सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. बीच बैंंकएस्योरेन्स सम्झौता
काठमाडौं । । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २२ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे ।
एभरेष्ट बैंकले ९.९३ प्रतिशतमा घर र गाडी किन्न कर्जा दिने
काठमाडौं । एभरेष्ट बैंकले दशै र तिहारको अवसर पारेर न्युनतम ब्याजदरमा घर र गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ९.९३ प्रतिशतमा घर र गाडी कर्जा दिने भएको छ । यस्तै सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने बैंकले जानकारी दिएको छ । यस्तै १०.१८ प्रतिशतमा साना तथा मझौला व्यवसाय कर्जा दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि नयाँ निर्देशन ल्याएपछि घर, गाडी र साना तथा मझौला व्यवसाय योजना सार्वजनिक गरेको हो ।
मेरो माइक्रो फाइनान्सको साधारणभा असोज ३० गते नुवाटकोटमा , १२ प्रतिशत लाभाँश दिने
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ औ वार्षिक साधारणसभा नुवाकोटको विदुरमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । सभाले गत आवमा गरेको नाफाबाट चुक्तापुँजीको १२ प्रतिशत अर्थात २ करोड ६६ लाख ३१ हजार रुपैयाँ लाभाँश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले गत असारमा कायम रहेको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने ६ करोड ६० लाख रुपैयाा बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश हुने संस्थाले जनाएको छ ।