जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । साउन १ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदको कार्यभार दिपेन्द्र अग्रवालले सम्हालेका थिए । उनले राजीनामा दिएसँगै कम्पनीले उक्त पद रिक्त रहेको थियो । जसमा कम्पनीले मिता मुरारका अग्रवालाई सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै अग्रवालले बाँकी रहेको कार्यकालसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

जनरल इन्स्योरेन्सका सञ्चालक अग्रवालले दिए राजीनामा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनले गत असार ३१ गते कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सो दिन अपरान्ह बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गरेको हो । यससँगै सञ्चालक अग्रवालले करिब दुई वर्ष कम्पनीको सञ्चालकको जिम्मेवारी सम्हालेका छन् । उनी २०७६ भदौ १ गते कम्पनीेको सञ्चालकमा नियुक्त भएका थिए ।

सगरमाथा इन्स्योरेन्सले आर्जन गर्यो साढे २ अर्ब बढी बीमाशुल्क, यसरी साट्यो खुशीयाली (फोटोसहित)

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसपछि एक महिनामै कम्पनीले थप ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले साउन १ शुक्रबार (अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन) आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो । कम्पनीले गत असार ३० गते मात्रै आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पाउने छन् । सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, साढे २ अर्बको बीमा शुल्क आर्जन गर्न सफल कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको सभाले जानकारी गराएको छ । यसरी साट्यो खुशीयाली डेपुटी सीईओ एसके रावल र अध्यक्ष चंकी क्षेत्रीले एक अर्कालाई केक खुवाउन लाग्दै