गार्डियन माइक्रो लाइफको नाफा ३३.६६ प्रतिशतले बढ्यो
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलाो त्रैमासमा कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको अघिल्लो आवको तुलनामा नाफा ३३.६६ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६३२ लाख ११ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिका कम्पनीको महाविपत्ति कोषमा २५ लाख ८५ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा २ करोड २१ लख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ५८ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै अन्य इक्युटीमा २ करोड १ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क १४१.९६ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क ११९.४५ प्रतिशतले बढी हो । ७५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको अर्निङ पर शेयर ३.७८ रुपैयाँ, नेटवर्थ पर शेयर १०३.४१ रुपैयाँ र पिई रेसियो ५११.९३ गुणा रहेको छ ।
नेशनल लाइफको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १.८१ प्रतिशतले बढेको छ । पहिलो तीन महिनामा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ थियो । क्रम्पनीको अन्य इक्विटीमा ३७ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ४२ करोड १४ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४.७२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.३९ प्रतिशतले बढेको छ । त्यस्तै असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क १३.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयर पुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १०.३० रुपैयाँ, पीई रेसियो ५६.११ गुणा र प्रतिशेयर नेटवर्थ १३१.५४ रुपैयाँ रहेको छ ।
एलआईसी नेपालको नाफा १० करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ३७.४७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.९६ प्रतिशतले बढेको छ । त्यस्तै समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.११ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिलो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड १६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको अन्य इक्युटीमा ३० करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ३८ करोड ६७ लाख रुपैयाँ थियो । ५ अर्ब ५० करोड शेयर पुँजी भएको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ थियो अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १०.६४ प्रतिशतले बढेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.८८ रुपैयाँ, पीई रेसियो १००.८७ गुणा र प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ ।