आइएमई जनरलले दियो क्षति मुल्याङ्कनकर्तालाई तालिम
काठमाडौं । आइएमई जनरल इन्स्युरेन्सले कम्पनीको लागि तोकिएका जिल्लाहरु जिल्लामा क्षति मुल्याङ्कनकर्तालाई तालिम दिएको छ । कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न सोलुखुम्बु र ओखलढुङ्गामा तालिम दिएको हो । कात्तिक २८ दखि ३० गतेसम्म संचालन भएको उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीले जनाएको छ ।
महालक्ष्मी लाइफले पोखरामा दियो बीमा सचेतना प्रशिक्षण कार्यक्रम
पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। पोखरा महानगर वडा न ३३ कालिकास्थानको सरस्वती टीका मा बि मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको हो । सो अभियानको पोखरा महानगरपालिका वडा न ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरेका थिए । आचार्यले जीवन बीमा अब मानव जीवनको आधारभुत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनीय भएको बताए । उनले बीमाले जीवन र परिवारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुदा निश्चिन्त भएर बीमा कर्ममा लाग्न युवाहरुलाई आग्रह गरे। सो अवसरमा उक्त इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रमुख प्रशिक्षण प्रदान गरेका थिए । १०० भन्दा बढी युवा विद्यार्थी सहभागी सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष रिशिराज आचार्य शिक्षक अभिभावक संघ अध्यक्ष गणेशप्रसाद ढकाल, सो इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल, युवासँग महालक्ष्मी लाइफका केन्द्रिय सदस्य चन्द्रकुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्य लगाएतले जीवन बीमा र महत्वबारेमा प्रकाश पारेका थिए । युवासँग महालक्ष्मी पोखराका संयोजक सन्तोष पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
ज्योति लाईफको म्यादी जीवन बीमा शुल्क खल्ती एपबाट तिर्न सकिने
काठमाडौं । ज्योति लाईफको वैदेशिक रोजगार म्यादी जीवन बीमा शुल्क अनलाइबाट तिर्न सकिने भएकाे छ । कम्पनीकाे म्यादी जीवन बीमा शुल्क खल्ती माेबाइल एपबाट तिर्न सकिने भएकाे हाे । बीमालेख जारी गर्न खल्तीको वेबसाईट वा मोबाईल एप बाट पपुलर गर्भरमेन्ट सर्भिसेसमा गइ डिओइएफ इन्सुरेन्स (म्यानपावर) वा डिओएफइ इन्सुरेन्स (इन्डिभिजुयल) रोजेर विवरणहरु भरी जारी गर्न सकिनेछ । यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।