न्यु कटुवाल ग्रील उद्योगद्वारा प्रहरीलाई निःशुल्क सुरक्षा सामाग्री हस्तान्तरण

काठमाडाैं । न्यु कटुवाल ग्रील उद्योगले महानगरिय प्रहरी बृत मालिगाउलाई सुरक्षा सामाग्री प्रदान गरेकाे छ । उद्योगले देशमा शान्ति सुरक्षा कायम गर्न र जनताको जिउधनको सुरक्षाको अग्रपंक्तिमा अहोरात्र खटिरहेका महानगरिय प्रहरी बृत मालिगाउलाई सुरक्षामा खटिदा आवश्यक पर्ने ब्यारिकेटर र सुरक्षा जाँच बोर्ड निःशुल्क प्रदान गरेकाे हाे । कटुवाल ग्रील उद्योगका प्रमुख मोहन कटुवालले मालिगाउ बृत प्रमुख डिएसपी खुमलाल भुसाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । सामान हस्तान्तरण गर्दै उद्योगका प्रमुख कटुवालले प्रहरी र जनता मिलेर मात्र समाजलाई सुरक्षित राख्न सकिने तथा प्रहरी र नागरिक एक अर्काका परिपूरक हुन भन्ने भावना जाग्रित गराउन सकिने भएकोले उद्याेगले उक्त सहयाेग गरेकाे हाे । उद्याेगले विगतका दिनदेखि प्रहरीलाई आवश्यक पर्ने उपकरणहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेकाे छ ।  उक्त अवसरमा कटुवालले जेष्ठ  नागरिकहरुको संरक्षण गर्दै आइरहेको लप्सी फेदिस्थित जेपि प्रतिस्ठानलाई कोरोनाको संक्रमणबाट बच्न प्रयोग गरिने हेन्ड बाँस स्टेसन निशुल्क प्रदान गरेका छन् । उक्त सामानहरु ग्रहण गर्दै मालीगाउँ बृत प्रमुख डिएसपीले कटुवाल ग्रील उद्याेगबाट प्राप्त सामाग्रीहरुको प्रयोगवाट शान्ती सुरक्षा प्रदान गर्न नल मद्धत पुग्नुका साथै समुसाय र प्रहरीबीचको निकटतम सम्बन्ध थप सुमधुर हुने बताए । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष समेत रहेका कटुवालले अनाथलय, बृद्दाआश्रम, कृयापुत्रीभवन, स्कुल मठमन्दिरमा आवस्यक सामाग्री तयार गरि निःशुल्क प्रदान गर्दै आएका छन् । सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा ३० वडाका वडाअध्यक्ष, सामुदायिक प्रहरी सेवाका अध्यक्ष सरोकार मन्च धोबिधाराका अध्यक्ष कमलपोखरी क्लबका अध्यक्ष एवम स्थानिय समाजसेवीहरुको उपाथिति रहेको थियो ।

मनकामना केवलकारको टिकट खल्ती एपबाटै किन्न सकिने

काठमाडौं । मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट डिजिटल वालेट एपबाट किन्न सक्ने भएका छन् । खल्तीले साेमबार शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हाे । खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकले मोबाइलमै इ-टिकट प्राप्त गर्नेछन् र त्यही टिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् । खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लामो लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुने कम्पनीले जनाएकाे छ । मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको र सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ ।

सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती

काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा, नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण के. शी. को उपस्थितीमा सम्पन्न भयो । म्याक सर्भमा ग्राहक महानुभावहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन् । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । उक्त वर्कशपमा ग्राहकले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन् । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।