छोरीको जन्मदिनमा चौधरीले गुराँस लाइफबाट गराइन् १० लाखको बीमा
काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बीमा गराएकी छन् । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखामा १० लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बीमा गराएकी हुन् । फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बिमा गराएको भौनी चौधरीले बताइन् । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न आग्रह गरिन् । गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र ०.७६ प्रतिशत नगद गरी कूल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले घोषणा गरेको सो लाभांश बीमा समितिको स्वीकृति पश्चात् साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाप्त गर्नेछन् ।
मेटलाइफद्वारा ६ ग्रामिण जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । मेटलाईफले ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ६०० जनाले विभिन्न बीमालेखका फाइदाहरु बारे जानकारी पाएका थिए । बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने कम्पनी बताउँछ ।