हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार मानेर गरिएको हो । यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।

खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

काठमाडाैं । अब माेबाइल भुक्तानी एप खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका साथै ग्राहकहरुले बीमा प्रिमियम तिर्दा १० प्रतिशतसम्मकाे क्यासब्याक पनि पाउने भएका छन् । प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक (रू १०० सम्म) पाउनका लागि प्रोमोकोड नेसनल १०० प्रयोग गरी प्राप्त गर्नसक्नेछन् । समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिलाई मध्यनजर गर्दै याे सेवा सुरु गरेकाे नेशनल लाइफ इन्स्योरेन्सले जनाएकाे छ ।  

सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बाेनस सेयर दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । फागुन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । कम्पनीले अघिल्ला वर्षमा भन्दा यस पटक बढी बाेनस दिन लागेकाे हाे । बीमा समितिले नगद लाभांश वितरणमा सबै कम्पनीलाइ राेकेपछि बीमा कम्पनीहरूले यस वर्ष बाेनस सेयर मात्र वितरण गर्ने भएका छन् ।