एकैदिन तोलामा २ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ५ रुपैयाँमा कारोबार भइरहेको थियो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

माघ ४ देखि काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स प्रा.लि. र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि. (इ.टि.एस.पि..एल) को संयुक्त आयोजनामा मेला हुन लोगेको हो । मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनकाअनुसार फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी कोशेढुंगा सावित हुँदै आएको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरुको उल्लेखनीय सहभागिता रहने बताए । १० औं संस्करणमा धेरै नयाँ प्रविधी र सामग्रीका प्रदर्शनी रहने बताए । अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउने जानकारी दिए । १० औं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहने जानकारी दिऐ । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । ‘माघको ४,५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्निचर एक्स्पो हुँदैछ । यो हाम्रो वार्षिक कार्यक्रममध्येको एक हो । हामी अब नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण गर्न गइरहेका छौँ’, उनले भने । प्रदर्शनीमा घर बनाउन चाहने आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताए । प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने विश्वास व्यक्त गरे । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने प्रवन्ध निर्देशक भट्टराईले बताए । प्रदर्शनीमा घर सजावटलाई चाहिने सामग्रीहरु पनि राखिने जानकारी दिए ।

फोटोनको माउन्टेन ईभी भ्यान नेपालगञ्जमा पनि किन्न पाइने, खुल्यो शोरूम

नेपालगञ्ज । भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान नेपालगन्ज पुगेको छ । फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो माउन्टेन ईभी भ्यानको अनावरण गरेको हो । विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ किलोवाट आवर ब्याट्री रहेको छ भने ३०० किमीसम्मको रेन्ज प्रदान गर्दछ । उद्घाटनको अवसरमा फोटोन नेपालले ३ दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गरेको छ । फोटोन नेपालले सुर्खेत रोड, मिलननगरमा नयाँ शोरुमको पनि उद्घाटन पनि गरेको छ । ग्राहकको सुविधा र सहायता अझ बढाउनका सञ्चालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको छ । माउन्टेन ईभी भ्यान नेपालगञ्जजस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लिट र कर्मचारी सटलसहित विभिन्न कार्यमा प्रयोगको लागि उपयुक्त छ। १४-१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्दछ । माउन्टेन ईभी भ्यानमा अटो होल्ड नियन्त्रण, स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण, दुई ड्राइभिङ मोड, आर१६ टिकाउ टायर जस्ता फिचर छन् । असाधारण पुलिङ पावर, विस्तारित रेन्ज र उच्च स्तरका विशेषताका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गरेको फोटोनका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले जनाएको छ । नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारीमा सन् २०१४ देखि कार्यरत एमएडब्लू वृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालित छ । एमएडब्लू वृद्धिले नेपालमा फोटोनसँगै सोकोन, सेरेस, नामी र चांगनजस्ता ब्रान्डका सवारी र पाटपुर्जा उपलब्ध गराउँदै आएको छ ।