाँ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले टीभीएसको परिधिभन्दा माथि उठेर आफ्ना उपभोक्तालाई तिनका आवश्यकता अनुसार रेसिङ परफरमेन्स सुविधा सहित विशेषतह: दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखि नविन उत्पादन उपलब्ध गराउने प्रतिबद्धता प्रदर्शित गरेको छ । बजारमा उपलब्ध श्रेणीकै सर्वाधिक शक्तिशाली मोटरसाइकलका रुपमा टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मूथ र आरामदायी यात्राको सुनिश्चितता दिने कम्पनीले जनाएकाे छ। सार्वजनिक नयाँ मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआइका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका कन्टिनेन्ट हेड, एम जे ठङगाराजनले भने ,’नेपाल हाम्रालागि एक प्रमुख बजारका रुपमा रहेको छ । हामीले विशेष प्राथमिकताका साथ दूई तथा तीन पाङ्ग्रेका रेञ्जहरु मार्फत उपभोक्तालाई निरन्तर खुशी प्रदान गर्दै आइरहेका छौँ । २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गर्दै नेपाली राइडर्सका लागि वल्र्ड क्लास अफरिङ प्रदान गर्ने हाम्रो उद्देश्यमा थप एक नयाँ पाइला हो । परफरमेन्स मोटरसाइकलका पारखी नेपाली उपभोक्तालाई नयाँ मोटरसाइकलले थप सन्तुष्टि प्रदान गर्दै कम्पनी प्रतिको माया तथा विश्वास बढाउन सघाउनेमा हामी विश्वस्त छौँ ।’ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई मोटरसाइकल आकर्षक रेस ग्राफिक्सका साथै नयाँ हेडल्याम्प्सका साथमा उपलब्ध गरिएका छन् । मोटरसाइकलमा ईन्जिनको जीवन अवधिभर हरेक ड्राइभिङ अवस्थामा रमाइलो यात्राको सुनिश्चितताका लागि रेस ट्युन्ड फ्य्ल ईन्जेक्शन आरटीएफआई प्रविधि जडान गरिएको छ । टीभीएस आपाचे सिरिजमा नयाँ क्रान्तिले समान शक्ति सञ्चारका साथै ईन्धन मित्ब्ययीता प्रदान गर्ने क्षमतमा राख्छ । त्यसैगरी सुदृढ ईञ्जिनले लामो आयुका साथै उत्सर्जन नियन्त्रण क्षमतापनि उपलब्ध गराउँछ । नयाँ मोटरसाइकलमा ब्युल्टइन फस्र्ट ईन सेग्मेन्ट जीटीटी प्रविधि, ग्लाइड थ्रो ट्राफिक जडान गरिएको छ । यसले भिड सहितको सडकमा कम गतिको राइडमा अत्यधिक स्मूथ, आरामदायी र नियन्त्तण सहितको राइड प्रदान गर्छ । सहरी सडकमा बढ्दो चापका कारण यो फिचर नेपाली उपभोक्ता माझ सान्दर्भिक हुनका साथै निकै लोकप्रिय हुने कम्पनीले जनाएकाे छ। साथै नयाँ मोटरसाइकलमा फेदर टप स्टार्ट, वेभ बाइट ईग्निशन कि र नयाँ एयरोडायनामिक क्ल मिरर्स लगायत रोमाञ्चक फिचर्सपनि उपलब्ध रहेका छन् । त्यसैगरी, नयाँ मोटरसाइकलमा थप हल्का तर सुदृढ कार्य क्षमता सहितको बुलपप् एक्जस्टपनि जडान गरिएको छ । यसमा जडिट अत्याधुनिक फ्युल ईन्जेक्शन प्रणाली मार्फत बाइकलले १७ दशमलव ५५ पीएसको शक्ति र १४ दशमलव ७३ एमएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । श्रेणीमै पहिलो पटक उपलब्ध गरिएको थ्री राइड मोड (अर्बन, रेन र स्पोर्ट्स मोड) मार्फत राइडरले मौसमको अवस्था र बाटो हेरि अनुकुल ईन्जिन परफरमेन्स तथा एबीएस प्रतिक्रियाको छनोट गर्न सक्छन् । आरटीआर ओभरस्क्वायर ईन्जिनद्वारा सन्चारित टीभीएस आपाचे आरटीआर फाइभ स्पिड गियरबक्सका साथमा जडित १६० फोरभी एफआई फ्य्ल ईन्जेक्टेड १५९.७ सीसी सिंगल सिलिन्डर फोर भल्भ एसओएचसी आयल कुल्ड मोटरले १७.५५ पीएसको अधिकतम शक्ति ९हजार २ सय ५० आरपीएममा र १४.७३ एनएम पिक टर्क, ७ हजार २ सय ५० आरपीएममा उत्पादन गर्ने कम्पनीले जनाएकाे छ ।

होण्डाको ‘दशैंमा दश लाख’ योजना छठ पर्वसम्म चल्ने

काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने भएको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता रहेकोले कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको जनाएको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी र१० लाख नगद जित्न सक्ने छन् । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले  १०,००० रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने वा १२,५०० रूपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘१ फाइनान्स योजना’  मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ । कम्पनीका अनुसार  यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

भाडा २० प्रतिशत सस्तो हुने गरी १० करोड लगानीमा आयो ‘ई-ड्राइभ नेपाल’

काठमाडौं । ई-ड्राइभ कम्पनीले फर्ट इलेक्ट्रिक राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा ल्याएको छ । बिहीबार कम्पनीले एक कार्यक्रम आयोजना गरी एप लन्च गरेसँगै ‘‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको हो । उक्त एप सञ्चालनमा आएसँगै इभी ट्याक्सी बोलाएर सहज तरिकाले एक ठाउँबाट अर्को ठाउँ पुग्न सकिने बताइएको छ । सर्वसाधारणलाई डिजिटल माध्यमबाट इभीका ट्याक्सीमार्फत सेवा दिने उद्देश्यसहित उक्त एप प्रयोगमा ल्याएको कम्पनीका अध्यक्ष राजेश मास्कले बताए । कुनै ठाउँमा सहज तरिकाले जानुपर्ने भयो भने यसबाट इभी ट्याक्सी बोलाउन सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सविन भट्टराईले नेपालमै बनेको यो एपले आवतजावत सहजतामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘सरकाले पनि इभीको प्रयोगलाई जोड दिएको छ, अहिले बजारमा इभीका गाडी प्रयोग पनि बढ्दो छ, पेट्रोल तथा डिजेलमा अर्बौं रुपैयाँ बाहिरिएको छ, ‘उनले भने, ‘अब यसलाई रोकेर इभीको प्रयोगलाई जोड दिनुपर्छ । इभीका चालक र प्यासेन्जर भेट हुने माध्यमका रूपमा यो एप सञ्चालनमा ल्याएका हौं ।’ उनका अनुसार अन्य राइड सेयरिङ एपमा भन्दा यस एपको फिचर भिन्न छ । यस एपमार्फत चालकलाई बोलाउँदा अन्य राइड सेयरिङ एपभन्दा भाडा १५/२० प्रतिशत सस्तो पर्ने भट्टराईले बताए । कम्पनी आफैंले एप लन्च अगावै नै दुई चार्जिङ स्टेशन आफ्नै लगानीमा सञ्चालनमा ल्याएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एपको उद्घाटनमा बोल्दै विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा सर्वसाधारणका लागि यो एप उपयोगी हुने बताए । ‘नेपाली सडकमा इभीको बाहुल्यता बढ्दै गएको छ,’ उनले भने, ‘इभीको प्रयोगले विद्युत खपतमा पनि मदत पुर्याउँछ भने कम लागतमै इभीका गाडीमा यात्रा गर्न सकिन्छ ।’ इभी ट्याक्सीबाट सेवा दिने उद्देश्यले कम्पनी आफैले पनि १४ वटा इभीका ट्याक्सी खरिद गरेको छ । कम्पनी आफैंले ५० भन्दा बढी ट्याक्सी खरिद गरी सञ्चालनमा ल्याउने योजना बनाएको नायव प्रमुख कार्यकारी अधिकृत प्रज्वल खत्रीले बताए । ‘हामीले तयार गरेको यो एपमा खर्च पनि धेरै भएको छ, सञ्चालक टिमको लगानी र बैंकबाट लोन लिएर यसमा लगानी गरेका छौं, यसको सबै काम सकिँदा करिब १० करोड रुपैयाँ लगानी भएको छ,’ उनले भने । कसरी प्रयोग गर्ने एप ? आधुनिक फिचरसहित आएको ‘ई-ड्राइभ नेपाल एप प्रयोग गर्ने तरिका सहज छ । उक्त एपलाई प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपश्चात् आफ्नो फोन नम्बर तथा इमलको प्रयोग गरी लगइन गर्नुपर्ने हुन्छ । लगइन गरेपछि होम पेज खुल्छ । उक्त पेजबाट आफू पुग्ने लोकेसन सेट गरी ट्याक्सी चालकलाई बोलाउन सकिन्छ । प्यासेन्जरले ट्याक्सी बोलाउँदा इभी ट्याक्सीमात्रै आउँछन् । यस्तै, एप लन्चको समय क्रममा कम्पनीले इभी ट्याक्सीको चालकलाई लोगोसहितको ज्याकेट पनि वितरण गरेको छ । कम्पनीले चालकका लागि पुष १ गतेसम्मलाई रजिस्ट्रेसन निःशुल्क गरेको पनि कम्पनीले बताएको छ ।