सानिमा लाइफ इन्स्योरेन्सकाे आइपिओमा ६.८४ गुणाले बढिले दिए आवेदन
काठमाडौं । श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा आवेदन दिनेको संख्या ६.८४ गुणाले बढी भएको छ । यो इन्स्योरेन्सको आइपिओकाे प्राथमिक निष्काशनमा परेको हाल सम्मकै उच्च आवेदन हो । कम्पनीको अनुसार निष्काशनको चौथो दिन आइतबार अपरान्ह ५ः०० बजेसम्म २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो । इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
एशियन लाइफ इन्स्योरेन्सले बीमित लामालाई हस्तान्तरण गर्यो घातक रोग भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले बीमित प्रनेश लामालाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ । उक्त शाखामा एक कार्यक्रम आयोजना गरी कम्पनीले लामालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीका शाखा प्रबन्धक अबिशेष चापागाईले उक्त चेक हस्तान्तरण गरेका हुन् । २०७६ साल असोज १७ गते निज प्रनेश लामाले कम्पनीमा ५ लाख बीमांकको १५ वर्षे जीवन बीमा गराएका थिए । निजको २०७७ साल माघ २९ गते क्यान्सर रोग प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनीमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।
सिटिजन्स लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चिसापानी सानाकिसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋणसदस्य चन्द्रमाया थापाको मृत्यु बापत सो मात्राको रकम भुक्तानी गरेको हो । कम्पनीले उक्त संस्थाकी अध्यक्ष कुमारी मल्ललाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । साथै, कम्पनीले मृतक थापाको दहासस्कार रकम बापत ४५ हजार रुपैयाँ बैजनाथ गाउपालिका वडा नम्बर १ का अध्यक्ष रुपबहादुर मल्ललाई हस्तान्तरण गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका सीबीओ ध्वज बहादुर खड्काले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।