ओएलईडी टिभी ५५ प्रतिशत बढी बजार ओगट्न सफल
काठमाडौं । एलजी ओएलईडी टिभीले २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजारभन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ । मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको छ । परिचित ओएलईडी टिभी लिडरका रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा, ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको छ । साथै, एलजीले ओएलईडी टिभीको प्रतिष्ठालाई प्रिमिएम टिभी सेगमेन्टको शिखरमा राख्न सफल भएको कम्पनीले जनाएकाे छ। एलजी यसैमा सीमित नरही १ करोड टिभी युनिटको (ओएलईडी र एलसीडी आक्रमक बिक्री गर्न सफल भएको छ, फलस्वरूप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६.२ प्रतिशत सेयरको खुद नाफा हासिल गरेको छ । एलजीले आफ्नो प्रिमियम र अल्ट्रा–लार्ज डिस्प्लेका लागि रणनीतिक बजारीकरण सक्रियताका साथ अपनाउँदै आफ्नो भन्डारणको व्यवस्थापनलाई सुदृढ गर्दै र उच्चतम नाफाको लागि निरन्तर लागिरहेको छ र यो प्रतिबद्धताले उत्कृष्ट प्रतिफल हासिल गरिरहेको छ । कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३०५ नाफा एलजी ओएलईडीमार्फत प्राप्त गरिरहेको कम्पनीले जनाएको छ । २०२३ को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल ९ करोड २० लाख युनिट छ, जुन गत वर्षको पहिलो अर्धवार्षिक अवधिको कारोबारसँग तुलनात्मकरूपमा समान छ । एलजी जसले ओएलईडी टिभी सेगमेन्टमा केहि वर्षदेखि नेतृत्व गर्दै आएको छ, यस वर्षको अर्धवार्षिकसम्म मात्र एलजीले २० लाख युनिट बिक्रि गरेको छ जुन बाँकी अर्धवार्षिक अवधिको लागि पनि सकारात्मक रहनेछ । एलजी ओएलईडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको ९.३५ हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ । ओम्डियाले ओएलईडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा २ लाखभन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३ प्रतिशतसम्म बजार ओगट्ने प्रक्षेपण गरेको कम्पनीले जनाएको छ । आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको एलजीले ओएलईडी टिभीहरू विगत लामो समयदेखि नेपाली बजारमा पनि उपलब्ध गराइरहेको छ । ४२ इन्चदेखि ८३ इन्चसम्म उपलब्ध यी टिभीमा अहिले चलिरहेको क्रिकेट वर्ल्ड कपको मज्जा लिन उत्कृष्ट विकल्प रहेको कम्पनीको दाबी रहेको छ। नेपालभरि एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
मखमली मालाको उचित मूल्य नपाएकोमा व्यवसायी निराश
काठमाडौं । मखमली फूलको मालाको माग अत्याधिक भए पनि मूल्य नपाएको किसानहरुको गुनासो छ । भक्तपुरको गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् । यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ । एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरुले बताए । गुण्डुका व्यवसायीहरुले भाईटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन् । उनले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गरिन् । व्यापार राम्रो भए पनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको उनको भनाइ छ । मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको उनको भनाइ छ । मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको उनी बताउँछिन् । आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी गर्न सकिने उनले बताइन् । ‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाउन सकिएको छैन । मेहनत भएअनुसार मखमलीको मालाको मूल्य अलिबढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन । व्यापार राम्रो छ तर गत वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएपनि यो वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी पाउन सकिएको छैन । मखमली मालाको मूल्य बढ्न सकेको छैन । मालाको माग धेरै भएपनि मूल्य पाउन सकिन । मखमली फूल उत्पादनमा धेरै मेहनत भएअनुसार मूल्य आउन छोडेको छ’, उनले भनिन् । गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ । उनले पनि मखमली मालाको माग राम्रो भए पनि मूल्य विगतका वर्षहरुको जस्तो मूल्य नपाएको बताइन् । विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको उनले सुनाइन् । मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको उनी बताउँछिन् । गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भए पनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने उनको भनाइ छ । विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको उनको भनाइ छ । मखमलीको माला घरमा नै व्यापारीहरु किन्न आउने हुँदा बजारमा लैजानुपर्ने अवस्था नभएको भन्दै आफूहरुले अहिलेसम्म बिक्री गरेका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको उनको भनाइ छ । त्यस्तै भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताइन् । उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको उनको भनाइ छ । विगतका वर्षहरुमा ५० रुपैयाँसम्म प्रतिमाला मूल्य पाए पनि यो वर्ष २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको उनको भनाइ छ। उनले किसानहरुको मखमली फूलको माला बनाउन लागेको मेहनतअनुसार कम्तिमा पनि प्रतिमाला ३० रुपैयाँ मूल्य पाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताइन् । मखमली फूल खेतीले धानको भन्दा राम्रो आम्दानी दिएको उनको भनाइ छ । एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछिन् ।
साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने
काठमाडौं । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका थिए । उक्त कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैधरूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो । उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना ‘आउटलेट’, खुद्रा बिक्रेता सङ्घअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीलेसमेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् । यो चिनी प्रतिकिलो एक सय १५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीले आजदेखि साल्टट्रेडिङको कालीमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् । चिनीको संकट अन्त्य गर्दै सहजरूपमा चिनी उपलब्ध गराउन दसैँलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तर विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीको बैठकले विभिन्न उपायमाथि छलफल गरेको थियो । यसअन्तर्गत हरेक दिन अनुगमनलाई प्रभावकारी बनाउने, अवैधरूपमा ल्याइएको चिनी बरामद गर्न विशेष अप्रेशन सञ्चालन गर्ने, नेपाली चिनी उद्योगमा मौज्दात रहेको चिनी उपभोक्ताका लागि बजारमा ल्याउन समन्वय गर्ने र भारतबाट चिनी आयातका लागिसमेत पहल गर्ने निर्णय भएको थियो । नेपाली चिनी उद्योगको संरक्षणका लागि सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगले भने उपभोक्ताका लागिभन्दा चिनी खपत हुने अन्य उद्योगका लागि चिनी बिक्री गर्ने गरेपछि संकट उत्पन्न भएको थियो । सरकारको पहलपछि अहिले बजारमा चिनीको अभाव नहुने भएको छ ।