अजोड इन्स्योरेन्सले सम्पन्न गर्यो विभिन्न तालिम, कूल ९६ जना सहभागी
काठमाडौं । अजोड इन्स्योरेन्सले हालै विभिन्न तालिमहरु सम्पन्न गरेको छ । इन्स्योरेन्सले गत भदौको अन्तिम सातामा विभिन्न स्थानमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको हो । जसमा कूल ९६ जना सहभागी भएका थिए । कम्पनीले भदौ २० र २१ गते काठमाडौंमा कम्पनीको प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीलाई इनहाउस मार्केटिङ्ग ट्रेनिङ्ग सम्पन्न गरेको थियो । उक्त तालिममा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस्तै, कम्पनीले भदौ २९, ३० र ३१ गते भर्च्युअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको थियो । सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षर्थीद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । उक्त तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । त्यसैगरी, कम्पनीले प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्सका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । उक्त तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
२० कम्पनीले गरे साढे ४२ अर्बको कृषि बीमा, कुनको कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा साढे ४२ अर्ब रुपैयाँ बराबरको कृषि बाली तथा पशुधन बीमा गराएका छन् । सञ्चालित २० कम्पनीले गत एक आर्थिक वर्षमा ४२ अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा गराउन सफल भएका हुन् । बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कूल १ लाख ८७ हजार ३३७ वटा बीमालेख जारी गरी सो मात्राको कृषि बीमा गरेका छन् । कम्पनीहरुले उक्त बीमांक रकमबाट एक अर्ब ९० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । त्यसमा ७५ प्रतिशत अर्थात एक अर्ब ४२ करोड रुपैयाँ बराबरको प्रिमियम सरकारको तर्फबाट आएकाे समितिले जनाएको छ । गत आवमा उक्त बीमा गर्ने कृषकलाई सरकारले प्रिमियमको ७५ प्रतिशत अनुदान दिने र बाँकी २५ प्रतिशत कृषक आफैले तिर्नुपर्ने व्यवस्था रहेको थियो । सोहि व्यवस्था अनुरुप सरकारले एक अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबरको प्रिमियम अनुदान सरकारले दिएको छ । बाँकी ४७ करोड ५५ लाख ६० हजार रुपैयाँ भने कृषक आफैले तिरेका समितिले जनाएको छ । त्यस्तै, कूल बीमा रकमको आधारमा प्रुडेन्सियल इन्स्योरेन्सले सबैभन्दा बढी बिक्री गरेको छ भने बीमालेख संख्याको आधारमा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सले गरेको छ । नेशनल इन्स्योरेन्सले भने सबैभन्दा कम रकमको बीमा गरेको छ । त्यस्तै, बीमालेख संख्याको आधारमा प्रभु इन्स्योरेन्सले सबैभन्दा कम बिक्री गरेको छ । सबैभन्दा बढी रकमको बीमा गरेको प्रुडेन्सियल इन्स्योरेन्सले एक वर्षको अवधिमा ६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ बराबरको कृषि वाली तथा पशुधन बीमा गरेको छ । कम्पनीले २८ हजार २३७ वटा बीमालेखबाट सो मात्राको बीमा गरेको समितिले जनाएको छ । त्यस्तै, बीमांक रकमको आधारमा सबैभन्दा बढीको बीमा गर्नेको दोश्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ३५ हजार ४६२ वटा बीमालेख ५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ बराबरमा बीमा गराएको छ । त्यसैगरी, शिखरले गत एक वर्षमा कम्पनीले १९ हजार ८४८ वटा बीमालेख जारी गरी ४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बढीको कृषि बीमा गरेको छ । कम्पनीले उक्त बीमांक रकमको २२ करोड ७१ लाख ४७ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जसमध्ये १७ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको अनुदान भने सरकारले दिने छ । कुनको कति ? (सूचीसहित) त्यस्तै, अजोड र आईएमई लाइफ इन्स्योरेन्सले क्रमशः ३ अर्ब ९२ लाख र ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको बाली बीमा गरेका छन् । २ अर्बभन्दा बढी रकमको बीमा गराउनेमा ४ कम्पनी रहेका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको र लुम्बिनी जनरल इन्स्योरेन्स गत आवमा मात्रै २ अर्बभन्दा बढी रकमको बाली तथा पशुधन बीमा गराएका छन् । तथ्यांकअनुसार सगरमाथा, सिद्धार्थ र यूनाईटेड इन्स्योरेन्सले एक अर्ब रुपैयाँ माथिको बीमा गराएका छन् भने बाँकी रहेका ८ कम्पनीले एक अर्बभन्दा कम रकमको बीमा गराएका छन् । गत आवभन्दा चालु आवमा भने कृषि बाली तथा पशु बीमामा सरकारले दिने प्रिमियम अनुदान बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट मार्फत सरकारले दिने प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्याएका हुन् । यससँगै अब कृषि बाली तथा पशुको बीमा गर्ने कृषकले २० प्रतिशत मात्रै प्रिमियम तिरे पुग्छ भने बाँकी ८० प्रतिशत सरकारले तिर्नेछ । सम्बन्धित समाचार विष्णु पौडेलले निरास बनाएका किसानलाई जनार्दन शर्माको बम्पर प्याकेज
बैंकिङ प्रणालीमा तरलताको अभावः दुई हप्तामै ८० अर्बको रिपो
काठमाडौं । बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव देखिएपछि नेपाल राष्ट्र बैंक् एकपछि अर्को रिपो जारी गर्न लागेको छ । यसअघि भदौ २४ र ३१ गते गरी कुल ५० अर्ब रुपैयाँ को रिपो जारी गरेको राष्ट्र बैंक्ले पुनः बिहीबार रिपो मार्फत रकम बजारमा पठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले बिहिबार ३० अर्ब रकम प्रणालीमा प्रवाह गर्ने भएको जनाएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै ७ दिने अवधिको रिपो जारी गर्न लागेको उल्लेख गरेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत यो रकम बजारमा पठाउन लागेको हो । सूचनामा व्याजदर भने बोलकबोल बिधिबाट निर्धारण हुने उल्लेख छ । अहिले बैंकिङ प्रणालीमा तरलताको अभाव रहेको भन्दै बैंकहरुबीच निक्षेप खोसाखोस छ ।