कस्पेटको भ्वाइस कल गर्न मिल्ने स्मार्ट वाचहरू नेपाली बजारमा
काठमाडौं । कस्पेटको आधिकारिक बिक्रेता कम्पनी क्रोमा टेक्नोलोजी ले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरू लन्च गरेको छ । कम्पनीले नेपाली बजारमा भ्वाइस कल गर्न सकिने स्मार्टवाच ल्याएको हो । क्रोमाले कस्पेट ट्यांक एम-१ र कस्पेट म्याजिक थ्रीएस गरी दुई मोडलका वाचहरू बजारमा ल्याएको हो । यी दुबै स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएको कम्पनीले जनाएको छ । बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य ७ हजार ४९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम-१ को मूल्य ७ हजार १९९ रुपैयाँ तोकेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो
नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदी भाउ भने घटेको छ । छापावाल सुन आज प्रतितोला १०० रूपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि ११०० रूपैयाँ बढेर ९८ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।