कोरोना महामारी कि अन्तर्राष्ट्रिय षडयन्त्र ? वहसमा विज्ञ भर्सेस पब्लिक
पछिल्लो समय नेपालमा कोरोनाको सन्दर्भमा “विज्ञ” ले सर्वसाधारणसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ । विज्ञहरु आम सञ्चार माध्यममा कोरोना भयावह हो भन्दै विचार सम्प्रेषण गरिरहेका छन् भने सर्वसाधारण सोसियल मिडियामा कोरोना अन्तर्राष्ट्रिय षडयन्त्र हो भनिरहेका छन् । यस लेखमा यो प्रसंगलाई समाजशास्त्रीय दृष्टिबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । चीनको वुहानमा देखा परेको भनिएको अहिलेको कोरोना भाइरसको सम्बन्धमा विश्व स्वास्थ्य संगठन, विश्वका सरकारहरु, मूलधारका ठूला मिडिया र एलोपेथिक स्वास्थ्य प्रणालीका रणनीतिक पात्रहरु एक धारमा प्रस्तुत भएका छन् । उनीहरुले कोरोनालाई विश्व महामारी घोषणा गरेका छन् । यसको नियन्त्रणका लागि भन्दै लक डाउन (घरबाट निस्कन नपाउने नियम) लगायत नागरिकहरुका मौलिक अधिकार निलम्बन गराएका छन् । कोरोनाका सम्बन्धमा फरक धारमा विचार, तथ्य, तर्क र प्रश्नहरु उठाउने वैकल्पिक उपचार पद्दतिका पात्र, एलोपेथिक प्रणालीभित्रकै चिकित्सक र नागरिक समाजका सदस्यका भनाइलाई आम मानिससम्म पु¥याउन रोक लगाइएको छ । त्यस्तो भनाइ सामाजिक सञ्जालमा व्यक्त गर्ने र सार्वजनिक रुपमा बोल्ने व्यक्तिलाई सरकारहरुले कारबाही समेत गर्ने गरेका छन् । त्यस्ता भिडियोहरु सरकारहरुको रिपोर्टमा युट्युबले डिलिट गर्ने गरेको छ । कोरोना फैलियो भने स्वास्थ्य प्रणालीले धान्न सक्दैन र भयावह स्थिति हुन्छ भन्ने एकधारको भनाइ मात्र सर्वसाधारणसम्म पु¥याइएको छ । सामान्यतया चिकित्सकले भनेको कुरामा सर्वसाधारणले अन्धविश्वास (कारण सोधखोज नगरी, शंका नगरी गरिने विश्वास) गर्छन् । त्यसमा प्रश्न गरिंदैन किनकि चिकित्सकले भन्ने कुरा रिसर्चबाट पुष्टि भएका हुनुपर्छ र चिकित्सक उच्च संवेदनशील र व्यावसायिक पेशा भएको हुनाले उनीहरुले ठगी गर्दैनन् भन्ने मान्यता छ । लेखक विश्व स्वास्थ्य संगठनका पक्षधर विज्ञहरुले सर्वसाधारण नागरिकसँग प्रतिस्पर्धा गरेर ठूला मिडियाहरुमा भनाइ राखेको पाइन्छ । उनीहरुले सर्वसाधारणले कोरोनालाई हल्का रुपले लिनु ठूलो गल्ती भएको बताउने गरेका छन् । फरक धारका विज्ञहरुले आम रुपमा भनाइ राख्न पाएका छैनन् । त्यसैले मूलधारका विज्ञहरुको प्रतिस्पर्धा सर्वसाधारणसँग भएको देखिन्छ । स्वास्थ्य र मृत्युलाई अति संवेदनशील मानी मूलधारका चिकित्सकको भनाइ शिरोपर गर्दै आएका आम सर्वसाधारणमा एक्कासी फरक धारणा कसरी सम्भव भयो ? चिकित्सकले भनेको आधारमा कति मानिसले दुध, कतिले मासु, कतिले गेडागुडी खान छोडेका छन् । आफूले रमाइलोसँग नियमित रुपले भोग गर्दै आएको जीवनशैलीमा बदलाव ल्याएर कष्टपूर्ण शैली अवलम्वन गरिरहेका छन् । तर कोरोना सर्न सक्छ, जथाभावी नहिंड्नुस् भन्दा पालना गरेको देखिंदैन । प्रहरी बल र जरिवानाको डरले मात्र पालना भएको छ । विश्वभर दैनिक अन्य रोगले कति मानिस मर्छन् ? कोरोनासमेत लागेर कति मर्छन् ? र कोरोना मात्र लागेर कति मर्छन् ? यो प्रश्न सर्वसाधारणको मनमा उठ्यो । मूलधारका विज्ञ र मिडियाले यसको उत्तर दिदैनन् । सर्वसाधारणको मनमा शंका हुन्छ , “कोरानाको मार्ने क्षमता कति हो त ? यो महामारी नै हो त ?” जुनसुकै प्रश्नमा पनि मूलधारका विज्ञको एउटै उत्तर हुन्छ, “रोग फैलियो भने भयावह स्थिति आउँछ ।” आधिकारिक निकाय र विज्ञले हचुवाका भरमा बोल्नु हुँदैन । कोरोनाको संक्रमण दर र मृत्यु दर कति हो ? यो यो कारणले विश्व महामारी हो भनेर प्रमाणित कुरा गर्नुपर्छ । जुनसुकै रोगले मरेका भए पनि कोरोना समेत भए त्यसलाई कोरोनाको मृत्युमा गनेर तथ्यांक सार्वजनिक गरिन्छ । त्यसमध्ये कति प्रतिशत कोरोना नलागे पनि मर्ने स्थितिका थिए ? लक डाउन गर्दा कति क्षति हुन्छ ? नगर्दा कति क्षति हुन्छ ? सबै जिज्ञाशाको ब्ल्याक एण्ड ह्वाइट उत्तर नहोला तर जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ । सामान्य एक/दुई जना विज्ञको रायसल्लाहले लामो समय वा जीवनभर नै आफ्नै दैनिकी हेरफेर गर्न मानिसहरु तयार हुँदै आएका छन् । अहिले सिंगो चिकित्सा जगत नै एकमत भएर रायसल्लाह दिंदा पनि जनताले किन अस्वीकार गरेका होलान् ? विश्व स्वास्थ्य संगठन, सरकार र मूलधारका चिकित्सकले जनतालाई विश्वासमा लिन सक्नुपर्छ । उनीहरुसँग सरकारी र अन्य मूल धारका ठूला मिडिया साथमा छन् । सत्य, तथ्य र प्रमाणित कुरा गर्दा जनताले विश्वास नगर्ने आधार हुँदैन । कोरोनाको भविष्यको बारेमा भन्न सकिंदैन भन्ने कुरालाई विश्वास गरौं । तर विगतबारे पनि किन पूर्ण सूचना सार्वजनिक गरिंदैन ? महामारी फैलिएको ७/८ महिना भइसक्यो । अन्य सबै रोगको मृत्युदर पहिलेदेखि नै स्पष्ट छँदैछ । अन्य रोगीलाई कोरोनासमेत लाग्दा मृत्युदर कतिले बढेको छ ? कोरोना मात्रै लाग्दा मृत्यु कति छ ? यो जोड्दा कोरानाको वास्तविक मृत्युदर आइहाल्छ । तर यो किन सार्वजनिक गरिंदैन ? अहिले सिंगो चिकित्सा जगत नै एकमत भएर रायसल्लाह दिंदा पनि जनताले किन अस्वीकार गरेका होलान् ? विश्व स्वास्थ्य संगठन, सरकार र मूलधारका चिकित्सकले जनतालाई विश्वासमा लिन सक्नुपर्छ । उनीहरुसँग सरकारी र अन्य मूल धारका ठूला मिडिया साथमा छन् । सत्य, तथ्य र प्रमाणित कुरा गर्दा जनताले विश्वास नगर्ने आधार हुँदैन । मानिसको मनमा जिज्ञाशा नै आएन भने त ठीकै छ । जिज्ञाशा उत्पन्न भइसकेपछि आधिकारिक निकायले चित्त बुभ्mदो जवाफ दिनुपर्छ । तर अहिले जिज्ञाशा राख्नेलाई नै मुख बन्द गर्न दबाब दिइएको छ । यस्तो अवस्थामा मानिसहरुमा विभिन्न शंका उपशंका हुन्छ । सर्वसाधारणलाई बन्द कोठाभित्र तयार गरिएका यथार्थ सूचना थाहा हुँदैन । उनीहरुसँग अनुमान गर्नुको विकल्प हुँदैन । बाहिरी आँखाले हेर्दा जे देखिन्छ, त्यसकै आधारमा अनुमान गर्ने हो । सर्वसाधारण र फरक धारको आवाजलाई आम सञ्चार माध्यमले स्थान दिएका छैनन् । तर तिनै आवाजलाई खण्डन गर्न विज्ञहरुलाई स्थान दिएका छन् । यसबाट सञ्चार माध्यममाथि पनि आशंका हुनु स्वाभाविक हो । मर्ने त सर्वसाधारण नै हुन् । कसरी मर्छन् ? आप्mनो परिवेशमा भएको घटना सर्वसाधारणले देखेकै छन् । बेरोजगारी, रोग, भोक, अभाव, तनाव, इन्जाइटी, डिप्रेसन, आत्महत्या सर्वसाधारणले आफैं भोग्छन् र देख्छन् । सर्वसाधारणका आँखाले नदेखेका खतरा के हुन् र नागरिकको अधिकार निलम्वन गर्दा खतरा कसरी टर्छ ? मूलधार पक्षबाट चित्त बुभ्mदो गरी सार्वजनिक गर्नुपर्छ । [email protected]
सर्भेयरका दुःखः कमजोरी गर्ने बिमक, बिमित र एजेन्ट, दोष पाउने हामी
बीमा समितिबाट लाइसेन्स लिएका सर्भेयरको संख्या अहिले ५ सय छ । त्यसमध्ये सक्रिय सर्भेयर १ सय ५० जना छन् । दाबी परेको अवस्थामा सर्भेयर एक्सनमा आउँछन् । तर सर्भेयरलाई एकदमै गाह्रो छ । सर्भेयरलाई जताजततै दोष लाग्ने गर्दै आएको छ । तर वास्तविकता त्यस्तो होइन । मैले यही पेशा गरेको लामो समय भइसक्यो । गुनासो हाम्रा पनि थुप्रै गुनासाहरु छन् । जस्तो कि सर्भेयरको लाइसेन्स बीमा समितिले दिन्छ । यसको नवीकरण हरेक वर्ष गर्नुपर्छ । अरु देशमा यस्तो व्यवस्था छैन । जस्तो कि भारतमा ५ वर्षमा, पाकिस्तानमा ३ वर्षमा नवीकरण गर्दा हुन्छ । हाम्रोमा बर्सेनि गर्नु पर्ने व्यवस्था छ । नेपालमा नवीकरण शुल्क पनि महंगो छ । यस्तो शुल्क घटाउन आवश्यक छ । कोरोना महामारीको बेलामा हामीलाई काम गर्न निकै मुस्किल छ । किनकि अहिले फिल्डमा जान गाह्र्रो छ । एकातिर सरकारले बीमा अत्यावश्यक भन्छ, अर्कोतिर प्रहरीले पनि सर्भेयरलाई छेक्ने गरको छ । सर्भेयरलाई परिपचयपत्रको आधारमा आवागमन गर्न पाउने व्यवस्था गर्नु उचित हुन्छ । गलत बुझाइको सिकार दाबी भनेको जतिको क्षति भयो त्यति पाइन्छ भन्ने गलत बुझाई छ । बीमामा सम्पत्तीको हकमा जुन सम्पत्तीको बीमा गरेको छ, त्यो सम्पत्ती तोकिए मात्रै दाबी पाईन्छ । पोलिसीमा लेखेअनुसार बीमाले दाबी दिने हो । यो कुरा सर्भेयरले बुझायर बस्ने कुरा त होइन । तर, पनि हामीले प्रयास गर्छौं । धेरै त असन्तुष्ट नै रहनु हुन्छ । सर्भेयरले पाउने दाबी रकम कम दियो भन्ने आरोप लगाउँछन् । बीमाले जति पनि दिन्छ भन्ने सोचाइका कारणले हो । तर जहिले पनि जाहाँ पनि सम्झौता अनुसार बीमाले दिने हो । मानौ, तपाईलाई धनगढी जानु छ भने धनगढीसम्मकै भाडा दिनुपर्छ । यदि तपाईले आदि पैसा तिर्नुभयो भने त नारायणघाटतिरै तपाई झर्नु परिहाल्छ नि । बीमा पनि यस्तै हो । तर, यहाँ हुन्छ के भने नारायणघाटको भाडा तिर्नु भएको बिमितले त्यही पैसामा धनगढी जान पाउनुपर्यो भन्नु हुन्छ । अनि त बीमा पोलिसीको सम्झौता मिल्दैन, त्यस्तो बेलामा पूरै दोष जति सर्भेयरलाई आउँछ । यसरी हामीलाई सर्भेयरले पैसा दिएन भन्ने थुप्रै हुन सक्छन् । अहिले त उद्योगको बीमा बैकले आफै गर्न थालेका छन् । कच्चा पदार्थ, उत्पादन हुँदाको अवस्था तथा नयाँ प्रोडक्ट बन्दा केही करोड भएपनि बीमा त त्यही ५०, ६० लाखकै हुन्छ । यस्तो अवस्थामा ५०, ६० लाख नै दिदाँ पनि कम्पनीहरुले हामी बर्बाद भएको बेलामा, ठूलो क्षति भएको अवस्थामा पैसा किन कम आयो भनेर सबै सर्भेयरको टाउकोमा थोपरिदिन्छन् । तर पाउँनु पर्ने पैसा घटेको होइन भनेर चेतना फैल्याउन जरुरी छ । सर्भेयरलाई दोष दिँदा बीना प्रमाण सहजै दोष दिने चलन छ । बीमा कम्पनीहरुले खटाएपछि मात्र सर्भेयर फिल्डमा जाने हो । सोही कारण बीमा कम्पनीले खबर नगरी सर्भेयर काममा जान सक्दैनन् । त्यसरी काममा जाँने क्रममा नै सर्भेयरलाई सूचना छिटो आएको हुँदैन । अनि जानाजानी सर्भेयर ढिला गएको भन्ने कति पनि जायज होइन । अब थाहाँ पाउने नै ढिलो भएपछि सर्भेयर कसरी चाँडो पुग्छन् ? । दोष दिनु नै समाधान त होइन । यो सबैले बुझ्न जरुरी छ । यस्तै, रिपोर्ट बुझाएपछि मात्र सर्भेयरले पारिश्रमिक पाउँछन् । यस्तो अवस्थामा रिपोर्ट नबुझाउदा, ढिला गर्दा वा प्रमाण लुकाउदा सर्भेयरलाई केही फाइदा छ्रैन । क्षेत्र विशेषको छुट्टाछुट्टै सर्भेयर हुन्न अहिले क्षेत्र विषेशको छुट्टा छुट्टै सर्भेयर चाहियो भन्ने गरेको सुनिन्छ । यो त साँघुरो मानसकिताबाट आएको र बेकारको कुरा जस्तो मलाई लागेको छ । विभिन्न किसिमका सर्भेयर चाहियो भने पहिला विभिन्न विधाका इन्जिनियर चाहिन्छ । अनि विभिन्न विधामा काम गर्न तयार सर्भेयर चाहियो । त्यसरी भिन्न किसिमका विषयगत विधा अनुसारका सर्भेयर राख्दा एउटा विधाका सर्भेयरले वर्षमा जम्मा ४÷५ वटा केस पाउँछन् । बाँकी सर्भेयरको काम झिगा धपाएर बस्ने जस्तै हुन्छ । केही केस पाएका सर्भेयरले पनि आफ्नो जिबिका चलाउन सक्दैनन् । भन्नु र गुर्नमा धेरै अन्तर हुन्छ । नेपालका सर्भेयरलाई धेरै गाह्रो छ । तर, छिमेकी राष्ट्र भारतमै हेर्ने हो भने सर्भेयरहरुलाई यस्तो किसिमको गाह्रो छैन । नेपालमा सबैभन्दा धेरै दाबी मोटर बीमामा पर्छ । यसरी विशेष क्षेत्रकोे सर्भेयर खटाउदा अटोमोवाइलको इन्जिनियर पढेको सर्भेयर मात्र मोटर बीमामा चाहिन्छ । त्यस्ता सर्भेयरको संख्या हालसम्म जम्मा ३ जना मात्र रहेको छ । अब मोटरकोे दाबी दिनमा १० ठाउँमा पर्न सक्छ । डोटी, ताप्लेजुङ, धनुषा, रसुवामा पर्दा एकैजना मान्छे जानसक्ने सम्भावना हुुदैन । यस्तो विशेष क्षेत्रको सर्भेयर खटाउदा ३ जना फिल्डमा जान्छन् १ सय ४७ जना बेरोजगार हुन्छन् । विकृति पनि छन् केही सर्भेयरहरुले अस्पतालकोे एम्बुलेन्ससँगको साठगाठ गर्ने, अस्पतालबाट लम्ब्याएर बिल बढाउने पनि हुन सक्छन् । चाहिने कुरामा सबैको ध्यान नजादा यस्ता गतिविधि मौलाउनु स्वभाविक पनि हो । तर बिचौलियाको हर्कतमा सर्भेयरलाई मुछ्ने परिपाटी पनि कायमै छ । सबै काम सर्भेयर, इन्जिनियरको मात्रै हुदैन । घटनामा वकिल, आर्थिक सर्भेक्षण गर्ने विभिन्न व्यक्तिहरु संलग्न हुन्छन् । प्रहरीले दिएको रिपोर्ट पनि सर्भेयरले राम्रोसँग फलो गर्नुपर्छ । कहिले काही त्यसमा पनि पनि फरक परेको हुन्छ । सर्भेयर एक बौद्धिक, ज्ञाता र राम्रो अनुसन्धानकर्ता हुन जरुरी छ । कहिले वर्षातको कारण फिल्ड जाने बाटो रोकिन्छ । फेरि अन्य विभिन्न पक्षको कमजोरीका कारण पनि सर्भेयरले काम गर्न सकिरहेका हुदैनन् । तर दोष भने सहजै सर्भेयरलाई दिनु जायज होइन् । आफ्नै लेभल सर्भेयरको पनि लेभल (स्तर) हुन्छ । क्षतिको आधारमा सिनियर वा जुनियर सर्भेयर फिल्डमा खटिन्छन् । सर्भेयरले काममा ढिला पुग्दा बीमा कम्पनीले अर्को सर्भेयर खटाउन सक्छन् । सोही कारण सर्भेयर छिट्टै जाने प्रयासमा हुन्छन् । अर्को, सर्भेयरले विवरण ढिला दियोपनि भन्ने गरिन्छ । यसका के हुन्छ भने घटना घट्दैमा रिपोर्ट तयार हुदैन । कुनै एकपक्षले केही प्रमाण तलमाथि गरेमा रिपोर्ट बिग्रिन्छ । सही रिपोर्ट निकाल्न सर्भेयर हरदम खटिन्छन् । हतारमा रिर्पोट गलत भए सिधै दोष सर्भेयरलाई हुन्छ । यो त सामान्य हो । तर कुरा के हो भने सही नतिजा खोजेको सर्भेयरले पाउने भनेको आरोप, शंका र गाली मात्र हो । त्यसै कारण पहिले सबैले सर्भेयर भनेको के हो, र यसमा पनि केही चुनौति छन् भन्ने बुझ्न आवश्यक छ । पहिले दाबी पर्छ । दाबी अनुसारको घटना, प्रहरीको मुचुल्का चाहिन्छ । आगलागी हो भने वारुणयन्त्र गएको हो कि होइन हेर्नुपर्छ । विदेशबाट पठाएको सामानमा भन्सार कति तिर्यो भने हेर्न आवश्यक हुन्छ । बिमितले यस्ता डकुमेन्ट दियो भने मात्र रिर्पोट निस्किन्छ । आगलागीको हकमा रिपोर्ट निस्किन लामो समय लाग्छ । सबैभन्दा पहिला आवश्यक कागजात तयार हुन नेपालमा ६ महिना लाग्ने गर्छ । सबैभन्दा पहिला भ्याट अफिसमा दाखिला गर्न पर्यो । अन्य आवश्यक ठाउँमा जाने काम बिमितको हो । सबै ठाउँमा सर्भेयर जाने होइन, जान मिल्दैन । बीमा कम्पनीले आफ्नो दाबी भुक्तानी ढिला हुँदा केही कारण भेटेनन् भने सर्भेयरले ढिला गर्छ भन्ने साह्रै सजिलो र पुरानो जवाफ हो । नयाँलाई सुझाव यो क्षेत्र देख्दा जति राम्रो छ, भित्र अलि त्यस्तो छैन । अब यस क्षेत्र रोज्नेले यसका परिस्थितिसँग जुध्दै केही नयाँ बाटो बनाउँछु भनेर आउने हो । अलि अलि मानसिक तनाव ह्यान्डल गर्न सकिदैन भने सर्भेयर पेशा नरोज्न मेरो अनुरोध छ । अबको सर्भेयर पेशा गतिलो पेशा, दोष रहित पेशा हो भन्ने सबैले बुझ्नु पर्छ । (बीमा सर्भेयर संघ नेपालका अध्यक्ष जोशीसँग विकासन्युजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)
भ्रष्टाचार नियन्त्रणमा रक्षक नै भक्षक
नेपालमा परापूर्व कालदेखि नै कुनै न कुनै स्वरुपमा भ्रष्टाचार हुने गरेको थियो भन्ने कुरा पृथ्वी नारायण शाहको ‘घुस लिन्या र घुस दिन्या देशका महान शत्रु हुन्’ भन्ने भनाइबाट पुष्टि हुन्छ । तर पछिल्लो समय हाम्रो राजनीतिक चरित्र र प्रवृत्ति पनि भ्रष्टाचारजन्य गतिबिधिको सेरोफेरोमा रुम्मलिन थालेको छ । यतिखेर राजनीतिक दलहरु भ्रष्टाचारलाई संस्थागत गराउने संस्था वा सहयोगीका रुपमा खडा हुन थालेको आभास भइरहेको छ । समाजमा राजनीतिक एवम् प्रशासनिक नेतृत्वले भ्रष्टाचारजन्य कार्यमा संलग्न र भ्रष्टाचार गर्ने विषयमा मौन रहने हो भने भ्रष्टाचार नियन्त्रणको नारा केबल शब्दमा मात्र सीमित रहने छ । यसकारण सर्वप्रथम नेतृत्वकर्ता सही हुनु जरुरी छ । विशेषगरी लोकतान्त्रीक शासन व्यवस्था कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने भनेर लामो राजनीतिक लडाई लडेका राजनीतिक दल र यिनका नेताहरु नै भ्रष्टाचार र अनैतिक कार्यहरुमा नाइके बन्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । यसले समाजमा दल र तिनका नेताहरु भनेका भ्रष्टाचारका मतियारहरु हुन भन्ने कुरा स्थापित गराइरहेको छ । भ्रष्टाचार राणाको पालामा पनि थियो । पञ्चायतमा पनि थियो तर माथिल्लो तहको डर थियो । त्यस समयमा भ्रष्टाचार र अनैतिक कार्य गर्नेलाई सर्वस्व हरण गर्ने, देश निकाला गर्ने, चारपाटे मुड्ने,जात च्युत गर्नेसम्मका कारबाही हुन्थे । दरबारको डर र त्रासका कारणले अहिले जस्तो खुले आम भ्रष्टाचार र अनैतिक कार्य गर्ने आँट जो कोहिमा हुदैनथ्यो । तर २०४७ पछि भ्रष्टाचारले संस्थागत रुप लिएको राजनीतिक तह र प्राशासनिक तहमा रहेका व्यक्तिहरुबाट भ्रष्टाचारबाट मुछिएको प्रष्ट हुन्छ । विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने भनेर लामो राजनीतिक लडाईँ लडेका राजनीतिक दल र यिनका नेताहरु नै भ्रष्टाचार र अनैतिक कार्यहरुमा नाइके बन्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । वास्तवमा भ्रष्टाचारको कुनै जात, रङ्ग, आकार, धर्म,वर्ग, दल वा क्षेत्र हुँदैन भन्ने कुरालाई जीवनभर नागरिक अधिकार र स्वतन्त्रताको लागि लडेका दल र तिनका नेताहरुले प्रमाणित गर्न खोजेको अनुभव भइरहेको छ । यसै कारण भ्रष्टाचारको मुल जरोको रुपमा राजनीतिलाई लिन थालिएको हुन सक्छ । राजनीतिक नेतृत्वले यो दोष मेटाउन पनि सकिरहेका छैनन् । यतिबेला राजनीतिक नेतृत्व जनताका नजरमा रक्षक नभई भक्षक जस्ता भएका छन । राजनीतिलाई भ्रष्टकृत बनाउनमा कर्मचारीतन्त्रको भूमिका पनि त्यत्तिकै रहेको छ । तर अहिले मुलुकमा भ्रष्ट र अनैतिक चरित्रका मानिसहरु नै ठुला बनेका छन् । समाजमा उनीहरुकै हाली–मुहाली हुने गरेको छ । ‘बरु चरा उडेको आकाशको बाटो सजिलै अनुमान लगाउन सकिएला तर भ्रष्टहरुले अवैध कर्म र यिनका अनुचित तवरबाट आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन हुन्छ’ भने जस्तै भएको छ । वास्तवमा भ्रष्टाचारको जालो यसरी फिजिएको छ कि कसले कुन ठाउमा कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने कुरा पत्ता लगाउन कठिन हुँदै गएको छ । भ्रष्टाचार मानिसको प्रवृत्ति सँंग गास्ने विषय भएकाले यसको सम्बन्ध सबैतिर जेलिएको हुन्छ । यस्तो अवस्थामा कुनै एकपक्षको एक्लो प्रयासबाट यसलाई रोक्न सकिँदैन यसलाई रोक्ने कार्यमा सरकार र राजनीतिक दलको अहम भूमिका हुन्छ । मुलुकलाई कुन विधि र प्रकृयाबाट अगाडि बढाउँदा देश र जनताको भलाई हुन्छ भन्ने कुरा नेतृत्वले नबुझ्दा नै नेतृत्वप्रति प्रश्न गर्ने ठाँउ खडा भएका हुन् । नेताहरु चरित्रवान र इमान्दार नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढेर जान थालेको छ । जनतामा निराशा उत्पन्न भएपछि जाग्न खोज्नु घरमा आगो लागेपछि कुवा खन्ने तयारी गरेजस्तै हुनेछ । पहिले नै कुवा खनेमा घर आगलागीबाट जोगाउन सकिन्छ भनेझैँ देश भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेपछि नियन्त्रणको कुराले खास अर्थ राख्दैन । आज अस्वभाविक,आश्चर्यजनक रुपमा अकुत सम्पत्तिका मालिकहरुको जन्म भइरहेको छ । यसलाई समयमै रोक्न वा नियन्त्रण गर्न सकिएन भने भ्रष्टाचार मुक्त गर्ने अभियानले सार्थकता पाउन सक्दैन । भ्रष्टाचार नियन्त्रण सम्बन्धि कृयाशिल संघ संस्थाको भूमिका अझ सशक्त र प्रभावकारी हुनु जरूरी छ । यसका लागि सबै जिम्मेवार तह र निकायको तर्फबाट सचेतनापूर्ण खबरको आवश्यकता पर्दछ । समाजको प्रमुख शत्रुको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने गराउने अभियानले सार्थकता पाउँदैन मुलुकमा कानूनी राज्य र सुशासन स्थापना गर्न सहयोग पुग्दछ । यसैबाट देशले आर्थिक समृद्धि प्राप्त गर्न सक्दछ । (लेखक बझाङको सुर्मा गाउँपालिकाका आन्तरिक लेखा परीक्षक हुन् )