ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङ्गको आर्मी व्यारेक परिसरमा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त एटिएम सेवा खड्गदल गन, लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर के.सी.ले उद्घाटन गरे । यस नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

एश इन्टिच्युड अफ म्यानेजमेन्टको ‘इन्फ्लु-एसर’ बन्याे फोन पे स्टुडेण्ट एम्बेस्डर्स

काठमाडाैं । नेपालको अग्रणी फिनटेक कम्पनी फोन पे ले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इन्फ्लु-एसरलाई ‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२० ’ को विजेता घोषणा गरेको छ । डिजिटल नेपालको प्रवद्र्धन गर्न नविन सोचका युवाहरुको खोजीको लागि पहिलो पटक विद्यार्थी लक्षित कार्यक्रम गरिएको थियो । यो विद्यार्थीहरुका लागि सिक्ने, सिकाउने र व्यबसायिक तथा व्यक्ति विकासको लागि एक प्लेटफर्म हो । यो कार्यक्रम ४ अगस्ट २०२० देखि २१ नेभेम्बर २०२० सम्म सञ्चालन भएको थियो । यस कार्यक्रम तीन चरणमा विभाजन गरि गरिएको थियो । ४ अगस्ट देखि ३१ अगस्ट अगस्टसम्म सञ्चालन भएको पहिलो चरणमा विद्यार्थीहरुले आवेदन फारमका साथै एउटा फोन पे सँग सम्बन्धित रचनात्मक भिडियो निर्माण गर्नुपर्ने थियो । पहिलो चरणमा काठमाडौका विभिन्न कलेजहरुबाट ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । दोस्रो चरणमा एम्बेस्डर छनौटका लागी शीर्ष १७ टोली छानिएका थिए । यस चरणमा सहभागीहरुले तीन महिनामा ब्राण्डको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । अगस्ट ९ देखि नोभेम्बर २१, २०२० सम्म एम्बेस्डरहरुले फिनटेकका परिदृश्यका साथै फोन पे का सबै सेवाहरुका विषयमा गंभिर ढंगले अध्ययन गरेका थिए । शिर्ष १० विद्यार्थी दुतहरुमा एश इन्टरनेशनल विजनेस स्कुलबाट ‘फ्रन्टरनर्स’,काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट ‘जानुस’ ,द ब्रिटिस कलेजबाट ‘एक सपना’, काठमाडौ कलेज अफ म्यानेजमेन्बाट ‘गार्नेट’, पुल्चोक इञ्जिनियरिङ कलेजबाट ‘निर्भया’, एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘एश मास्ट्रोस’,नेशनल कलेज अफ कम्प्युटर स्टटिजबाट ‘टाइटन्स् ’,हेराल्ड कलेज काठमाडौबाट ‘एक्स्होर्टस’,एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘प्रभाव पार्ने मान्छेहरु’,थेम्स् इज्न्टरनेशनल कलेजबाट ‘एनआइइ’ रहेका थिए । डिजिटल नेपालको विचार प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गपरएको यस कार्यक्रमको अवधिभर शिर्ष १० टिमले विभिन्न सामाजिक सञ्जालमा एक्टिभेसन कार्यक्रम सञ्चालन गरेका थिए । यस अवधिमा विद्यार्थीहरूलाई भिडियो निर्माण प्रतियोगितामा प्रतिश्पर्धा गर्ने अवशर दिइएको थियो । उनीहरुले फोन पे प्रयोग र यसले पुर्याउने फाइदाका विषयमा भिडियो निर्माण गरेका थिए । विजेता टिमले विगमार्टबाट प्रस्ताव गरिएको रू ५ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए । विजेता २० डिसेम्बर २०२० मा घोषित गरिएको थियो । काठमाडौ कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’ टोलि भिडियो पतियोगितामा विजेता बन्यो र उसले बिगमार्टको सपिङ भौचर जित्न सफल भयो । एस इन्स्टिच्युड अफ म्यानेजमेन्टले ६२,७०० पोइन्ट्स ल्याउँदै टाइटल उपाधि जित्न सफल भयो । यस्तै काठमाडौ कलेज अफ म्यानेजमेन्ट फस्ट रनरअप जित्न सफल भयो । यसैगरी एश इन्टिच्युडको टिम एश मास्ट्रोसले सेकेण्ड रनरअप जित्न सफल भयो ।

डिजिटल एजुकेसन आइसिटी अवार्ड बुढानीलकण्ठ स्कुललाई

काठमाडौं । नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बुढानिलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थालाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस एवं विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा रहेका थिए । नेपालकै सबैभन्दा ठुलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा थुप्रै चरणमा गरेको मूल्याङ्कनका आधारमा उक्त अवार्ड घोषणा गरेका थिए । यही पुस ११ गते होटल सोल्टी क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड घोषणा कार्यक्रममा अनलाइन शिक्षामा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरुप बूढानीलकण्ठ स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो । कोभिड १९ को महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७ वैशाख महिनाको आरम्भदेखि नै अनलाइन कक्षा सञ्चालन गरेको बुढानिलकण्ठ स्कुलले नेपाल टेलिकमसँगको सहकार्यमा प्रविधिका क्षेत्रमा आमूल परिवर्तन गरी विद्यालयलाई प्रविधिमैत्री बनाएको छ । स्कुलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्सको प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षा सञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ । नेपालका दूरदराजमा रहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामा समस्या नआओस् भन्ने उद्देश्यले अभिभावकको साथ, सहयोग तथा नेपाल टेलिकमको सहकार्यमा डाटा प्याकेज प्रदान गरेको छ । प्रविधिको उच्चतम प्रयोग गरी अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन स्कुलमा कार्यरत प्रत्येक शिक्षकलाई ल्यापटप र पेनट्याब प्रदान गर्नुका साथै स्कुल व्यवस्थापन सफ्टवेयरको पूर्ण रुपमा कार्यान्वयन गरी विद्यार्थीलाई नतिजा तथा मासिक शुल्कका बारेका जानकारी दिने मोबाइल एप्लिकेसनसमेत सञ्चालन गरेको छ ।