आम्दानीको माध्यम बन्यो सयपत्री फूल

धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही  बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका उनले व्यावसायिक सयपत्री फूलखेती सुरु गरेको लामो समय भएको छैन । उनको फूलबारीमा पुग्दा जोसुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् । उनले चार वर्षअघि कोरोनाका कारण लकडाउन सुरु हुँदा कामविहीन भएपछि क्षीरेश्वरनाथ नगरपालिकामा  ‘श्री सुबधिमाई फूल भण्डार तथा उत्पादन शाखा’ सञ्चालन गरेर व्यावसायिक फूलखेती सुरुवात गरे । क्षीरेश्वरनाथ –४ हरैयामा १० कठ्ठा जमिन भाडामा लिएर उनले व्यावसायिक फूलखेती सुरु गरेका हुन् । सुरुमा फूलखेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको लकडाउनमा खासै आम्दानी गर्न नसके पनि घाटा पनि नभएको उनले बताए । उनले गत वर्ष तिहारका समयमा फूलमात्रै रु १० लाखको बिक्री गरेको र यसबाट खर्च, मेहनत, ज्याला मजदुरी सबै कटाएर करिब रु ६ लाखजति बचत भएको जानकारी दिए । यसपटक एकै याममा रु १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ । गत वर्ष कममा पाँच जातको सयपत्री फूलखेती गर्नुभएकामा यसपालि मेग्रा, चिनाचेरी, कर्मा त्रिपल फाइभ ओरेन्ज, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन् । युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने रामप्रवोधकी श्रीमती फूलो देवीको भनाइ छ । फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना छ । अहिले आफू  श्रीमती र दुई बुहारीसहित यही फूलखेतीमा लागिरहेको जनाउँदै फूलो देवीले भनिन्, ‘जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था छ ।’ रामप्रवोधले यसपालि फूलखेतीको क्षेत्र विस्तार गरेर एक बिघा पुर्‍याएको हुँदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गरे । फूलमा क्षीरेश्वरनाथ नगरपालिका र आपपासका गाउँ नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूलखेतीको क्षेत्र विस्तार योजना रहेको रामप्रवोधले बताए । ‘फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँ रुपैयाँको फूल बिक्री भइरहेको छ’, उनले भने । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि जान नपरेको उनको भनाइ छ । रामप्रवोधले स्थानीय एभरेष्ट पेपर मिल्सको जागिर छाडेर फूलखेतीमा लागेका हुन् । मासिक रु २५ हजारको जागिर छाडेर पुष्प व्यवसायमा लागेको उनी फूलखेतीबाटै मासिक रु एक लाख बढी कमाउने बताउँछन् । पण्डित परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ । फूलो देवी भन्छिन्, ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्यो समय बितेको पत्तै हुँदैन ।’ फूलले बजार पाउँदा हर्षित आफ्नो खेतमा उत्पादन भएको फूलले बजार पाउँदा उहाँहरू निकै खुसी छन्  । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउँदा उनीहरुलाई हौसला बढाएको छ  । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा लाग्न अझ उत्साहित बनाएको छ ।’ ‘सार्वजनिक कार्यक्रममा खादाभन्दा मालाको माग बढ्दो छ’, रामप्रवोधलले भने, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्याउनै सकेको छैन ।’ सपरिवारलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यावसायिकरूपमा सयपत्री फूलखेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । सयपत्री फूलको माग अत्यधिक भएकाले फूलले यहाँको माग पुर्‍याउन सकिएको छैन । कृत्रिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गङ्गा यादवले बताए । प्रतिमाला रु २५ देखि ३० मा बिक्री हुने गरेकामा तिहारको अवधिभर २५ हजार माला बिक्री हुने रामप्रवोध दम्पतीको विश्वास छ । जसबाट रु सात लाखभन्दा माथि आम्दानी हुने बताए । रामप्रवोध भन्छन्, ‘फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह छ । मेरो घरवरपर बिरुवाले भरिभराउ हुन्थ्यो, तर यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ ।’ फूलको माग पुर्‍याउन धौधौ पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि रामप्रवोध पण्डित एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन, १० हजार मालामात्र बेचे मुनाफा रु दुई लाख हुन्छ । एक बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन’, उनले भने । बजारमा मालाको अभाव देखिनु कृषकले व्यावसायिकरूपमा पुष्पखेती नगर्नुको उपज भएको रामप्रवोधलको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हाँस्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ । ‘कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु, एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन’, उनले भने । रामप्रवोधले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए । कम लागानीमा छिटो र उत्पादन राम्रो हुनका साथै आम्दानी मनग्य भएपछि रामप्रवोध आकर्षित भएका हुन् । ‘विभिन्न कार्यक्रम र उत्सवमा फूलको माला प्रयोग बढ्न थालेपछि व्यावसायिकरूपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौँ’, रामप्रवोधले भने, ‘फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फूलको खपत पनि हुने भएपछि यसमा लागेका हौँ, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ ।’ सुरूवात गर्दा आफ्नै चार/पाँच कठ्ठा जमिनमा रु तीन प्रतिगोटाको दरले फूलको बिरुवा किनेर करिब पन्ध्र सय बिरुवा रोपेर सुरुआत गरेको फूलखेती अहिले एक बिघामा विस्तार गरेको रामप्रवोधको गुनासो राज्यसँग छ । उनले आफूजस्ता किसानलाई राज्यले कुनै किसिमको सहयोग नगरेको गुनासो गरे । प्राविधिक सहयोगका साथै केही अनुदानको बन्दोबस्त राज्यस्तरबाट भए अरु किसान पनि व्यावसायिक फूलखेतीतर्फ आकर्षित हुने धाराणा उनी राख्छन् । रासस

भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग अफर

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् । यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौका अभियानको विस्तारको रूपमा आएको हो । चाडमा चौका अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएकाे छ । कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग१ मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन् छुटहरू यसप्रकार छन्ः १. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सस् तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त गर्नेछन् । २. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेटस् प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निस्शुल्क इन्टरनेट प्राप्त हुनेछ । ३. रेफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेटस् ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।

विश्वकप क्रिकेट सेमिफाइनलको टिकट आइएमई पेमार्फत काट्न क्यानको अनुरोध

काठमाडौं । आइसीसी मेन टी २० विश्वकप फाइनल छनौट एसियाअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलका लागि ३ हजार ५ सय टिकटमात्र अनलाइमार्फत आइएमई पेबाट काट्न नेपाल क्रिकेट संघ (क्यान) ले अनुरोध गरेको छ । मैदानमा टिकट बुथ नहुने भएकाले निश्चित संख्यामा उपलब्ध हुने टिकट आइएमई पेमार्फत काट्न क्यानले दर्शकलाई अनुरोध गरेको हो । नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न पनि क्यानले अनुरोध गरेको छ । क्यान, क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत सेमिफाइनल खेलको पास वितरण नगरेकाले घरमै बसेर खेल हेरी सहयोग गर्न क्यानको अनुरोध छ ।