गण्डकी विकास बैंक लिमिटेडको २५ प्रतिशत हकप्रद सेयर

काठमाडौं । गण्डकी विकास बैकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरेको हो । उक्त हकप्रद शेयर पश्चात बैँकको चुक्ता पूँजी २ अर्व ३० करोड पुग्नेछ । नेपाल राष्ट्रवैकले तोके वमोजिम नपुग बाँकी चुक्तापूँजी आव ०७३÷७४ सम्मको संचित मुनाफाबाट वोनश शेयर जारी गरी पुर्याउने बैंकले जनाएको छ । आव ०७३/७४ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैकले हाल कायम रहेको चुक्तापूँजीको २३ प्रतिशत सम्म वोनश शेयर जारी गर्न सक्नेछ । बैंकले आव २०७३/७४ मा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड, कर्जा तर्फ १६ अर्ब ५१ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजना कार्यान्वयन गरिरहेको छ ।

सिटिजन बैंकको १६ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं । सिटिजन्स बैंकको बोनस १६ प्रतिशत बोनस स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकले बैंकको १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गरेको हो । वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले चुक्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।

नविल बैंकको ३० प्रतिशत बोनस सेयरको पर्खाईमा हुनुहुन्छ, भदौ २७ गते भित्रै सेयर किन्नुस

काठमाडौं । नविल बैंकले भदौ २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले असोज १० गते साधारण सभा बोलाएको छ । सोही साधारण सभाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गर्दैछ । सोही साधारण सभाका लागि भन्दै बैंकले २७ गतेबाट बुक क्लोज गर्ने निर्णय गरेको हो । नविल बैंकको ३० प्रतिशत बोनस सेयर प्राप्त गर्नका लागि भदौ २७ गतेभित्रै सेयर खरिद गरिसक्नुपर्नेछ । बैंकले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट सो मात्रामा बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । सो आवमा बैंक २ अर्ब ८१ करोड ९३ लाख ३४ हजार नाफा गरेको थियो । बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा भने ३ अर्ब ६२ करोड ८ लाख २२ हजार नाफा आर्जन गर्न सफल भएको छ ।