शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की
काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा आश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको वैठकले सञ्चालकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
१९ हजार ८०५ ले पाए नेपाल इन्स्योरेन्सको हकप्रद सेयर, भदौ १८ गतेदेखि रकम फिर्ता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको हकप्रद सेयर भदौ १५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको छ । साउन ६ गतेदेखि भदौ २ गतेसम्म बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा १९ हजार ८०५ जना लगानीकर्ताले आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई ६३ लाख ७९ हजार ९२५ कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । कम्पनीको १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको छैन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि आवेदन दिने आवेदकहरूको बाँडफाँडमा नपरेको रकम भदौ १८ गतेदेखि आइपीएस मार्फत् सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गर्ने कम्पनीले जनाएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९औं वर्षमा प्रवेश
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवस अवसरमा आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले जीवन बीमा कारोबारको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक र जनजागरण कार्यक्रमहरू आयोजना गरेको हो । वार्षिकोत्सवमा महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरूमा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दरबजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा, इलाम शाखाहरूबाट विद्यालयलाई शैक्षिक सामग्री, वृद्धाश्रममा खाद्यान्न वितरण तथा सरसफाइ कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय, ज्ञानेश्वरबाट कर्मचारी र एडभाइजरहरूको सहभागितामा प्रभातफेरी समेत गरिएको थियो । सो प्रभातफेरि ज्ञानेश्वर–मैतीदेवी–डिल्लीबजार–पुतलीसडक–कृष्ण पाउरोटी हुँदै पुनः कार्यालयमा समापन गरिएको थियो । रिलायवल नेपाल लाइफले करिब ७० लाख बीमित, नियमनकारी निकाय, सेयरधनी, एडभाइजर, कर्मचारी तथा पत्रकार लगायत सबै सरोकारवालाप्रति आभार प्रकट गरेको छ । कम्पनीले ग्राहकमैत्री सेवा विस्तार गर्दै उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड पुगेको छ भने कुल लगानी करिब २० अर्बमा पुगेको छ । सोही अवधिमा कम्पनीले १ अर्ब ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।