ज्योेति विकास बैंकको मोरङको शाखा कार्यालय अब बिराटनगरमा

काठमाडौं । ज्योति विकास बैंकले मोरङकाे एउटा शाखा कार्यालय  बिराटनगरमा सारेकाे छ । बिराटनगरको जलजलाचोक स्थित रङ्गेली रोडबाट पश्चिमतर्फ करिब १०० मिटरको दुरीको भवनमा सरेको जानकारी दिएको छ । बैंकको नयाँ भवनकोे उद्घाटन उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्याय र बिशेष अतिथि एवम् बिराटनगर महानगर पालिकाकी उपमेयर इन्दिरा कार्कीबाट भएकाे बैंकले जानकारी दिएको छ ।  

अनिल ज्ञवालीले ग्लोबल आईएमई बैंक छाडे

काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बैंक छाडेका छन् । २०७२ जेठमा दोस्रो पटक ग्लोबल आईएमईमा गएका ज्ञावली ४ वर्षे कार्यकाल पुरा नहुदै  बैंक छाडेका छन् । उनको कार्यकाल अझै २ वर्ष बाँकी थियो । नबिल बैंक छाडेर उनी ग्लोबल आईएमई  गएका थिए । ग्लोबल आइएमईको चुक्तापुँजी ८ अर्ब रुपैयाँ नाघिसकेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब रुपैयाँ बढी नाफा कमाएको थियो । तत्कालिन नेपाल अरब बैंक हालको नबिलबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।  

नविल बैंकले असोज १०मा साभारणसभा बाेलायाे, ४८% लाभांशसहित पुँजी १० अर्ब बनाउने विशेष प्रस्ताव

काठमाडौं । नबिल बैंकले १० अर्ब रुपैयाँ पुँजी बनाउने प्रस्ताव गरेको छ । बैंकले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभाको बोलाउँदै उक्त साधारणसभामा अधिकृत पुँजी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । उक्त साधारणसभामा नबिल बैंकले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने प्रस्ताव लैजादैछ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।