दुई वर्षअघि ७९ करोड नोक्सानमा गएको यति अहिले नाफामा, अब ‘ब्राण्डिङ अन वार फुटिङ’
सागर शर्मा, प्रमुख कार्यकारी अधिकृत, यति डेभलपमेन्ट बैंक तीन वर्षअघि बाणिज्य बैंक बन्ने उदेश्यका साथ यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज प्रक्रियामा सामेल भयौं । त्यो प्रयास सफल भएको भए यतिबेला हामी बाणिज्य बैंकको रुपमा बैकिङ कारोबार गरिरहेका हुने थियौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक मर्जर प्रक्रियाबाट बाहिरीए पछि वाणिज्य बैंक बन्ने प्रयास सफल भएन । यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज हुँदा पुँजी २ अर्ब नपुग्ने भयो । तत्काल बाणिज्य बैंक उदेश्य पुरा नहुने भयो । तैपनि तीन संस्था मर्जमा जाउँ, पछि अर्को कुनै संस्थासँग मर्ज भई वाणिज्य बैंक बन्न सकिन्छ भनेर तीन संस्थाबीच मर्ज भयो । २०७० असार ३१ गते एकिकृत कारोबार शुरु भयो । मर्जपूर्व म यति फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । हामी हेटौडाको सानो, पुरानो र वार्षिक १५/२० प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्दै आएको फाइनान्स । यति फाइनान्सको व्यवसायमा समस्या थिएन । मर्जपछि पहिलो चौमासिक रिपोर्ट सार्वजनिक गरियो । यस संस्था भित्रको समस्या बाहिर आए । ठूला कर्जा लिने ऋणीहरु समस्यामा परे । खासगरी जग्गा व्यवसायमा गएको कर्जा उठ्न सकेको थिएन । त्यसको असर वित्तीय विवरणमा देखियो । पछि खराव कर्जा १७ प्रतिशत नाघ्यो । संचिती नोक्सानी ७९ करोड रुपैयाँ भयो । बैंकप्रति निक्षेपकर्ताले विश्वास नै गुमाउँछन् कि, बैंक अब डुब्छ कि भन्ने चस्का (त्रास) उच्च व्यवस्थापनमा बसेर काम गर्नेले महसुस गर्नु पर्यो । यसरी बैंक जटिल अवस्थामा पुग्नुमा व्यस्थापनले गरेको कमजोरी केही थिए भने नीतिगत परिवर्तनले पनि हामीलाई ठूलो असर गर्यो । खासगरी घर जग्गा कर्जा लगानीमा राष्ट्र बैंकले गरेको कडाई र घर जग्गा बजारमा आएको मन्दीले बैंकलाई अप्ठ्यारो अवस्थामा पुर्यायो । त्यसबाट यस संस्थाले गतिलो पाठ सिकेको छ । कर्जा लगानी प्रक्रियामा धेरै सुधार गरेको छ । कर्जा लगानीको क्षेत्रमा सन्तुलित रुपमा विविधिकरण गरिएको छ । कसरी भयो सुधार ? यतिबेला हामीले हाम्रो वित्तीय अवस्थामा धेरै सुधार गरेका छौं । ७९ करोड संचित नोक्सानी सकेर गत असार मसान्तमा वासलातलाई सकारात्मक बनाएका छौं । गत आर्थिक वर्षमा मात्र ३६ करोड रुपैयाँ खुद नाफा भएको छ । ४ करोड भन्दा बढी रिर्जभमा लैजान सफल भएको छौं । अब संस्था सहज अवस्थामा आएको छ । अगाडिका बाटोहरु सफा भएका छ । यति डेभलपमेन्ट बैंकले प्रोभिजत गरेका खराव कर्जा हामीले उठाउँदै गयौं । अहिले पनि खराव सबै कर्जा उठेका छैनन् । असार मसान्तमा बैंकको खराव कर्जा ४.१७ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा २ प्रतिशत भन्दा कम ल्याउने योजना छ । कतिपय कर्जा नउड्दा धितो सकारेले बैंकले गैर बैकिङ सम्पत्तिको रुपमा लिएको छ । अहिले यस बैंकको गैरबैकिङ सम्पत्ति ४८ करोड रुपैयाँ बराबरको छ । राष्ट्र बैंकको नियम अनुसार २ वर्षभित्र ती सम्पत्ति बिक्री गर्नुपर्छ । चालु आर्थिक वर्षका २४/२५ करोडको गैरबैकिङ सम्पत्ति बिक्री गर्छौ, त्यसपछि अर्को वर्ष बाँकी सम्पत्ति बिक्री गछौं । वाणिज्य बैंकको सपना मर्ज हुनुको उदेश्य वाणिज्य बैंक बन्नु थियो । यतिबेला हामी आफ्नै क्षमताले वाणिज्य बैंक बन्ने अवस्था छैन । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि चुक्ता पुँजी न्यूनतम २ अर्बबाट बढाएर ८ अर्ब बनाएको बनाएको छ । त्यो एउटा चुनौति हो । अर्को स्तरवृद्धिको लागि पूरा गर्नु पर्ने मापदण्ड पुरा गर्न कम्तिमा पाँच वर्ष कुर्नुपर्छ । किनकी गएको वर्षमा हाम्रो वासलात नोक्सानमा गयो । तत्काल २ बराबर १ का दरले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि निर्णय साधारणसभाबाट भएको छ । चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा १०/१२ प्रतिशत बोनस सेयर दिने लक्ष्यका साथ अगाडि बढेका छौं । यसबीचमा मर्जमा जाने बाटो पनि खुला राखेको छौं । हामी कुनै वाणिज्य बैंकमा मर्ज हुन पनि सक्छौं, अरु संस्था यति डेभलपमेन्ट बैंकमा आएर मर्ज हुन पनि सक्छन् । सबै विकल्पहरु खुला राखेका छौं । संस्थाको वित्तीय अवस्थामा पनि सुधार हुँदै गएको छ र मर्जको विषयमा पनि छलफल चलिरहेको छ । संस्था सुध्रदै गएको अवस्थमा मर्जको लागि स्वाप रेसियोमा वार्गेनिङ गर्ने क्षमता पनि बढ्दै गएको छ । पुँजी वृद्धि सँगै व्यापार विस्तार पनि गरेका छौं । गत आर्थिक वर्षमा करिव ४० प्रतिशतले विजनेश ग्रोथ भएको छ । चालु आर्थिक वर्षका पनि ४० प्रतिशतको विजनेश ग्रोथ गर्ने लक्ष्य राखेका छौं । यस वर्षको हाम्रो नारा ‘ब्राण्डिङ अन वार फुटिङ’ भन्ने छ । हामी वर्षको १२ महिना संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएका छौं । बैंकका सरोकार पक्षलाई समेटेर बैंकको उपस्थिति रहेको क्षेत्रमा गरिने सामाजिक सेवाका कार्यले यस बैंकको ब्राण्ड इमेज राम्रो बनाउन धेरै मद्दत गरेको छ । इमान्दार भए बैकिङ व्यवसाय सजिलो बैकिङ भनेको सर्बसाधारणसँग निक्षेप लिएर चलाउने व्यवसाय हो । सबैभन्दा पहिले उनीहरुको विश्वास जित्ने गरी काम गर्नुपर्छ । मेरो अनुवभमा उच्च व्यवस्थापनमा बस्नेहरुले गडबढ नगर्ने हो भने बैंक चलाउन धेरै गाह्रो छैन । निश्चित प्रतिशत व्याजदरमा निक्षेप लिन्छौं । निश्चित नाफा राखेर कर्जा लगानी गछौं । धितो सुरक्षण राखेर कर्जा लगानी गछौं । प्रतिकूल समय र परिस्थितिमा ऋणीहरु समस्यामा पर्छन् । उनीहरुलाई बैंकको तर्फबाट पनि सहयोग चाहिन्छ । इमान्दारिता नछोड्ने हो भने ऋणीले ढिलै भएपनि बैंकको ऋण भुक्तानी गर्छ । बैंकको ऋण डूब्ने अवस्था विरलै मात्र आउने हो । (कुराकानीमा आधारित)
नेपालको पुँजी बजारमा ठूलो ब्रेक थ्रु
आर्थिक विकासका लागि पूँजी परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको पुँजीबजारको महत्व र विकास मुलुकको विकाससँगै अगाडि बढेको देखिन्छ । नेपालमा पुँजीबजारको प्राथमिक बजार १९९४ सालमा विराटनगर जुट मिल र नेपाल बैंकले सेयर सार्वजनिक निष्कासनसँगै आरम्भ भए पनि निष्कासित सेयरको कारोबार गर्ने दोस्रो बजारको खास संस्थागत विकास आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपश्चात् सन १९९३ मा पुँजीबजारको नियामक निकाय— नेपाल धितोपत्र बोर्ड ९सेबोन० का साथसाथै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्थापनासँगै भएको हो । यसबाट हेर्दा दोस्रो बजारको संस्थागत विकासको इतिहास पनि दुई दशक नाघी यस बजारमा निकै उतारचढाव आएको छ । विगत दशकमा पुँजीबजारमा सुधार मुख्यतः २०६३–२०६५ सालमा दोस्रो जनआन्दोलनपश्चात् माओवादीसँग शान्ति सम्झौताका साथै यस दलकोे समेत सहभागितामा उदार आर्थिक नीतिको पक्षधर दलको नेतृत्वमा सरकार भएपछि नेप्सेको संस्थागत सुधार, नीतिगत तथा बजार सुधार गरिएको थियो भने त्यसपश्चात् सरकार परिवर्तनसँगै नीतिगत अस्थिरता भए तापनि २०६६/६८ सालमा दलाल संख्यामा वृद्धिका साथै मर्चेन्ट बैंकिङको विकास, म्युचुअल फन्ड तथा क्रेडिट रेटिङको सुरुवात तथा सीडीएससी कम्पनीको स्थापनाजस्ता सुधारका केही कार्य भएका थिए । यस अवधिमा पुँजीबजार विकासको मापन गर्ने मुख्य परिसूचक नेप्से परिसूचक ०६३ असारको ३८७ अंकबाट ०६४ र ०६५ असारमा कमशः ६८४ र ९६३ अंकका साथै त्यही भदौमा ११७५ अंक पुगी त्यस बेलासम्मको उच्च रेकर्ड कायम गरेको थियो । तर, त्यसपछि तत्कालीन माओवादी सरकारका अर्थमन्त्रीले पुँजीबजारलाई ‘जुवाको घर’ को संज्ञा दिई नीतिगत अस्थिरता हुँदा बजार निरुत्साहित भई २०६८ असार १ मा नेप्से सबैभन्दा कम बिन्दु २९२ अंकमा झरेको थियो । यही अस्थिरताबीच पनि उतारचढावका साथै केही सुधार हुँदै २०७० असारमा ५१८ अंकसम्म पुगेको थियो । दोस्रो सविधानसभाको निर्वाचनपछि पुनः उदार नीतिको पक्षधर दलको नेतृत्वमा सरकार भएपश्चात् उक्त ५१८ अंकको नेप्से ०७१ असारमा १०३६ अंक पुग्यो र २०७२ वैशाखको विनाशकारी भूकम्पको असरबाट केही प्रभावित भई असारमा ९६१ अंक रहेको थियो । यस अवधिमा बजार पुँजीकरण जीडीपीको १५ देखि ६० प्रतिशत ९निष्कासित साधारण सेयरको आधारमा यो अनुपात एकतिहाइ अर्थात् २० प्रतिशत मात्र० हाराहारीमा उतारचढावमा रहेको थियो । यही क्रममा नेपाल राष्ट्र बैंकले ०७२र७३ का मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाको पुँजी तीन गुणा वृद्धि गरी चौबर (वाणिज्य बैंकका ८ अर्ब) गरे लगत्तै धितोपत्र बजार तीव्र बढ्दै केही समायोजन हुँदै ०७२ पुसमा १२०० अंकको हाराहारीमा थियो । यसरी पुँजी वृद्धिसँगै बोनस र हकपत्रमार्फत सेयर संख्या बढ्ने हुँदा प्रतिसेयर आम्दानी अर्थात् प्रतिफल अरू घट्छ, बढ्ने होइन । यसरी प्रतिफल घट्नेमा वास्ता नगरी यहाँका लगानीकर्ता हकप्रद सेयरप्रिय ९राइट सेयर फोबिया० भएकाले सेयरको माग बढाई बजार बढाउने परिपाटी नै भइसक्यो । तर, विकसित देशमा यसरी बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धि हुँदा सेयरको प्रतिफल घट्ने हुँदा यसको असर सेयर बजारमा नकारात्मक पर्ने गरेको छ । पुँजीबजारमा हालसालको सुधाररआधुनिकीकरण स् पुँजीबजारको मुख्य नियमनकर्ता नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको समस्या हल गर्दै लगी उनीहरूको हित संरक्षण गर्ने, नियमन र सुपरीवेक्षणलाई सदृृढ गरी बजार विकास गर्ने जस्ता सुधारका योजनाहरू आक्रामक रूपमा अघि बढाई कार्यान्वयन गर्दै लगेको छ । स्टक मार्केटको संरचनात्मक सुधाररआधुनिकीकरण गर्ने क्रममा बोर्डले दिएको निर्देशनअनुरूप २०७२ माघदेखि पूर्ण रूपमा अभौतिक धितोपत्र (पेपरलेस) को मात्र कारोबार प्रारम्भ भई धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित (अटोमेटेड) भएको छ । यसबाट स्टक मार्केट आधुनिकीकरणका तीन पक्षहरू– कारोबार, राफसाफ (क्लियरिङ) र फछ्र्योटरनामसारी (सेटलमेन्टरओनरसिप ट्रान्सफर) का प्रक्रियाहरू स्वचालित भई नेपाल पनि दक्षिण एसियाका अन्य देशसरह पुगी पुँजीबजारले एक उपलब्धि हासिल गरेको छ । सम्पूर्ण सूचीकृत कम्पनीहरूको धितोपत्रहरू २०७२ पुस मसान्तसम्ममा अभौतिकीकरण गराई पहिले (०६४ सालदेखि) नै सुरु गरिएको आंशिक स्वचालित प्रणालीलाई गत माघबाट पूर्ण स्वचालित सेवा (धितोपत्रको कारोबार, नामसारी र राफसाफ) आरम्भ गरिएको छ, जसबाट नेपाल पनि आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ । धितोपत्रको दोस्रो बजार कारोबारलाई प्रतिस्पर्धी एवं पारदर्शी बनाउनका लागि लगानीकर्ताले बजारको गहिराई (मार्केट डेप्थ) अर्थात् सेयर किन्ने–बेच्नेको माग–आपूर्ति स्थिति हेर्न पाउने व्यवस्था गरिएको छ भने दक्षिण एसियामै उच्च रहेको ब्रोकर कमिशन हालै ४० प्रतिशतसम्म घटाई सेयर लगानीलाई प्रोत्साहन गरिएको छ । यस्तै, ओटीसी बजारलाई हालै सञ्चालनमा ल्याई, यसको कारोबार शुल्क ९० प्रतिशतसम्म घटाई यसलाई पनि प्रोत्साहन गरिएको छ । त्यस्तै बजारका अन्य सुधारहरू जस्तै हकप्रद र बोनस सेयर र नगद तथा आइपियोमा नपरेको पैसा लगानीकर्ताका डिम्याट खाता र बैंक खातामा जम्मा गरिदिने व्यवस्था, मेर्चेन्ट बैंकिङ तथा ब्रोकर सेवालाई स्तरीय र प्रतिस्पर्धी बनाउने प्रयास गरिएको तथा प्राथमिक बजारमा सुधार (आईपीओमा डिम्याट अनिवार्य गरिएको), पुँजीबजारमा समावेशी गर्ने, बोर्डले सुधारका लागि नेप्से र सीडीएससीलाई विभिन्न निर्देशन इत्यादि धेरै सुधारका कार्यहरू भइरहेका छन् । गत माघमा फुल डिम्याटश्चात २०७२ पुसमा १२०० को हाराहारीमा रहेको नेप्से परिसूचक लगातार बढी २०७३ असारमा १७१८ अंक हुँदै साउन १२ मा १८८१ अंक पुगी बजार पुँजीकरण जीडीपीको अनुपात करिब ८५ प्रतिशत पुगेको छ तर निष्कासित साधारण सेयर (फ्लोटेड)को आधारमा यो अनुपात एकतिहाइ अर्थात् करिब ३० प्रतिशत मात्र रहन्छ । विगत एक वर्षमा यो परिसूचक झन्डै शतप्रतिशत बढेको छ । योभन्दा अघि सेयर नामसारी औसतमा तीन महिना लाग्नेमा अब कारोबार गरेको चार दिनमा पैसा पाउनेसहित नामसारी हुने हुँदा कारोबारको चक्र (रोटेसन) व्यापक बढी कारोबार संख्या तेब्बर, दैनिक कारोेबार औसत रु.५० करोडबाट रु. २ करोड नाघी धेरै नयाँ लगानीकर्ताहरू पनि बजारमा भित्रिएका छन् । यसरी पुँजीबजारमा ठुलो ठूलो बक थु्र (परिवर्तन)त निश्चय नै भएको छ । के यो वृद्धि यसैको मात्र असर हो त रु यसमा अरू कारकहरू पनि छन्, जसको विश्लेषण गर्नु आवश्यक छ । भूकम्प र नाकाबन्दीका कारणले अन्य लगानीका न्यून अवसर तथा उच्च तरलता, बैंक–वित्तीय संस्थाको पुँजी वृद्धिसँगै ‘राइट सेयर फोबिया’ को वर्चस्व, बैंक–वित्तीय संस्थबाट सजिलो र सरल ब्याजदरमा कर्जा उपलब्ध हुनु, न्यून वित्तीय साक्षरताको कारणले हल्लारभीड र भेडे प्रवृत्तिको बढी प्रभाव पर्नु इत्यादि कारकहरू मुख्य रूपमा देखा पर्छन् । प्राविधिक विश्लेषणका आधारमा उक्त वृद्धि केही मात्रामा सपोर्ट होला, तर आधारभूत विश्लेषण गर्दा खासगरी देशको आर्थिक अवस्था जो करिब विगत वर्षको स्थितिमा छ, भूकम्प र नाकाबन्दीका कारणले केही छुट दिई सामान्य अवस्थामा रहेका सूचीकृत कम्पनीको वित्तीय अवस्था, अन्य राजनीतिक एवं बाह्य तत्वहरू बलिया नभई कमजोर नै देखिन्छन्, साथै नीतिगत अस्थिरता पनि त्यत्तिकै छ । प्रमोटर सेयर १० वर्षपछि साधारण सेयरमा परिणत हुने बैंक–वित्तीय संस्था ऐनको संशोधित व्यवस्था निकट भविष्यमा संसद्बाट पारित भएमा हाल कुल सेयर संख्याको एकतिहाइ मात्र रहेका साधारण सेयर संख्या दुईतिहाइ बढ्दा अर्थात् तेब्बर भई सेयरको व्यापक बढ्ने आपूर्तिले बजारलाई निकै असर गर्ने देखिन्छस तसर्थ यी सबै कारकले माथिको शतप्रतिशतको वृद्धि थेग्न सक्ने देखिँदैन अर्थात् उच्च जोखिम देखिन्छ । त्यसैले यो वृद्धि टिक्न सक्नेमा धेरै आंशका छ । अर्को महत्वपूर्ण कुरा के हो भने पुँजीबजारको वृद्धि आफैं स्वतन्त्र चर ९इन्डिपेन्डेन्ट भेरिएबल० नभई केहीमा आधारित हुने चर (डिपेन्डेन्ट भेरिएबल) हो । त्यसैले हल्ला वा भीडको पछि लागी बजारमा लगानी गरी फस्नुको सट्टा आफैंले राम्रोसँग हेरी लगानी गर्नु उपयुक्त हुन्छ । यसै सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरालाई दिएको अर्ती ख्याल गरौं— ‘सबैले गरेका छन् भन्दैमा भीडको पछि लाग्नु हुन्न भन्ने तागत हुनुपर्छ ।’ सामान्यतया पुँजीबजारमा बजारको अवस्था उच्च हुँदा सेयर बेची राम्रो अवस्थामा रहने र मन्दी बजार हुँदा सेयर किन्ने भन्ने सिद्धान्त हो । तर, हाम्रो बजारमा विवेकशील लगानीकर्ताले चाहिँ यही सिद्धान्तलाई पछ्याई अहिले अधिकांश सेयर बेची सुरक्षित भएको बझिन्छ भने अन्य केही लगानीकर्ता ‘प्राइस फोबिया’ मा लागेर नबुझी बजारमा पसिरहेका छन् र यिनीहरूसँग जोखिम बेहोर्ने क्षमता पनि कमजोर हुन्छ । यसको मतलब सेयर किन्नै हुँदैन भनेको होइन, अहिले पनि कम्पनीको अवस्थाको राम्रो विश्लेषण गरेर किन्नु नराम्रो होइन । हल्लाको पछि लागेर पुँजीबजारमा प्रवेश गर्ने लगानीकर्ता नराम्रोसँग फस्छ । त्यसैले बजारमा राम्रो बुझेर लगानी गर्नु उपयुक्त हुन्छ । सेवोनले यसबारे लगानकर्तालाई बारम्बार सतर्क गराउँदै पनि आएको देखिन्छ । नेप्से परिसूचकको ह्वात्तै वृद्धिले अस्थिर बजारको इंगित गरे पनि बजारमा केही संरचनात्मक सुधार भई आधुनिकीकरणको चरणमा प्रवेश गर्नु ठूलो उपलब्धि भएको देखिन्छ । भएको विकासलाई दिगो बनाउँदै उदार अर्थनीतिका साथै राजनीतिक स्थिरताजस्ता आधारभूत तत्वहरूमा एकातर्फ जोड दिनुपर्नेछ भने अर्कातर्फ बजारलाई आधुनिक, स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं बजारमैत्री बनाई देशको शीघ्र आर्थिक विकास गर्नु अर्को आवश्यकता छ । यस क्रममा प्रविधिको संरचनात्मक सुधार, बजारको व्यापकता (काठमाडौं बाहिर समेत), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससीको संरचनात्मक तथा संस्थागत सुधारसहित करिब ४ सय संस्थाको नियमन र सुपरिवेक्षणमा चुस्तता ल्याउनुपर्छ । अर्कातिर धिपोपत्र बोर्डलाई स्वतन्त्र एवं विश्वसनीय नियमन निकायका रूपमा विकास गर्ने, धितोपत्र व्यवसायी (बोकर र मर्चेन्ट बैंकर) को सेवालाई स्तरीय र प्रतिस्पर्धात्मक बनाई कार्यक्षेत्र वृद्धि गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरूको पँुजीबजारमा सहभागिता बनाउने, विदेशी प्रविधि तथा लगानी भित्र्याइ गुणात्मक सुधार गर्ने, सूचीकृत कम्पनीहरूको सुशासन कायम गर्ने, बजारको स्थायित्वका लागि नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताका रूपमा सहभागी गराउने, भेन्चर क्यापिटल र प्राइभेट इक्युटी फन्डलार्ई प्रोत्साहन गर्ने जस्ता अनेकौं चुनौती छन । यी चुनौतीहरूको सामना गर्न धितोपत्र बोर्ड र सर्वोच्च नियमनकर्ता सरकार सक्रिय भई नेप्सेसहित सबै सरोकारवालाको सहयोग भए यसबाट देशको शीघ्र आर्थिक विकासमा निश्चय नै सहयोग पुर्याउन सकिन्छ । स्रोतःकारोबार
अझै बढ्छ सेयरको भाउ
गत साता उद्योगपति तथा सेयरका लगानीकर्ता राजेन्द्र खेतानले फेसबुक स्टाटसमा मा लेखे–सेयर बजार परिसूचक नेप्से २००० विन्दुमा पुग्नेछ । केही समयअघि उनले नेप्से १ हजार ७ सयमा पुग्ने घोषणा गरेका थिए । खेतानको घोषणालाई उद्यमी ज्ञानेन्द्रलाल प्रधानले समर्थन गरे । अहिले बजार १९ अंक नजिक छ । अहिलेको नेपाली सेयर बजारको सकारात्मक पक्ष यसको कारोवार उच्च हुनु हो । कारोवार रकम एक दिनमा नै २ अर्ब ७५ करोड पुग्यो । बिहीबारको कारोवार पनि २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बिहीबार नेप्से १ हजार ८ सय ७७ अंकमा छ । नेप्से हरेक दिन हरियो देखिएर बजार उकालो लाग्ने होइन । जतिसुकै मूल्य बढेको बजारमा पनि रातो चिन्ह सहित बजार ओरालो लागेको देख्न पाईन्छ । यो क्रम नेपालको सेयर बजारले पनि समातेको छ । बैंकको न्युन व्याजदर र संस्थागत लगानीकर्ताको प्रवेशले स्टकको भाउ बढाएको हो । साधारण सेयरको मूल्य देखाउने फ्लोट सुचक अझै पनि १ सय ३९ अंकमा नै छ । २०६५ भदौलाई आधार मान्दा नेप्से धेरै माथी गएको मान्न सकिंदैन । त्यसपछि बजार घटेर २ सय ९२ सम्म झरेको थियो । यो न्युन विन्दु भनेको नेपाली सेयर बजार ‘क्रयास’ भएको हो । तर अहिलेको बजारमा भाउ वृद्धि लगातार हुनु भनेको डरलाग्दो हो । यसले नयाँ लगानीकर्तालाई डुबाउन सक्छ । बजार त बढेर नै जाने हो । तर यसरी लगातार होइन । अहिले नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने समय होइन । तर बजार बढेको बेलामा कोही पनि यस्तो सुझाव सुन्न चाहादैन । जुनबेला बजार क्रयास भएको थियो त्यो समयमा बैंक तथा वित्तीय संस्थाको निक्षेपको व्याजदर १३ प्रतिशतको हाराहारीमा पुगेर उच्च थियो । अहिले व्याजदर तीन प्रतिशतको हाराहारीमा झरेको छ । यो न्युन विन्दु हो । न्युन व्याजदर नै बजारमा सेयरको भाउ बढाउने पहिलो कारण हो । व्याजदर व्याजदर र सेयर बजारको सम्वन्ध जहिले पनि विपरित हुने गर्दछ । व्याजदर बढेको बेला सेयरको मूल्य घट्ने र घटेको बेला सेयर मूल्य बढ्ने गर्छ । यो प्रवृत्ति नेपाली सेयर बजारमा पनि पटक पटक देखिईसकेको छ । विश्वभरिकै बजार र व्याजदरको सम्वन्ध विपरित हुन्छ । नेपालमा बैंकले लगानी गर्ने क्षेत्र पाएपछि यो दर माथी जानेछ । अहिले बैंकमा तरलता थुप्रिएको छ । लगानी गर्ने ठाउँ कम छन् । लगानीकर्तालाई पनि बैंकमा पैसा राख्दा भन्दा सेयरमा लगानी गर्दा बढि आम्दानी हुन्छ । कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा हुने अवस्था छ । बजारमा सेयरको बढेर हुने नाफा र कम्पनीले दिने लाभांशलाई हेर्दा सस्तो दरमा कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा नै हुन्छ । यसैले अहिले बजारमा सेयरको भाउ बढेको हो । म्युचुअल फण्ड अहिलेको सेयर बजार दुई, चार जना लगानीकर्ता मिलेर मूल्य घटाउन र बढाउन सक्दैनन् । बजार पूर्ण रुपमा बजारमा नै निर्भर छ । संस्थागत लगानीकर्ता (म्युचुअल फण्ड) को प्रवेशले बजारले नयाँ उत्साह र औजार पाएको छ । सामूहिक लगानी कोष संचालनले बजारलाई नया गति दिएको छ । यस्ता कोष सञ्चालनमा आएपछि बजारमा सेयरको मूल्य निर्धारण पूर्णतया बजारबाट नै हुनेछ । अहिले पनि धेरै लाभ नआउने देखेर नेपाल टेलिकमको सेयर मूल्य नबढ्नु यसको उदाहरण हो । सेयरको मूल्य घटेको बेलामा यस्ता कोषले खरिद गर्ने छ भने बढेको समयमा बिक्री गरि बजारलाई सन्तुलित बनाई राख्नेछ । अहिले वाणिज्य बैंकहरुले स्थापना गरेका यस्ता कोषले सेयरमा लगानी गर्न थालेपछि पनि स्टकको भाउ आकाशिएको हो । लाभकर परिवर्तन बजारमा अहिले सेयरको नाफामा बुझाउनुपर्ने पु“जीगत लाभकर पनि अवैज्ञानिक छ । जति अवधि सेयर होल्ड गर्नेले पनि उही दरमा पुँजीगत लाभकर बुझाए पुग्छ । यसलाई बैज्ञानिक बनाउन एक वर्ष भन्दा घटि अवधिमा सेयर होल्ड गर्नेलाई बढि र लामो समय होल्ड गर्नेलाई घटि कर लगाउनुपर्छ । सँगसँगै तत्काल सेयर किनबेचमा संलग्नलाई बढि दर तोक्नुपर्छ । यसबाट तत्कालको ‘सट्टेबाजी’ मा संलग्न हुनेलाई निरुत्साहित गर्नेछ र दीर्घकालका लागि सेयर किन्ने प्रोत्साहित हुने छन् । धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र ब्रोकरले विभिन्न शिर्षकमा उठाउने शुल्क घटाउनु सकारात्मक छ । तर ब्रोकरले पनि राम्रो आम्दानी गरिराख्नुपर्छ । यसबाट लगानीकर्तालाई उत्साहि गर्नेछ । मार्जिन लेन्डिङमा नीतिगत स्थिरता जरुरी चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि मार्जिन लेन्डिङ लाई नियन्त्रण नगरे पनि नीतिगत स्थिरता दिएन । मार्जिन लेन्डिङ एक पटक तोकेपछि चलाईरहनु भनेको बजारलाई अस्थिर बनाएर नियन्त्रणमा लिनु हो । राष्ट्र बैंकले यसपटक पनि मार्जिन लेन्डिङ कर्जाको सिमा परिवर्तन गरेर नीतिगत अस्थिरताको सन्देश दिएको छ । विगतमा राष्ट्र बैंकले यस्तै नीतिगत अस्थिरताबाट सेयर बजारलाई खेलाउ“दै आएको थियो । पछिल्लो समय स्टक ब्रोकर मार्फत लगानीकर्तालाई कर्जा दिने मार्जिन लेन्डिङको प्रस्ताव अगाडी आएको छ । धितोपत्र बोर्डको पाँच वर्षे गुरुयोजनामा पनि ब्रोकर मार्फत मार्जिन लेन्डिङ गर्ने व्यवस्था छ । स्टक ब्रोकरको क्षमता अभिवृद्वि नगरि तत्कालै यो व्यवस्था कार्यान्वयनमा ल्याउन संभव छैन । यसका लागि स्टक ब्रोकको पुँजी, पुर्वाधार र जनशक्तिको क्षमता बढाउनुपर्ने हुन्छ । लगानीकर्तालाई सेयर धितो राख्न बैंक तथा वित्तीय संस्थामा धाउनुभन्दा सक्षम ब्रोकर मार्फत नै लगानी गर्ने व्यवस्था बढि सरल हुन्छ । भारतमा ब्रोकरले नै लगानीकर्तालाई कर्जा दिन्छन् । अनलाईन कारोवार आवश्यक केन्द्रिय निक्षेप प्रणाली (सिडिएस) सञ्चालनमा आएपछि बजारमा कारोवार बढेको हो । यसले कागजी प्रमाणपत्रको युग समाप्त गरि डिजिटल जमानामा स्टक बजारलाई प्रवेश गराउने पहिलो चरणको काम पुरा गरेको छ । बजार आधुनिक युगमा प्रवेश गर्न सकेको छैन । बजारलाई पूर्ण रुपमा आधुनिक र अन्तराष्ट्रिय स्तरको बनाउन अनलाईन कारोवार सुरु गर्नूपर्छ । सरकारी स्वामित्वको स्टक एक्सचेन्जले तत्कालै अनलाईन कारोवार सुरु गर्दैन भने निजीस्तरको स्टक स्थापना गर्नुपर्छ । एनआरएनको लगानी गैर आवासिय नेपाली (एनआरएन) लाई सेयर बजारमा लगानी गर्न दिने घोषणा भएको धेरै भैसकेको छ । तर एनआरएनको लगानी बजारमा आउन सकेको छैन । पोर्टफोलियो व्यवस्थापन कम्पनी मार्फत एनआरएनले लगानी गर्न सक्ने भनिए पनि कार्यान्वयनमा ल्याउन ढिलाई गरिएको छ । एनआरएनको लगानी सुरु गर्दै अब बजारमा विदेशी लगानीकर्तालाई पनि बाटो खुला गर्नुपर्छ । यो सधैं खुम्चिएर बस्ने कार्यले स्तरोन्नति हुनै सक्दैन । अर्थतन्त्रको ऐना स्टक मार्केट हो । यो मार्केटमा विदेशी खेलाडी नहुनु भनेको अगाडी बढन नखोज्नुु हो । भविष्यमा आधारित बजार सेयर बजार भनेको भविस्यमा मुलुक भविस्य कस्तो रहन्छ त्यसबाट कम्पनीको अवस्था निर्धारण हुन्छ भन्नेमा निर्भर रहन्छ । भविस्य आशावादी नभएमा बजार पनि घटिरहन्छ । भविस्य सकारात्मक भए बजार पनि बढिरहन्छ । सेयर बजार तत्काल कम्पनीले दिने नाफा, व्यवस्थापन, सकारात्मक भविस्यमा आधारित हुन्छ । यसको आधार भनेको राजनीति नै हो । राजनीति सकारात्मक भए आर्थिक विकास तिव्र हुन्छ । यो बेलामा कम्पनीको नाफा पनि बढ्छ । लगानीकर्ताले पाउने प्रतिफल पनि बढ्छ र सेयरको मूल्य पनि उकालो लाग्छ । यही आधारमा अहिलेको बजार बढेको हो । सेयर बजार प्राविधिक विश्लेषणमा मात्रै आधारित हुन सक्दैन । बजारका लागि आवश्यक पुर्वाधार र आधुनिकताका लागि सरकारी निकायले प्रयास गर्नुपर्छ । बजारमा प्रतिस्पर्धा नहुने अवस्था, झन्झटिलो व्यवस्था अन्त्य गर्ने तर्फ नियामक निकाय लाग्नुपर्छ । आवश्यक पुर्वाधार तयार भएपछि बजारले निर्धारण गरेको मूल्यमा चिन्ता लिन जरुरी छैन । मूल्य बढ्ने घटन लागि हो भने भाउ घटने बढनका लागि हो । बजार के होला राष्ट्र बैंक र धितोपत्र बोर्डले बजारलाई घटबढ गराउने नीतिगत खेल नखेलेमा बजार उकालो तर्फ नै लाग्नेछ । जब सम्म बैंकमा निक्षेप र कर्जाको व्याजदर बढ्दैन त्यतिबेला सम्म बजार उकालो लाग्छ । जब व्याजदर बढ्छ त्यसपछि बजार ओरालो लाग्न सुरु गर्नेछ । मुलुकको भविस्य सकारात्मक देखिएपछि सेयरको मूल्य बढ्ने हो । बजार पनि केही घटबढ् हु“दै भाउ बढ्ने तर्फ नै अगाडी बढ्ने छ । बैंक तथा वित्तीय संस्थाको चुक्तापु“जी बढाउने राष्ट्र बैंकको निर्देशनले बजारमा सेयरको संख्या बढाउने छ । यो संगै वाणिज्य बैंकहरुले स्थापना गर्ने म्युचुअल फण्डको संख्या पनि बढ्दैछ । यसले बजारमा संस्थागत लगानी बढाउनेछ । लगानी बढनुको अर्थ भाउ पनि बढ्नेछ । बजार नबुझ्नेहरुले म्युचुअल फण्डको स्किम (सेयर)किन्नु उत्तम हुन्छ । नयाँ लगानीकर्ता पनि फण्डको स्किममा लगानी गर्ने र प्राथमिक निस्काशनमा एक सय रुपयाँ अंकित सेयरमा पैसा हालेर बाजरमा प्रवेश सुरु गर्नु राम्रो हुन्छ । दीर्घकालमा करोडपति सेयर बजारमा लगानीगर्नेहरु धैर्य गरेर बसेमा एक, दुई वर्षमा हैन कम्तीमा १० वर्ष कुर्ने हैसियत राख्ने हो भने सेयरमा लगानीगर्ने हरेक व्यक्ति करोडपति हुनेछन् । यसका लागि कम्पनीको अध्ययन,व्यवस्थापनको व्यवसायिकतालाई भने बुझ्न सक्नुपर्छ । एकै वर्षमा कमाउँछु भनेर लगानी गर्नेहरु भने टाटै पल्टिन सक्छन् । घरजग्गामा जस्तो मुखका आधारमा सेयरको मूल्य तोकिंदैन । बजारले यसको मूल्य निर्धारण गर्छ । (nsapkota.blogspot.com बाट)