वेष्टर्न डेभलपमेन्ट र नमस्ते वित्तीय संस्था गाभिए, आइतबारदेखि एकिकृत कारोबार

काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते वित्तीय संस्था एकआपमा गाभिएर आइतबारदेखि एकिकृत बैंकिङ कारोबार सुरु गरेका छन् । दुबै संस्था गाभिएर वेष्टर्न डेभलपमेन्टको नाममा बैंकिङ आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । गाभिएपछि बैंकको केन्द्रीय कार्यलय दाङको घोराहीमा रहने छ । चुक्तापुँजी बढाउन दुबै संस्था एकआपसमा गाभिएका हुन् ।

बाढीपीडितका लागि संकलित ४० लाख प्रधानमन्त्रीलाई हस्तान्तरण, सगरमाथा इन्स्याेरेन्सकाे १० लाख सहयाेग

काठमाडौं । ईमेज च्यानलको अगुवाईमा सञ्चालन गरेको ‘ईमेज च्यानल बाढी पहिरो राहत कोष’मा जम्मा भएको रकम प्रधानमन्त्रीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राहत कोषमा जम्मा भएको ४० लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सो अवसरमा अध्यक्ष मानन्धरले ईमेज च्यानलले सनराईज बैंक, ग्लोबल आईएमइ बैंक र सगरमाथा इन्सोरेन्सको सहभागिता उक्त रकम जम्मा भएको जानकारी दिदै बाढी पहिरो पीडितका लागि आफूहरुले हरेक वर्ष सहयोग गर्दै आईरहेको बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले राहत कोष स्थापना गरी बाढी पीडित जनतालाई सहयोग गरेकोमा ईमेज च्यानललाई धन्यवाद दिँदै राहत सही ढंगबाट सदुपयोग हुने बताए । हस्तान्तरण कार्यक्रममा सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड, कार्यकारी निर्देशक रत्नराज बज्राचार्य, सगरमाथा इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, डेपुटी प्रमुख कार्यकारी अधिकृत सुबोधलाल श्रेष्ठ र ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक गणेश अवस्थी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माका उपस्थित थिए । ईमेज च्यानलका उपाध्यक्षहरु इन्दिरा मानन्धर र मोहनचन्द्र सिंह, समाचार प्रमुख डा. महेन्द्र बिष्ट, बजार व्यवस्थापन निर्देशक रन्जन अधिकारीलगायत सहभागी थिए । कोषमा सनराईज बैंकले १५ लाख, ग्लोबल आईएमई बैंकले ११ लाख र सगरमाथा इन्सोरेन्सले १० लाख जम्मा गरेका थिए  

एनबीआईको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला

काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मनोनित गरिएको छ । संचालक समितिको सदस्यमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका नायवप्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन् । पूर्वबैंकर उपेन्द्र पौडेलको सदस्यता भने संचालक समितिमा यथावत नै रहेको एनबीआईले जनाएको छ ।