१५ प्रतिशत लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारणसभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारणसभा माघ २५ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सञ्चालकको सुविधा तथा भत्ता वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । रिक्त रहेको विज्ञ स्वतन्त्र सञ्चालकको नियुक्ति र संस्थापक सञ्चालकको नियुक्ति गरी अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १४ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौत
काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभवबीचको अन्तरलाई कम गर्नको लागि, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्ने सम्बन्धी १० जनवरी २०२४ मा सम्झौता भएको हो । सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विधार्थी संलग्नता अधिकृत प्राप्ती वि।सी शर्मा बीच भएको कम्पनीले जनाएको छ । यस सम्झौताले बिमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यस साझेदारी मार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसरहरु तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसरहरु प्रदान गर्न मदत गर्नेछ । साथै, यस सम्झौताले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सका कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ । दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधीका लागि आवश्यकता अनुसार सहकार्य गर्नेछ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरी नेपालमै पहिलो र एकमात्र ISO 9001:2015 सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी बन्न सफल भएको छ ।
आइएमई लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक बीमा योजनामा ९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६७ रुपैयाँ र ३० वर्ष वा सोे भन्दा बढी अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा सामुहकि जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोे भन्दा बढी अवधिको ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण)मा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।