जाडो बढेसँगै बजारमा एलजी एसीको माग बढ्दो

काठमाडौं । पछिल्लो समय बजारमा एलजीको एसीको माग बढेको छ । अत्याधिक जाडो बढेसँगै बजारमा एलजी एसीको माग बढेको हो । एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । साथै, यस एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ । एलजी ब्राण्डका एसीमा डुएल इन्र्भटर रहेको छ । साथ साथै थ्रि एमप्रोटेक्सन फिल्टर रहेको छ, जसले अनावश्यक प्रदुषणहरु फिल्टर गर्दछ र हावामा रहेको धुलो कणहरु, हावामा रहेको एर्लजि हटाउछ र वातावरणलाई स्वस्थ्य पार्दछ । एजजीको एसीमा वातावरण मैत्रीआर ३२ ग्याँस रहेको छ, जसले कुशलतापूर्वक गर्मी प्रदान गर्छ साथै बिजुली खपत पनि कम गर्दछ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।

नमोबुद्धमा घुम्ती बाली शिविर, किसानहरुलाई रोगको पहिचान तथा उपचार विधिबारे ज्ञान प्रदान

नमोबुद्ध । काभ्रेको भकुण्डेबेशीमा घुम्ती बाली उपचार शिविर संचालन भएको छ । नमोबुद्ध नगरपालिकाका स्थानीय कृषकहरु उत्पादन गरेका तरकारी बालीमा देखिएका समस्याहरुको पहिचान गरी समस्याको निराकरण गर्ने उद्देश्यले घुम्ती बाली शिविर संचालन गरिएको हो । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भकुण्डे सेवा कार्यालयको आयोजनामा संचालित एक दिने निःशुल्क घुम्ती बाली उपचार शिविरमा स्थानीय किसानहरुले आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी तथा बालीहरुमा देखापरेका रोगको परिक्षण गराएका थिए । शिविरमा नमोबुद्ध नगरपालिकाको कानपुर, जोरसल्ला, दाप्चा, भकुण्डे, चरङ्गेफेदी, दाहालडाँडा, चरुवा, काफ्लेथोक लगायतका स्थानबाट ६० जना भन्दा बढी किसानहरुले बाली परिक्षण गराएका थिए । शिविरमा संकलित बाली तथा तरकारीहरुमा गोलभेठाको फलमा गभारो, काउलीमा लाई किरा, गोलभेडामा अगौटे डढुवा, टुटा, सुन्तलामा फल कुहाउने औंसा, प्याजमा डडुवा, आलुमा खुम्रे किराको प्रकोप जस्ता रोगहरु देखा परेको शिविरमा संलग्न कृषी प्राविधिकहरुले बताए । किसानहरुद्वारा उत्पादित काउली, स्कुस, लसुन, आलु, प्याज, गोलभेडा, सिमी, सुन्तला लगायतका तरकारी तथा फलफुलहरुको परिक्षण गरी किसानहरुलाई रोगका लक्षणहरु, रोकथामको उपायहरुका बारेमा जानकारी गराएको विन्धवासिनी साकोसका कृषी प्राविधिक सुनिल थापा मगरले जानकारी दिए । कृषी व्यासाय प्रववद्र्धनका लागि सहुलित दरमा कर्जा प्रवाह गर्दै आएको विन्धवासिनी साकोसले कृषी ब्यावसाय मार्फत आयआर्जन बृद्धि गरी किसानहरुको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरु संचालन गर्दै आएको विन्धवासिनी साकोस भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठले बताए । संस्थाका शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी यसै बर्षदेखी रोशी गाँउपालिकासंग समन्वय गरी ब्याज अनुदानमा कृषी कर्जा लगानी गरिएको कार्यालय ब्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

‘टारगेट नं. वान’ फिल्म पुस २१ गतेदेखि डिशहोमबाटै हेर्न पाइने, कति बजे ?

काठमाडौं । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुने भएको छ । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघरमा पुस २१ गतेदेखि उक्त फिल्म रिलिज हुने भएको हो । दर्शकहरुले यो चलचित्र पुस २१ गतेदेखि दैनिक ६ शो, बिहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् ।साथै, सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यासआईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।