धादिङको तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

धादिङ । धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ । लामा भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन ।’ एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । ‘सुरुका वर्ष केही बोटमा मात्रै फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन । यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको छ । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ’, लामाले विकटको समस्या सुनाए । हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए । लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाउनुभएको छ । समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ । भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो चार सय रुपैयाँको हाराहारीमा छ । तर लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा एक सय ५० मा दिइरहेका छन् । एक सय ५० रुपैयाँ किलोले नै हिसाब गर्ने हो भने पनि नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ । कानुन विषय पढेका लामा अहिले पनि एउटा गैरसरकारी संस्थामा जागिर गर्छन् । आफू बच्चा हुँदा घरमुनि करेसामा दुई बोट स्याउ बेस्सरी फलेको देखेको र अहिले त्यसैगरी स्याउ फलाउने रहरले लामाले दिदी प्रविना माया लामा, आमा नेमारानी लामा र भाइ योहान लामाको सहयोगमा स्याउ लगाएका हुन् । माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ । ‘हामी सानो छँदा घरमा दुई बोट थियो । धेरै फल्थ्यो । गाउँभरिका मान्छेलाई खान पुग्थ्यो । मुस्ताङ घुम्न गएको बेला त्यहाँ फलेको देखेँ । जागिरको सिलसिलामा ठाउँ–ठाउँमा पुग्दा पनि स्याउ फलेको देखेँ । जागिरबाट एक महिनाको छुट्टी मिलाएर प्राविधिकको सल्लाहअनुसार मुस्ताङको मार्फाबाट एक सय २० का दरले बिरुवा ल्याएर लगाएँ’, लामा भन्छन्, ‘आमा र दिदीले नियमित हेरचाह गर्नुहुन्छ, अहिले पनि स्याउको बोट गोडमेल र छाँटकाँट गर्न वर्षमा तीन/चारपटक दाजुभाइ नै गाउँ आउने गरेका छौँ ।’ फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् । स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति रु दुई सयमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ । लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग उनको माग छ । स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो । धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ । रासस

जस्मिन पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै ल्यायो विशेष अफर

काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्वहरुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले २०८० भाद्र १ गाते देखि २०८० मंसिर १५ गते सम्मका लागि ग्राहक लक्षित रंगिन पल खुशी डबल ग्राहक उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरु बाट कम्तिमा ७५ हजार भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिद गर्नु पर्ने खरिदा गर्दा एक लक्की ड्र कुपन प्राप्त हुने छ । लक्की ड्र कुपन प्राप्त गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत विभिनन उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । जस अन्तर्गत ४०० जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। जस अन्तर्गत १ जनाले यामाहा रे जेट स्कुटर , ७ जनाले रेडमी १२ स्मार्ट मोबाईल फोन, २० जनाले एक्यु फिट स्मार्ट वाच,  ४५ जनाले डिएचआइ २.८ लिटर इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताको प्रत्यक्ष प्रसारण मार्फत घोषणा लक्की ड्र कार्यक्रम हुने छ । कम्पनीले ३० बर्षदेखि नेपाली मनको नेपाली रङ्ग भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ।

स्वीच अनको नयाँ शोरूम गठ्ठाघरमा, अत्याधुनिक इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध

काठमाडौं । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्वीचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेट सुरु गरेको छ । सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स)ले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका हुन । स्वीचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु रहेको कम्पनीले जनाएको छ । नक्साल, काठमाडौँमा रहेको स्वीचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरूको लागि लोकप्रियता पाएको छ । ग्राहकहरूलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकोले यो आउट्लेटले आफ्नो लोकप्रियता कायम राखेको कम्पनीको भनाई छ । ‘स्वीचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ’, हिम इलेकट्रोनिक्सकी निर्देशिक सीमा गोल्छाले भनिन् । स्वीचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ, जाहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिज, बल्ब जस्ता विद्युतीय वस्तुहरू पाईनेछ । अत्याधुनिक इलेक्ट्रोनिक्स र स्टाइलिश घडीहरू सहित, नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभव दिने बताइएको छ ।