पानी शुद्धिकरणका लागि केन्ट प्रयोग गरौं, नेपालमा हाम्रो प्रतिस्पर्धी नै छैन : प्रदिप भण्डारी
नेपालमा पानी शुद्धिकरण गर्ने परिचित ब्राण्ड हो केन्ट । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्टलाई बिक्री गर्दै आएको छ । पानी शुद्धिकरणका लागि परिचित केन्ट पछिल्लो समय लोकप्रिय ब्राण्डका रुपमा नेपालमा उपभोक्ताले खरिद गरिरहेका छन् । कम्पनीले दशैं तिहारको अवसर पारेर विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले गर्दै आएको काम कारवाही, पानी शुद्धिकरणको आवश्यकता र कम्पनीको विजनेसको विषयमा विकासन्युजका लागि सीआर भण्डारीले केन्टका डेपुटी म्यानेजर प्रदिप भट्टराईसँग कुराकानी गरेका छन् । केन्ट भनेको के हो ? केन्ट पानी शुद्धिकरण गर्ने मेसिनलाई उत्पादन गर्ने कम्पनी हो । केन्टका मेसिनहरुले विभिन्न पानीको स्रोतलाई शुद्धिकरण गर्छ । इनार, बोरिङ लगायतको पानीलाई सप्लाइ गरेर पानी शुद्धिकरण गर्ने मेसिन केन्ट हो । काठमाडौंको सुन्दरी जलमा खोलाको पानी आउँछ । खोलाको पानी र जमीन मुनि रहेको पानी फरक हुन्छ । खोलाबाट आउने पानी सफ्ट र नर्मल हुन्छ । खोलाबाट आएको पानीलाई टोटल डिजेल सोलिड (टिडीएस) लेभल काउण्ट गरिएको हुन्छ । पानीमा केमिकलहरु घुलेको हुन्छ । यस्तै, अशुद्ध पानीलाई शतप्रतिशत सफा र स्वस्थ बनाउने काम केन्टका मेसिनहरुले गर्छ । नेपाली बजारमा केन्ट कहिलेदेखि आएको हो ? नेपाली बजारमा केन्ट १८/२० वर्षअघि आएको हो । चौधरी ग्रुपले केन्टको आयात सुरु गरेको ७ वर्ष भयो । यो भारतीय प्रशिद्ध ब्राण्ड हो । भारतबाट नेपालमा चौधरी ग्रुपले आयात गर्ने र बिक्री वितरण गर्ने काम गरिरहेको छ । नेपालमा सिजी ईओएलबाट केन्टका उत्पादित वस्तुहरु बिक्री वितरण भइरहेका छन् । बजारमा केन्टको ब्यापार कस्तो छ ? पानी शुद्धिकरण गर्ने विभिन्न क्याटागोरीवाइज छन् । एउटा ब्राण्डेड कम्पनी र अर्काे लोकल नन–ब्राण्डेड कम्पनी रहेका छन् । ब्राण्डेड कम्पनीहरुमा पनि २÷३ वटा ब्राण्डहरु छन् । ब्राण्डमा मार्केट सेयरको हिसावले हामीले ९० प्रतिशत कभर गरिरहेका छौं । पानी शुद्धिकरण गर्ने मेसिन बिक्री वितरणको हिसावमा नेपाली बजारमा ६० प्रतिशत केन्टको छ । ब्राण्डका हिसावले ९० प्रतिशत केन्ट र १० प्रतिशत अन्य कम्पनी छन् । बिक्री वितरणमा ६० प्रतिशत केन्ट र बाँकी अन्य कम्पनी छन् । केटको उपस्थिति अहिलेसम्म कति जिल्लामा छ ? पहिला हामीले कम जिल्लामा मात्रै बिक्री वितरण गरेका थियौं । बिक्री गर्ने कम्पनीले प्रडक्टका बारेमा सर्वसाधारणलाई बुझाउनु पर्ने देखिएको छ । सर्वसाधारणमा सचेतना कम छ । सर्वधासारणलाई पानी शुद्धिकरणका बारेमा जानकारी नै छैन । विस्तार विस्तारै ग्राहकले शुद्ध पानी र केन्टका प्रडक्टका बारेमा बुझ्दै हुनुहुन्छ । पूर्वका मुख्य सहरहरु विराटनगर, झापा, इटहरी, २ नम्बर प्रदेशका मुख्य सहरहरु, अन्य प्रदेशका पनि मुख्य–मुख्य सहरहरुमा केन्टका पानी शुद्धिकरण गर्ने मेसिनहरु उपलब्ध छन् । केन्टको मुख्य बजार भनेको सहरी क्षेत्र हो । पहाडी जिल्लाहरुमा भने बिक्री वितरण कम हुने गरेको छ । किनभने पहाडी जिल्लामा मुलको पानी बढी प्रयोग गर्छन । विस्तारै केन्टको पानी शुद्धिकरण गर्ने मेसिनलाई ग्रामीण भेगमा पनि पुर्याउने तयारी छ । अहिले हामीले ग्राभिटी वेसको प्रविधि ल्याएका छौं । गाउँमा पनि सबैको घर–घरमा जडान गर्न सकिन्छ । पानी शुद्धिकरण गर्ने मेसिनप्रति आम सर्वसाधारणको चासो कस्तो छ ? जसले पानी शुसद्धकरण गरेर खानुपर्छ भन्ने बुझेको छ, उहाँहरुले खरिद गरिहनु भएको छ । उहाँहरुका लागि आवश्यक पनि छ । विदेश बसेका मान्छेहरु बाहिरतिर देखेको हुँदा उहाँहरुले किन्नु हुन्छ । उहाँहरुलाई बुझाउन समस्या छैन । नेपालमा सबैन्दा मुख्य समस्या भनेको सचेतना बढाउन पर्नेछ । पानी शुद्धिकरण सम्बन्धी सरकारी निकायबाट नै काम गर्न सकियो भने सहज हुने देखिन्छ । स्थानीय तहको सहयोग भयो भने पानी शुद्धिकरण गर्ने मेसिन बिक्री र ब्यापारभन्दा पनि सर्वसाधारण जनताहरुलाई शुद्ध पानी खुवाउनु पर्ने अधिकारको कुरा पनि हो । त्यसपछि मात्रै ब्यापार विजनेशमा फोकस गर्ने हो । सचेतना फैलाउन तपाईंहरुले केही कार्यक्रम गर्नु भएको छ ? शुद्ध पानी पिउनु पर्छ भनेर विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छौं । भाटभटेनीमा काउण्टर राखेर जानकारी दिने गरिरहेका हुन्छौं । यस्तै, अनलाइन क्याम्पेन, धेरै कार्यक्रम वर्षभरि नै गरिरहेका हुन्छौं । बिक्री वितरणका लागि भएपनि घरघरमा गएर शुद्ध पानी पिउनुपर्छ भनिरहेका हुन्छौं । यस्तै, उहाँहरुको गाउँमा गएर पानी जाँच गराउने काम पनि हामीले गर्छाैं । जाँच गरेपछि त्यो पानीको लागि कुन मेसिन आवश्यक पर्छ भनेर जानकारी पनि दिने गरेका हुन्छौं । सर्वसाधारणले यो प्रडक्ट खरिद गर्नु पर्दा कतिसम्म लागत पर्छ ? सबैभन्दा राम्रो फिल्टरको मूल्य २५/३० हजार रुपैयाँ छ । २५/३० हजार रुपैयाँ पर्ने पानी शुद्धिकरण मेसिनका लागि मानिसहरु धेरै सोच्नुहुन्छ । हामीले उहाँहरुलाई यो स्वास्थ्यसँग सम्बन्धित प्रडक्ट हो भनेर बुझाउनु परेको छ । ४÷५ जना एउटा परिवारलाई २५ हजार रुपैयाँ हिसाव गर्ने हो भने एक व्यक्तिलाई ५ हजार रुपैयाँ मात्रै पर्न जान्छ । यो खर्च भनेको वर्ष भरिको हुन्छ । पानी शुद्धिकरण मेसिनमा २५ हजार रुपैयाँ लगानी गरेर ‘माइन्ड सेट’ हुनु पर्याे की म शुद्ध पानी पिउँछु । मान्छेलाई २५ हजार रुपैयाँ भन्दा बढीको टिभी, मोबाइल खरिद गर्न केही समस्या छैन । तर, शुद्ध खानेपानीलाई भने हाम्रो पुर्खाले यहि पानी खाएर चल्यो भन्ने जस्ता कुरा पनि गर्नुहुन्छ । खरिद गर्दाखेरि म शुद्ध पानी पिउँछु भनेर माइन्डमा सेट गर्नुपर्छ । कर्पाेरेट हाउस, विद्यालय लगायत बढी भिडभाड हुने ठाउँमा केन्ट राख्न जोड दिनु भएको छ की छैन् ? हामीले विद्यालय, कमर्सियल कर्पाेरेट हाउस, कर्पाेरेट संस्थालाई खरिद गर्न जोड दिएका छौं । हामीले डिलरहरुलाई बिक्री वितरण गर्ने काम गरिरहेका हुन्छौं ।डिलरहरुले भने यस्ता संस्थाहरुमा बिक्री वितरणका लागिसबै च्यानल मिलाएको हुन्छ । साथै, सिजीको बिटुबी सेल्सबाट पनि बिक्री वितरण भइरहेको छ । केन्टको वार्षिक कारोबार कति हुन्छ, कुन सिजनमा बढी बिक्री हुन्छ ? हामीले केन्ट आरओ सिस्टमका वार्षिक १८ हजार पिस बिक्री गर्छाै । जाडो याममा अलि कम बिक्री हुन्छ । जाडो समयमा धेरै फरक नपरे पनि अलिक कम हुन्छ । थोरै कम मात्रै बिक्री हुने हो । गर्मी सिजनमा पानी बढी पिउने भएकाले बढि गर्मी याममा भने बढी बिक्री हुन्छ । दशैं तिहार लगायत चाडपर्वमा कस्ता अफरहरु ल्याउनु भएको छ ? नेपालीहरुको महान पर्वको अवसर पारेर दशैं, तिहार, छठ पर्वमा एउटा केन्टको आरओ वाटर प्युरिफाइड किन्दाखेरि सिजि इलेक्ट्रिक १.८ लिटर दिने गरेका छौं । जसमा डेलिभरि, सर्भिसलगायतका सेवा निःशुल्क छ । एक वर्षसम्म सर्भिस पनि प्रोभाइड गरेका छौं । यस्तै, हामीले फिल्टरहरुमा एक वर्षको ग्यारेन्टी र अन्य सर्भिस पनि निशुल्क दिएका छौं । नेपाली बजारमा केन्टको प्रतिस्पर्धी को हो ? नेपाली बजारमा लिभप्युोर कम्पनीका मेसिन पनि बिक्री वितरण भइरहेका छन् । लिभप्योरलाई हामीले केन्टको प्रतिस्पर्धी मानेका छैनौं । भारतमा ब्राण्ड, गुणस्तरियताको हिसावले लिभप्युोरको राम्रो बजार रहेको छ । तर, नेपाली बजारमा लिभप्युोर भन्दा केन्ट धेरै अगाडी छ । हामीले १८ सय पिस बिक्री गर्छाै भने उनीहरुले २/३ सय पिस मात्रै बिक्री गरिरहेका छन् । यसलाई प्रतिस्पर्धा भन्न नै मिल्दैन । प्रतिस्पर्धा हुनका लागि हामी बराबर जसले गर्न सक्छ, त्यो नै प्रतिस्पर्धा हो । प्रतिस्पर्धाका लागि नेपाली बजारमा केन्टसँग तुलना गर्ने कुनै ब्राण्ड छैन । ब्राण्डका लागि हामी बजारमा एकल हो । पानी शुद्धिकरण गर्ने मेसिनका लागि कति विद्युत आवश्यक पर्छ ? मेसिनलाई सिधैं धारमा जोड्ने हो । धारामा जोडेपछि सात वटा चरणमा फिल्टर हुन्छ । शुद्ध पानी भएपछि स्टोरेज ट्यांकिमा जम्मा हुन्छ । यदि त्यो पानी एक सय प्रतिशत पिउन योग्य छैन भने पानी अटोमेटिक बन्द हुन्छ । ८ लिटरको स्टोरेज ट्यांकि हुन्छ । प्रतिघण्टा ६० वाट विद्युत खपत हुन्छ । यदि कहिलेकाँही लोडसेडिङ भयो भनेपनि ८ लिटरको स्टोरेज ट्यांकिमा पानी जम्मा हुन्छ । ८ लिटर पानी २५/३० मिनेटमा शुद्ध बनाउँछ । घरायसी प्रयोगका लागि प्रतिघण्टा २० लिटर पानी शुद्ध गर्छ । सरकारले खानेपानीमा कर लिँदैन । यसमा कर छुट दिएको छ ।अब गुणस्तरियतामा ध्यान दिनु पर्ने हुन्छ । बजारमायस्तै मोडलका सस्तो मूल्यमा अन्य मेसिन पनि पाइन्छन् । सस्तो प्रयोग गर्ने भन्दा पनि स्वास्थ्यसँग सम्वन्धित भएको हुनाले राम्रो क्वालिटीको प्रयोग गर्नुपर्छ । स्थानीय तहसँग समन्वय गरेर जाने हो भने सर्वसाधारणमा छिटो पुग्न सकिन्छ । नेपालको कतिपय ठाउँमा पानी नै नपाउने गाउँहरु छन् । त्यहाँ फिल्टरको कुरा त परको हो । जहाँ पानी प्रयाप्त छ त्यहाँको लागि स्थानीय तहले विद्यालय, कलेज, मन्टेस्वरी, सहकारी संस्था, अन्य अफिसमा यस्ता मेसिन प्रयोग गर्न सकिन्छ । केन्टका मेसिनहरुले १ सय प्रतिशत सुरक्षित, स्वस्थ र शुद्ध पानी दिन्छ । दशैं तिहारलाई लक्षित गरीएउटा आरोह किन्दा सिजीको १.८ लिटरको इलेक्ट्रिकल केटल दिइरहेका छौं । इलेक्ट्रिकल केटलको मूल्य १ हजार २० रुपैयाँ रहेको छ । यसपछि हामीले भेज प्यूरिफायरको बिक्री वितरण गर्ने तयारीमा छौं । यसलाई भेजिटेबल क्लिनर भन्छ ।त्यसको काम भनेको फलफूल, तरकारीमा भएको विषादी निकाल्ने हो । जस्तै,एउटा बकेटमा एक केजी स्याउ राख्यौ भने सबै केमिकलहरु फालेर स्वस्थ बनाउँछ । यस्तै, हावा शुद्धिकरण गर्ने मेसिन बिक्री वितरण गर्ने तयारीमा छौं । हावा अशुद्ध छ भने त्यसलाई शुद्ध गर्नका लागि यो मेसिन ल्याएका हौं । चिकित्सकहरुले रिफर गरेका मुटु रोगी, दमका विरामीलाई ल्याइएको हो । एउटा कोठामा धेरै पोलुसन हुन्छ । त्यो मेसिन कोठामा राख्यो भने पुरा सफा गरिदिन्छ । फोहोर हावा जति तान्छ,स्वच्छ हावालाई प्रवाह गर्छ । सेनिटाइजर डिस्पेन्सस भन्ने छ । त्यो पनि केन्ट ब्राण्डको रहेको छ । कोरोना लागेपछि सेनिटाइजर हालेर सेन्सरबाट हाथ थाम्यो भनेर अटोमेटिक आउँछ । सरकारी निकायहरुले के गर्दा तपाईंहरुलाई सहज हुन्छ ? हरेक स्थानीय तहले शुद्ध पानी पिउनु पर्छ भनेर सचेतना फैलाए हुन्छ । केही प्रतिशत निजीकम्पनीले पनि गरिरहेका छन् । यसलाई अझै बढाउनु पर्ने छ । सरकारी क्षेत्रले पनि शुद्ध पानी पिउनु पर्छ भनेर बेलाबेला सचेतना फैलाउनु पर्ने जरुरी छ । शुद्ध पानीका लागि विभिन्न विकल्पहरु छन् । यहि ब्राण्डको मेसिन प्रयोग गर भन्न नसकेपनि अन्य ब्राण्ड प्रयोग गर्न सकिन्छ । अहिलेसम्म सरकारले पानी उमालेर मात्रै पिउने भनेको छ । अस्पतालमा गएपनि उमालेको पानी पिउनु भन्छ । पानी उमालेर खाँदा पानीमा भएको मिनिरल कम हुन्छ । यस्तै, पानीमा कलर हुन्छन् । जस्तै चिया उमाल्दा थोरै चियापत्ति हाल्दा पनि जति उमाल्यो त्यति धेरै गाडा हुँदै जान्छ । यो भनेको केमिकल हो । यसले तत्काल असर नगरेपनि दीर्घकालमा असर गर्छ । यसलाई सरकारी क्षेत्रबाट पानी उमालेर खानुभन्दा शुद्ध पानी पिऔं भनेर सचेतना दिनुपर्याे । पानीमा फिजिकल, केमिकल, माइक्रोबायोलिजकल हुने भएकाले शुद्ध पानी पिउनु पर्याे भनेर जानकारी दिनु पर्याे । आगामी दिनमा कसरी जाने योजना बनाउनु भएको छ ? अहिले हाम्रो दशैं स्कीम चलिरहेको छ । दशैं स्कीमपछि एउटा स्कीम लन्च गर्ने तयारीमा छौं । हामीले कहिले काहीँ रोड सो, रिक्सा सो पनि गर्छाै । रिक्सालाई ब्राण्डिङ गरेर,सञ्चार माध्यममा पनि सूचना दिइरहेका छौं । अनलाइन क्याम्पेन त भारत र नेपाल दुवै ठाउँबाट भइरहेका छन् । दशैं तिहार सकिएपछि अन्य योजना ल्याउने तयारी छ ।
असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट हुने
काठमाडौं । नेपालमै पहिलोपटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ (एनएचजीएस) आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता समिट हुने भएकाे हाे । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीटको आयोजना गर्न लागेका हुन् । ताहाचलस्थित होटल सोल्टीमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ । नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण हुने आयाेजकले जनाएकाे छ । आयाेजककाे अनुसाार सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन गर्ने सम्मेलनकाे मुख्य उद्देश्य रहेकाे छ । त्यस्तै, नेपालमा हरित अमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने, अन्तराष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी दिने आयोजकले जानकारी दिएकाे छ । हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु मैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने, उर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने उद्देश्य सहित नेपाल ग्रीन हाइड्रोजन समिट गर्न लागिएकाे बताइएकाे छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रुपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले जल विद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
मंगलम् पाइप्सका कर्मचारीले पाए टिभीदेखि ४ तोलासम्मको सुन
काठमाडौं । नेपालको सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार दिउँसो ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो । अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ । कार्यकममा उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो । कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याब अनुसार ३२ इन्चको स्मार्ट टिभि १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई, पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको थियो । कार्यक्रममा मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरेका थिए ।