सगरमाथा इन्स्योरेन्सद्वारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयाेग
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले देउरी स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले एम्बुलेन्स किन्नलाई उक्त स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको सांचो त्रियुगा न।पा।का प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा सहयाेग गरेको बताएका थिए । सोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तीको व्यवस्थापनका लागी उदयपुर सिमेन्ट उद्योगका तर्फबाट महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई सात लाखको चेक समेत हस्तान्तरण गरेका थिए ।
महालक्ष्मी लाईफकाे रौतहट र दोलखामा बीमा सचेतना कार्मक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो । कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिगम्वर प्रसादले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसैगरी फागुन २८ गते शनिवार दोलखाको चरिकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । होटल पानारोमा मा कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफको एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मति प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । बीमा समीतिले बीमा सचेतनाको लागि कम्पनीलाई दोलखा,रौतहट, गुल्मी र ललितपुर जिल्ला दिए पछि सोही अन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित, संचालकमा ५ जना निर्वाचित
काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे १८ प्रतिशत लाभांश पारित भएकाे छ ।कम्पनीकाे ३३ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्ग बाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण ‘ख’ वर्गबाट भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न साधरणसभामा कम्पनीको अध्यक्ष प्रेमा सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् । आ.व.२०७६/०७७ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । हाल कम्पनीकाे कूल बीमा शुल्क १५.१२ प्रतिशतले बृद्धि भई ९२६.७४ करोड, जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई ३,३४६ करोड र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई ३,१८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको बाेनस समेत गरी कूल पूँजी ४ अर्ब ३ करोड नाघेको छ । यस्तै आ.व.२०७७/०७८ मा कम्पनीको प्रथम बीमाशुल्क ७१ प्रतिशतले बृद्धि भई ४ अर्ब नाघेको छ ।