हालसम्म ११ जीवन बीमा कम्पनीले घोषण गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म ११ वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ३ वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीहरूमध्ये अधिकांशले नगद लाभांश दिने भएका छन् । लाभांश घोषणा गरेका ११ मध्ये तीनवटाले मात्रै बोनस सेयर घोषणा गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सबैभन्दा धेरै २१ प्रतिशत लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले घोषणा गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिने छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) ले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीले साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गर्ने जनाएको छ । कम्पनीले यही आउँदो पुस ३० गते साधारणसभा बोलाएको छ । सिटिजन्स लाइफ सिटिजन लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसअघि कम्पनीले २६.९८ प्रतिशत बोनससहित २८.४० प्रतिशत लाभांश दिएको थियो । कम्पनीको साधारणसभा यही पुस १८ गते हुँदैछ ।  नेपाल लाइफ  नेपाल लाइफ इन्स्योरेन्सले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । नेपाल लाइफको पुस १९ गते साधारणसभा हुँदैछ ।  सन नेपाल लाइफ  सन नेपाल लाइफले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा जसमा १५.२६३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत सेयर बोनस रहेको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । सन नेपालको यही पुस २५ गते साधारणसभा हुँदैछ ।  सूर्यज्योति लाइफ  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सूर्यज्योति लाइफको पुस ३० गते साधारण सभा हुँदैछ । त्यस्तै, रिलायबल नेपालले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । प्रभु महालक्ष्मीले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश गत आवको मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । यसैगरी, आईएमई लाइफले १०.५२६३, सानिमा रिलायन्सले १०.१७८, नेशनल लाइफले ८.५ प्रतिशत र हिमालयन एभरेष्टले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् । 

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रभु महालक्ष्मी लाइफको पौने ५ करोडको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पौने ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको १ लाख ७८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।  कम्पनीको सेयरको अंकित मूल्य १ सय रुपैयाँ हो । तर, उक्त सेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीको ४ करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।  कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयर खरिदका लागि पुस २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिदका लागि इच्छुक सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।