फाइनाइन्समा पहिलाेपटक गोर्खाज फाइनाइन्सले ल्यायो भिजा डेबिट कार्ड
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ३०आाैं वार्षिकोत्सवका अवसरमा भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । संस्थाका अथ्यक्ष डेकिन्द्रकुमार राईले केन्द्रीय कार्यलय डिल्ली बजार काठमाडौंमा एक कार्यक्रमबीच भिजा डेबिट कार्डको उद्घाटन गरे । उक्त कार्यक्रममा गोर्खाज ग्रुपका अध्यक्ष पुरन्जन राई, उपाअध्यक्षद्वय यादवचन्द्र राई तथा टिकाराम सुनुवार, सञ्चालक कर्णबहादुर राई तथा कल्पना खापुङ्गलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकाे थियाे । रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीलगायतका ४३ जना रक्तदाताले रक्दातन गरेका थिए । गोर्खाज फाइनान्स भिजा डेबिट कार्ड सुरुवात गर्ने पहिलो फाइनाइन्स कम्पनी बनेको छ । गोर्खाज फाइनाइन्सको डेबिट कार्डमार्फत ग्राहकरूले भिजा एटिएमबाट सजिलै कारोबार गर्न सक्नेछन । हालसम्म गोर्खाज फाइनाइन्सको एटिएम सुविधा लिने करिब ६५ सय ग्राहक छन् । त्यसैगरी वार्षिकोत्सवकै अवसरमा संस्थाको नारायणनगढ शाखाबाट कात्तिक २४ गतेदेखि लकर सेवा पनि सञ्चालनमा ल्याएको छ । संस्थाको हालसम्म सातै प्रदेशमा २६ वटा शाखा रहेका छन् ।
मूल्यवृद्धि १ प्रतिशत घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मूल्यवृद्धि घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ प्रतिशत मूल्यवृद्धि घटेर ७.५० प्रतिशतमा झरेको हो । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ । यसैगरी खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो । यस्तै, असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ५.३० प्रतिशत, १.३२ प्रतिशत र २.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.३४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।
भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा !
मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । तिहार लक्षित बजार अनुगमनको क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पु¥याएको विभिन्न किसिमका भाइ मसलाका ‘प्याकेट’मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको उनले बताए । ‘तिहारमा प्रयोग हुने भाइ मसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, सुपारीलगायतका सामग्री फेला परेको छ’, उनले भने, ‘सचेत गराउँदा अटेर गरेर बिक्री गरेको पाइए सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौँ ।’ व्यापारको मौका छोपेर व्यापारीले गुणस्तरहीन सामान हालेर महँगोमा भाइ मसला बनाएर बिक्री गर्न थालेको पाइएपछि जिल्लामा अनुगमनमा कडाइ गरिएको छ । व्यापारीले त्यस्ता सामान किनबेच गर्दा बिलसमेत लिने दिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए । विभिन्न किसिमका सामान जम्मा गरेर आफैँले प्याकिङ गरिरहेकोसमेत फेला परेको उनले जानकारी दिए । तिहार लक्षित भाइ मसलाका सामान सदरमुकामका होलसेल पसलबाट गाउँगाउँमा समेत सप्लाइ भइसकेको हुनसक्ने भएकाले उपभोक्ता आफैँ सचेत रहन पनि आग्रह गरिएको छ ।