प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई दियो ५ लाख रुपैयाँ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा नेपालका ७७ जिल्लाभरि कूल ८० विद्यालय संचालन गरिरहेको उक्त गुठीलार्ई सो मात्राको सहयोग गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए । कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ । गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट वितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ-आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु वितरण गरेका थिए ।

राष्ट्रिय बीमा कम्पनीको सीईओ बन्न एक महिलासहित ११ जना इच्छुक

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न ११ जनाले आवेदन दिएका छन् । सीईओको लागि आव्हान भएको दरखास्तमा एक महिलासहित ११ जनाले आवेदन बुझाएका कम्पनीका प्रवक्ता निरञ्जन आचार्यले जानकारी दिएका हुन् । प्रवक्ता आचार्यका अनुसार आवेदन दिनेमध्ये महिला आवेदक बरिस्मा साउद आचार्य रहेकी छिन् ।  त्यस्तै, बुद्धकाजी श्रेष्ठ, सुरेन्द्र थापा, शेरजंग कार्की, शेखर बराल, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, सुकल्याण पराजुली, रमेश लम्साल, मनोजसिंह भण्डारी र रामबहादुर खड्काले कम्पनीको सीईओ बन्नका लागि आवेदन दिएका छन्। यससँगै, अब कम्पनीको सीईओ छनोटको लागि बनेको उपसमितिले सबै प्रकृया पुरा गरेर मात्रै यी ११ जना आवेदकमध्ये एक जनालाई कम्पनीको सीईओमा नियुक्त गर्ने छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आव्हान गरेको थियो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने प्रावधान थियो । सोही अनुसार उक्त ११ जनाले मंसिर २६ गतेसम्ममा आवेदन दिएका हुन् ।

नेपाल रिले डाक्यो साधारणसभा, कहिलेसम्मका सेयरधनीले पाउँछन् लाभांश ?

काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश प्रस्ताव पारितसँगै इन्स्योरेन्सको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्ने छन् । त्यस्तै, सभाले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव गर्दै छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १३ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।