शुक्रबार सुनको भाउ बढेर एक लाख दुई हजार रुपैयाँ पुग्यो

काठमाडौं । सुनको भाउ शुक्रबार पनि बढेको छ । प्रतितोला ५०० रुपैयाँ बढेर सुन एक लाख दुई हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख १५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर चाँदी आज एक हजार ४१५ रुपैयाँमा पुगेकोमहासंघले जनाएको छ । स

नयाँ वर्षमा फेवा सडक महोत्सव हुने

पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्न वैशाख १ गते १७औं फेवा सडक महोत्सव हुने भएको छ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि वैशाख १ गतेसम्म १७औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो । कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुन:उत्थानको लागि सडक महोत्सव गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए । पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक पर्यटन आउने उनले बताए । त्यस्तै,होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताए । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरू आफैंले पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताए । महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुति,ख्याती प्राप्त कलाकार प्रस्तुति र हास्यव्यङ्ग्यसमेत हुनेछ ।

सुनको मूल्य ५०० रुपैयाँ बढेर प्रतितोला ९९ हजारमा कारोबार

काठमाडौं । लगातार घटेको सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ बढेको छ । बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९९ हजार कायम भएको हो । त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस एक हजार ९२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।