जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बढी बीमाशुल्क, दोब्बरको अग्रतामा नेपाल लाइफ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मसान्तसम्म सो बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । सो कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । जुन अन्य बीमा कम्पनीको तुलनामा करिब दोब्बर नै हो । यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड ९६ लाख र चौथोमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको देखिएको हो । सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले २०७९ असार मसान्तसम्ममा १ अर्ब ५८ करोड रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ । कुनको कति ?

आईएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा गर्यो स्वास्थ्य शिविर

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अनुसार उक्त स्वास्थ्य शिविरमा १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्व अनुरुप सातवटा प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम गरेका बताए  । कम्पनीले सुनसरी चक्रघट्टिमा आँखा शिविर, बाराको कलैयामा दन्त शिविर, चितवनको नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर, मजुङको सोतिपसलमा जनरल स्वास्थ्य जाँच शिविर, गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर, सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर र कैलालीस्थित टिकापुर नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर संचालन गरेको थियो ।  यस अघि कम्पनीले गत शुक्रवार मुलुकभर गरेको रक्तदान कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै शनिबार गरिएको अभिकर्ता तालिममा सहभागी ७४८ जनालाई तालिम दिई प्रमाणपत्र पनि वितरण गरिएको थियो । २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सरका बिरामीको उपचारको लागि साढे २ लाख सहयोग

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । कम्पनीले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगीकाे नि:शुल्क उपचार गरिरहेकाे नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयाेग गरेकाे हाे । बुधबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई साे रकम बराबरकाे चेक हस्तान्तरण गरे । सिइओ रेग्मीले हस्पिटलले गर्दै आएकाे पुण्यकाे काममा आइएमई जनरल इन्स्योरेन्स संलग्न हुन पाउँदा खुशी भएकाे बताए ।