नेपाल पुनर्बीमा कम्पनीले छनोट गर्यो १९ ब्रोकर कम्पनी, कुन कुन ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले रेट्रो प्रोग्रामको लागि १९ वटा ब्रोकर कम्पनी छनोट गरेको छ । नेपाल रिले आर्थिक वर्ष २०७९/८० को लागि सो संख्यामा पुनर्बीमा ब्रोकर कम्पनी सूचीकृत गरेको हो । सार्वजनिक खरिद नियमअनुसार नेपाल रिले १९ वटा कम्पनी नेपाल रि रेट्रो प्रोग्रामको लागि सूचीकृत गरेका हो । जसमा अलर्ट इन्स्योरेन्स ब्रोकर्स, एओएन रि इन्स्योरेन्स सोलुसन्स् एशिया, बिकन इन्स्योरेन्स ब्रोकर्स, भारत रि इन्स्योरेन्स ब्रोकर्स, फर्ष्ट पोलिसी इन्स्योरेन्स ब्रोकर्स, इन्डिया इन्स्योर रिस्क म्यानेजमेन्ट सर्भिस, जेबी बोडा इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स ब्रोकरर्स, केएम डास्टुर रिइन्स्योरेन्स ब्रोकर्स, महिन्द्रा इन्स्योरेन्स ब्रोकर रहेका छन् । त्यस्तै, पायोनियर इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स, प्रोटेक्सन रिइन्स्योरेन्स सर्भिस, रिस्ककेयर इन्स्योरेन्स ब्रोकिङ्ग सर्भिस, सलासर सर्भिसेस् (इन्स्योरेन्स ब्रोकर), श्रीधर इन्स्योरेन्स ब्रोकर, सिनर्जी रिइन्स्योरेन्स स्पेलिष्ट (लबुआन), यूआईबी एशिया रिइन्स्योरेन्स ब्रोकर्स, यूनिलाइट रिइन्स्योरेन्स ब्रोकर्स, यूनिसन इन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस् र एक्सपिरिटस इन्स्योरेन्स ब्रोकरहरु सूचीकृत भएका छन् । के हो रेट्रो प्रोग्राम ? रेट्रो प्रोग्राम भन्नाले जोखिम बाँडफाँड गर्ने प्रोगाम बुझिन्छ । जहाँ बीमा कम्पनीले नीतिको लागि न्यूनतम र अधिकतम दुबै प्रिमियम र मूल्याङ्कन सूत्र सहितको नीति जारी गर्ने छ ।
एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ५४० रुपैयाँलाई आधार मानेर गरिएको हो । र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।
आइएमई लाइफले संस्थापकबाट शतप्रतिशत पुँजी थप्ने, डाक्यो साधारण सभा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट नै शतप्रतिशत पूँजी वृद्धि गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने विशेष प्रस्तावसहित असोज २६ गते पाँचौं साधारणसभा आह्वान गरेको हो । इन्स्योरेन्स कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले लैनचौंर, बैङक्वेट्स, लैनचौर, काठमाडौं बिहान ११ बजे साधारण सभा बोलाएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ५ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । सोही बमोजिम कम्पनीको पूँजी वृद्धि गर्न संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी पुनः थप गर्ने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीको सभाले प्रवन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्ने छ ।