शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित
काठमाडौं । शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको छ । यहि भाद्र ८ गते काठमाडौंमा ग्रोथ सेलर द्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ र शिवम सिमेन्ट्सका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल इनडिभ्युजल सेल्स एक्सीलेन्स अर्वाड २०२३ बाट सम्मानित हुनु भएका हुन् । यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ भने त्यस्तैे बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो
टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा आयो फेस्टिभल अफर
काठमाडौं । इटालियन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्पले आइतबारबाट लागू हुने गरी प्रि–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ । टारो ब्रान्डका हाल नेपाली बजारमा तीन भेरिएन्टका मोटरसाइकल र दुई भेरिएन्टका स्कुटर रहेका छन् । आकर्षक लुक्स र फिचरमा उपलब्ध यी ब्रान्डका बाइक तथा स्कुटर प्रतिस्पर्धी मूल्यमै उपलब्ध रहेका कम्पनीको भनाइ छ । गत साल कोभिडको दौरान नेपाल भित्रिएको सो ब्रान्डले कोभिड र त्यसपछिको आर्थिक मन्दीको सामना गर्दै यो सेगमेन्ट अन्तर्गतका आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिँदै आएको छ । यसै सोच अनुरुप कम्पनीले यस पालिको महान चाडको अवसरमा आफ्ना वाइक तथा स्कुटरमा ‘रेभ अप याेर सेभिगं विथ टाराे’ नामक अफर सञ्चालनमा ल्याएको बताएको छ । यस अन्तर्गत ग्राहकहरुले २० हजार देखि ६० हजार सम्म मोडल हेरी सिधै छुट पाउन सक्नेछन् । साथै फाइनान्स तथा एक्सचेन्ज गरी नयाँ वाइक तथा स्कुटर खरिद गर्न चाहने उपत्यका भित्रका ग्राहकहरुको निमित्त ५ प्रतिशत ब्याजदरमै १८ महिने किस्ताको सुविधाको साथ आफूलाई मन परेको टारो ब्रान्डको बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । सो फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि ‘तपाईंको बजार’ सँग सम्झौता गरेको बताएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ ।