प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर ९३ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार १३५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा, आत्मनिर्भर पनि भइने

काठमाडौं । अब बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा पाइने भएको छ । बजाजको एकमात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजनाअन्तर्गत उक्त अफर दिने भएको हो । ‘यसपालीको चाड, उपहारसंगै स्वरोजगार’ नामक यो योजना अन्तर्गत बजाजको म्याक्सिमा सी (सामान बोक्ने अटो) वा बजाज आरई बीएस६ (मान्छे बोक्ने अटो) किन्दा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ एफ२२ स्मार्ट फोन पाइने छ । ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ, उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो, यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाजको म्याक्सिमा सी वा बजाज आरई बीएस६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।’ हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जानकारी गराएको छ ।

अब ३० मिनेटमै बाइक वा स्कुटर किन्न सकिने, यामाहाले ल्यायो ह्याट्रिक योजना

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ । कम्पनीले दशैं(तिहार र छठ, २०७९ लाई लक्षित गर्दै विभिन्न योजनाहरु ल्याएको हो । भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागु हुनेछ । कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् । यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ । कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छ । ‘चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं, र, आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ,’ उत्साहित हुँदै यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी गराएको छ ।