ट्रम्पको अटो ट्यारिफले ४६० अर्ब डलरभन्दा बढीको अमेरिकी सवारीसाधन र पार्ट्स आयातलाई समेट्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत अटो ट्यारिफले वार्षिक रूपमा ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुधवारको संघीय रजिस्टर नोटिसमा समावेश गरिएको ट्यारिफ कोडहरूको विश्लेषण गरी ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने जनाइएको हो । गत हप्ता ट्रम्पको अटो ट्यारिफ घोषणा मे ३ देखि लागू हुनेछ । यो बिहीबार मध्यरातमा २५ प्रतिशत ट्यारिफ लागू भएपछि एक महिनापछि लागू हुनेछ । यस सूचीमा इन्जिन, ट्रान्समिसन, लिथियम–आयन ब्याट्री तथा अन्य प्रमुख कम्पोनेन्टहरूसहित टायर, शोक अब्जर्बर, स्पार्क प्लग वायर, ब्रेक होज जस्ता कम महँगा पाट्र्सको ट्यारिफ कोडहरू समावेश छन् । तर सूचीमा अटोमोटिभ कम्प्युटरहरू पनि छन्, जुन चार–अङ्कीय ट्यारिफ कोड अन्तर्गत पर्दछ । जसमा ल्यापटप, डेस्कटप कम्प्युटरहरू र डिस्क ड्राइभहरू समेत समावेश छन् । २०२४ मा यस श्रेणीको आयात १३८.५ अर्ब डलर रहेको अमेरिकी जनगणना ब्युरोको तथ्याङ्कले देखाएको छ । यो श्रेणीबाहेक अमेरिकी सवारीसाधन र पाट्र्स आयातको कुल मूल्य ४५९.६ अर्ब डलर रहेको छ । आधुनिक कार र ट्रक, विशेष गरी विद्युतीय सवारीसाधनहरूका लागि आवश्यक कम्प्युटरहरूको सटीक मूल्य तत्काल स्पष्ट छैन किनभने अटोमोटिभ कम्प्युटरहरूको लागि कुनै अलग ट्यारिफ कोड छैन । पाट्र्ससूची साथै मे ३ बाट लागू हुने यी ट्यारिफहरूको समयसीमा ट्रम्पले सबै अमेरिकी आयातका लागि १० प्रतिशत आधारभूत ट्यारिफ घोषणा गर्नुअघि खुलासा गरिएको थियो । धेरै देशहरूलाई उच्च पारस्परिक ट्यारिफ लगाइएको थियो, जुन गैर–ट्यारिफ व्यापार अवरोधहरू प्रतिकार गर्न डिजाइन गरिएको थियो । वरिष्ठ ट्रम्प प्रशासन अधिकारीहरूका अनुसार सेक्शन २३२ राष्ट्रिय सुरक्षा ट्यारिफ अन्तर्गत पर्ने सवारीसाधन र अटो पाट्र्सहरूलाई छुट्टै आधारभूत वा पारस्परिक ट्यारिफ लगाइने छैन । अटो ट्यारिफहरू नयाँ पारस्परिक ट्यारिफहरूसँग थपिने छैनन्, जुन अप्रिल ५ देखि सुरु हुँदैछ । अझै बढी पाट्र्सहरू ट्यारिफ सूचीमा थपिन सक्ने सम्भावना छ, किनभने ह्वाइट हाउसले वाणिज्य विभागलाई ९० दिनभित्र घरेलु उत्पादकहरूलाई अन्य पार्ट्स आयातलाई निशाना बनाउन अनुरोध गर्ने प्रक्रिया स्थापना गर्न निर्देशन दिएको छ । नोटिसमा भनिएको छ कि यदि कुनै सवारीसाधन अमेरिकी–मेक्सिको–क्यानडा सम्झौताका उत्पत्तिको नियमअन्तर्गत योग्य हुन्छ भने आयातकर्ताहरूले आदेशको गैर–अमेरिकी सामग्रीमा मात्र २५ प्रतिशत शुल्क तिर्नुपर्नेछ ।
डेनमार्कमा टेस्लाको बिक्री ६५.६ प्रतिशतले घट्यो
काठमाडौं । टेस्लाको नयाँ कारहरूको बिक्री डेनमार्कमा मार्च महिनामा एक वर्षअघिको सोही महिनाको तुलनामा ६५.६ प्रतिशतले घटेर ५९३ गाडीमा पुगेको छ। मोबाइलिटी डेनमार्कको दर्ता डेटाले मंगलबार यस्तो देखाएको हो । मस्कको दक्षिणपन्थी गतिविधिहरूले गर्दा विभिन्न देशहरूमा टेस्ला कारहरूको बिक्रीमात्र घटेको छैन, तोडफोड तथा आगजनी पनि हुँदै आएको छ । इटालीको रोमस्थित सोमबार बिहान टेस्ला डिलरशिपमा भएको आगलागीमा परी १७ वटा गाडीहरू जलेर नष्ट भएका छन् । इटालीको विशेष प्रहरी इकाई डिजोसले यस घटनाको अनुसन्धान गरिरहेको छ । प्रविधि व्यवसायी तथा सोशल मिडिया प्लेटफर्म एक्स (पूरानो ट्वीटर) का मालिक मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग आबद्ध भएका छन् र उनले युरोपका दक्षिणपन्थी दलहरूको समर्थन गरिरहेका छन् ।
बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंकलाई अवार्डैअवार्ड
काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ । यसैगरी, लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे । नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यसअनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्डले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गर्यो । त्यसैगरी, चितवनको डिलर युरो अटो ग्रिनले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्सले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरे ।