गुराँस लाइफ इन्स्योरेन्सद्वारा २३ लाखकाे मृत्यु दावी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो । कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कम्पनीको अनुसार स्व. काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए ।
बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले दिए हवाई बीमा प्रशिक्षण
काठमाडौं । नेपाल बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले हवाई बीमा सम्बन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेका छन् । उक्त दुई कम्पनीले सो कार्यक्रम बैशाख १३ गते काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा गरेका हुन् । कार्यक्रममा नेपाल बीमक संघको संरक्षण अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा इन्स्योरेन्स इन्स्टिच्युट नेपालका प्रतिनिधिहरु गरी कूल ५० जनाको सहभागिता रहेको थियो । साथै, सहभागीहरुले उक्त कार्यक्रम उपलब्धिमूलक रहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्नको लागि बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई आग्रह गरेका थिए ।
गुराँस लाइफले गर्यो १३ लाखको मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो । बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गरेका थिए । मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेका छन् । रोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बिमालेख समेत कम्पनीले आज नै प्रदान गरेको छ । बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताए ।