नेपाल बंगलादेश बैंकको १६ प्रतिशत लाभाँश

काठमाडौं । नेपाल बंगलादेश बैंकले झण्डै १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले गत अर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट पारित हुने बाँकी छ ।

नेपाल बैगलादेश बैंकको सीईओमा पुनः ढुङाना

काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईयो) मा ज्ञानेन्द्रप्रसाद ढुङाना पुनः ४ वर्षका लागि नियुक्त भएका छन् । बैंकको शनिबार भएको सञ्चालक समिति बैठकले ढुङानालाई पुनः ४ वर्षका लागि नियुत्ती दिने निर्णय गरेको हो ।

निर्धन उत्थान बैंकको आकर्षक लाभांश, सेयरधनीले ८१ प्रतिशत लाभांश पाउदै

काठमाडौं । निर्धन उत्थान बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई झण्डै ८१ प्रतिशत लाभाँश दिने भएको छ । बैंकको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजीको ६६.६७ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस सेयर र १४ प्रतिशत अर्थात ८ करोड ४२ लाख १० हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र साधारणसभाबाट पारित हुन बाँकी छ ।