साथीमार्टले असोज १५ गतेदेखि फ्रेन्चाइज नदिने
काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको साथीमार्टका संस्थापक सीईओ सागर पोख्रेलले बताए । यसका साथै मार्टले प्रविधिको विकास, हप्ताको सातै दिन र २४ सै घण्टा सहयोग गर्ने, सप्लाइ चेनको व्यवस्थापन, स्टोर सेटअप र त्यसको व्यवस्थापनका लागि सहयोग गर्ने र अन्य नयाँ योजनाहरु लागू गर्ने पनि बताएको छ । नेपालमा पहिलोपटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इ-कमर्स सञ्चालन गर्ने साथीमार्टले देशैभर सेवा विस्तार गरेको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई(कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ । नेपालमा ३० भन्दा बढी जिल्ला र ६० भन्दा धेरै सहरमा साथीमार्टको १०८ फ्रेन्चाइज सञ्चालनमा छन् । त्यस्तै, काठमाडौ, इटहरी, विर्तामोड र बुटवलमा वायरहाउस रहेको छ, र चितवन र धनगढीमा छिट्टै सञ्चालन गर्ने योजना रहेको छ । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक
काठमाडौं । एनसेल आजियाटाले आठौं संविधानदिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर ल्याउने भएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदालिन कम्पनीले जनाएको छ । यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले यी प्याकहरु आइतबार देखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्म मात्र लिन पाउनेछन् । ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिनअर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् । एनसेलबाहेक अन्य सेवाप्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याकलिन सक्छन् । यस प्याकमापाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ । संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकमा ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।
राजधानीमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ शुरु
काठमाडौंं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी शनिबारदेखि राजधानीमा शुरु भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शनिबार ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने आर्थिक तथा व्यापारीकलगायतका गतिविधिमा संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने बताए । प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको पनि उनले बताए । दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उनले बताए । पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत शाहले प्रदर्शनीले दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताए । आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि प्रदर्शनी फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए । पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उनले प्रदर्शनीमार्फत दुबै देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा उनले व्यक्त गरे । यस्तो प्रदर्शनीले दुबै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले विगत छ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताए । आगामी असोज ६ गते विहीबारसम्म चल्ने पाकिस्तान र नेपाल मैत्री व्यापार प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ । दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न प्रदर्शनीले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । कार्यक्रमलाई भब्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर, भेन्यू प्रोभाइडरमा डिइसीसी, डिजीटल पार्टनरमा एडीएसलगायतले कार्यक्रमको शोभा बढाउने छन् । काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । आगामी बिहीबारसम्म चल्ने प्रदर्शनीमा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहेको छ । व्यापार प्रबद्र्घनका लागि अतिथि राष्ट्रहरूमा भारत र बङ्गलादेशका स्टलहरू पनि रहेका छन् । यसपटक प्रदर्शनीको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहेको आयोजक पक्षले जानकारी दिएको छ ।