एनएलआईसीएलको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसीएल) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम भएको छ । उक्त समायोजित मूल्य पछिल्लो कारोबारको अन्तिम मूल्यलाई आधार मानेर गरिएको हो । कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १०२० रुपैयाँमा भएको थियो । यससँगै उक्त सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भएपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छन् ।

बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । उनले भने, ‘भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।’ नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी कामदारको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिए । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ । उनले भने, ‘अहिले नमूनाका रुपमा केही वडामा आप्रवासी कामदारको दुर्घटना बीमा गर्छाैं, यसले त्यहाँ काम गर्ने कामदार दुर्घटना परे पनि सहयोग मिल्नेछ ।’ रोजगारीका लागि भारत गएका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको रुडेस कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । उनले भने, ‘दशरथचन्द घर भएर भारतमा काम गर्ने आप्रवासी कामदारको तथ्याङ्क सङ्कलन गर्ने र त्यसपछि उनीहरुको बीमा गरिनेछ ।’ यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी कामदारको दुर्घटना बीमा गर्दै आएको छ । रासस

बीमा कम्पनीहरुले गरे एक खर्ब बढीको व्यवसाय, नेपाल लाइफ र शिखरको अग्रता कायमै

काठमाडौं । चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । पुनर्बीमा बाहेक जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले ७ महिनामा एक खर्ब ३ अर्ब ११ करोड २८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ११.५८ प्रतिशतले बढी हो । २०७७ माघ मसान्तसम्ममा उक्त कम्पनीहरुले कूल ९२ अर्ब ४१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । चालु आवमा संकलन भएको बीमा शुल्कमध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनीहरुको रहेको छ । १९ वटा जीवन बीमा कम्पनीहरुले समीक्षा अवधिमा ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ बराबरको कूल बीमा शुल्क संकलन गरेका छन् । उनीहरुले ७ महिनामा १ करोड १० लाख ८६ हजार ६८९ वटा बीमालेख जारी गरी सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् । उक्त बीमालेख संख्या गत वर्षको तुलनामा ३८.७३ प्रतिशतले बढी हो । कम्पनीहरुले गत वर्ष ७९ लाख ८९ हजार ९११ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका २० वटा कम्पनीहरुले २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको तुलनामा २२.१२ प्रतिशतले बढी हो । कम्पनीहरुले गत वर्ष १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए । प्रिमियम बढाउन सफल भएका निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्या भने घटेको छ । कम्पनीहरुको जारी बीमालेख संख्या ४.४२ प्रतिशतले घटेर १६ लाख ९५ हजार ७८८ मा झरेको छ । जुन २०७७ माघसम्म १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी भएका थिए । त्यसैगरी, बीमाशुल्क संकलनमा जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र निर्जीवनतर्फ शिखर इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क उठाएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब ७६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कसको कति ?